काठमाडाैं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिक विवरण सार्वजनिक गरेकाे छ । सरकारले सार्वजनिक गरेकाे विवरणमा सरकारकाे शिक्षा क्षेत्रमा भएकाे प्रगति ५० प्रतिशत भन्दा कम देखिएकाे हाे ।मन्त्रालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक प्रगति विवरणमा कोभिडका कारण तालिम तथा सीप परीक्षण सञ्चालन हुन नसकेको, विपन्न लक्षित छात्रवृत्ति वितरण हुन नसकेको, बजेट तथा कार्यक्रम परिमार्जन गरिएको हुदा कार्यक्रम सम्पन्न हुने चरणमा रहेकाले समयमै काम हुन नसकेकाे उल्लेख गरेकाे छ ।
सरकारले लागु गरेका कार्यक्रममा सवैका लागि शिक्षा, शिशु विकास कार्यक्रम, शिक्षाको लागि खाद्य कार्यक्रम, राष्ट्रिय परीक्षा बोर्डकाे काम, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, शिक्षक सेवा आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको काममा उल्लेख्य प्रगति हुन सकेकाे छैन ।
त्यसैगरी,व्यावयिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना, विद्यालय क्षेत्र विकास कार्यक्रम, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, चिकित्सा शिक्षा आयोग, उच्च शिक्षा सुधार परियोजना,शैक्षिक परीक्षण केन्द्र, विद्यालय शिक्षक किताव खानाको प्रगतिकाे सुचक पनि कम देखिएकाे हाे ।