काठमाडौँ - नेपकम्स सर्भिसेसले एक दिने अव्रोड स्टडी एजुकेशन एक्सपो सम्पन्न गरेको छ। सर्भिसेसले बागबजार स्थिर आफ्नै कार्यालय परिसरमा विद्यार्थीलाई विदेश अध्ययनबारे सम्पूर्ण जानकारी उपलव्ध गराउने उद्देश्यले आयोजना गरेको एक्सपो बिहीबार सम्पन्न गरेको हो।
एक्सपोमा पाँचसय भन्दा बढी विद्यार्थीले आफ्नो शैक्षिक गन्तव्यबारे जानकारी लिएको आयोजक संस्थाका प्रतिनिधी हृदयचन्द्र प्रधानले जानकारी दिए। उनले भने,‘विद्यार्थीले आफू कुन देशमा अध्ययन गर्न जाने भन्ने एक्सपोका आएर जानकारी लिएका छन्। विद्यार्थीलाई त्यहाँको शैक्षिक गन्तव्य, छात्रवृत्ति, करिअर गाइडेन्स प्रदान गर्नुका साथै एडमिसन काउन्सिलिङ पनि गरेका छौँ ।’
एक्सपोमा आएका विद्यार्थीलाई अंग्रेजी भाषा तयारी कक्षा (आईईएलटीस र पीटीई)मा पनि पाँच हप्ताका लागि छुट दिएको उनले बताए । एक्सपोमा अष्ट्रेलिया, क्याानडा, युके र अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थी र तिनका अभिभावकलाई परामर्श प्रदान गरिएको थियो।
अष्ट्रेलियाको अब विश्वविद्यालयका प्रतिनिधि सविन कार्कीले हस्पिटालिटी कार्यक्रममा विद्यार्थी नेपालबाट अध्ययनका लागि जाने गरेको र उनीहरूले अध्ययन पश्चात रोजगारीको अवसर पाउने गरेको बताए । उनले भने, ‘ यहाँ होटल व्यवस्थापनमा सहुलियत शुल्कमा विद्यार्थीले अध्ययन गर्न पाउँछन्। यस विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीले ९० प्रतिशत काम पाउने सम्भावना छ। विश्वविद्यालयले विद्यार्थीलाई अध्ययनकै क्रममा पाँचतारे होटलमा इन्टर्नसिपको पनि व्यवस्था गर्ने गरेको छ।
यस्तै इसिए ग्रुपको प्रतिनिधी सपना थपलियाले पाँचवटा विश्वविद्यालय र तीनवटा क्याम्पसको ग्रुपले नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउदै आएको छ। यस ग्रुप भित्रका विश्वविद्यालयले विद्यार्थीलाई अध्ययनमा प्राथमिकता दिनुका साथै त्यहाँको नियमअनुसार काम गर्न सहजिकरण गर्ने बताइन्।
एक्सपोमा विद्यार्थीले विदेश अध्ययनबारे जानकारी लिनुका साथै त्यहाँकाे भौतिक शैक्षिक पूर्वाधार, नीति नियम, भिसा पोलिसी, अध्ययन पश्चात रोजगारीको अवसर, लागतखर्च, भिसा प्रक्रिया, पूर्व तयारी कक्षा लगायतका विषयमा जानकारी लिएका थिए।