काठमाडाैँ- शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले गणित र विज्ञान विषयकाे सिकाइ उपलब्धी कमजाेर भएकाे जनाएकाे छ। इआरओले माथिल्ला कक्षा चढ्दै जाँदा विद्यार्थीकाे शिक्षण सिकाइ उपलब्धी कमजाेर बन्दै गएकाे जनाएकाे हाे।
इआरओका महानिर्देशक चन्द्रकान्त भुसालका अनुसार जतिजति बालबालिका कक्षा चढ्दै जान्छन् उतिउति अनिवार्य विषयमा उपलब्धि स्तर खस्कदै जाने गरेको छ। इआरओकाे अध्ययनले पनि कक्षा ३ र ५ को तुलनामा कक्षा ८ मा उपलब्धि कम देखाएकाे छ।
प्रतिवेदनमा विशेष प्रयत्न हुन नसकेमा सिकाइ विद्यार्थीको उपलब्धि कमजोर हुँदै जाने, पढाइमा रुचि र आत्मविश्वास गुमाउने, असफलतामा पुग्न बाध्य हुने वा बीचैमा कक्षा छाड्ने जस्ता जोखिम देखिने विषय उल्लेख गरेकाे छ।
विद्यार्थीले पढाइ पूरा गरिहाले पनि माथिल्लो कक्षामा आफूले पढ्न पाउने विषय रोज्ने नपाउने हुन्छ।केन्द्रले कक्षा, ५, ८ र १० को अङ्ग्रेजी, गणित, नेपाली र विज्ञान गरी चार विषयको विद्यार्थी उपलब्धिको स्तर परीक्षण र अन्य पढाइ र सीपगत परीक्षण गर्दै आएको छ।
केन्द्रबाट ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित परीक्षण’, विद्यालयको कार्यसम्पादन परीक्षण र विभिन्न निकायबाट सञ्चालित शैक्षिक कार्यक्रमका परीक्षण, सबैका लागि शिक्षा शिशु विकास कार्यक्रमअन्तर्गत युनिसेफको आर्थिक सहयोगमा प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाको सिकाइ र विकासस्तर तथा बालविकास केन्द्रको कार्यसम्पादन परीक्षण हुँदै आएको छ।
केन्द्रले नमुना परीक्षण विधिबाट ३० जिल्लाका दुई सय ८० ओटा बालविकास केन्द्र र विद्यालय परीक्षणका लागि छनोट गरेकाे थियाे।