काठमाडाैँ- त्रिभुवन विश्वविद्यालयले ४९औं दीक्षान्त समारोहकाे अवसर पारेर विश्वमा सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘वर्ल्ड रेकर्ड’मा आवेदन दिएको छ।
विश्वमा एकै पटक ७३ हजार भन्दा बढी दीक्षित गर्ने अरु विश्वविद्यालय नभएको दाबी गर्दै सो रेकर्डका लागि आवेदन दिएको हो।
सो आवेदनको अवलोक गर्न ‘वर्ल्ड रेकर्ड’ का प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन्। गिनीज बुकका प्रतिनिधिहरूले आज हुने हुने दीक्षान्त समारोहमा प्रत्यक्ष अवलोकन गर्ने भएका छन्।
त्रिविकाे ग्रेस लिष्ट अनुसार व्यवस्थापन संकायबाट २८ हजार ४ सय ३८, शिक्षाशास्त्र संकायबाट १८ हजार १ सय ६३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार १८, कानुन संकायबाट २ हजार ३ सय ६३, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ७ हजार २ सय ७८, इन्जिनियरिङ्ग अध्ययन संस्थानबाट २ हजार ८ सय ८३, चिकित्साशास्त्र अध्ययन संस्थानबाट २ हजार १०, कृषि र पशु विज्ञान अध्ययन संस्थानबाट ६ सय ५०, वन विज्ञान अध्ययन संस्थानबाट ३ सय गरी जम्मा ७७ हजार १ सय ३ विद्यार्थी दीक्षित हुनेछन्।
आजको समारोहमा भौतिक रुपमा विद्यार्थी, अभिभावक, पर्यवेक्षक सहित १२ हजार ४१५ सहभागी हुने त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।