काठमाडौँ- भारतको गुजरातमा रहेको पण्डित दिनदयाल इनर्जी युनिभर्सिटिले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने जनाएको छ।
विश्वविद्यालयले नेपालबाट स्नातक तहमा इन्जिनियरिङ, आईटी र व्यवस्थापन तर्फका विषय अध्ययन गर्न आउने विद्यार्थीलाई शिक्षणशुल्कमा ७० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो।
एक सय एकर क्षेत्रफलमा फैलिएको विश्वविद्यालयले इन्जिनियरिङ र व्यवस्थापन तर्फ स्नातक तहमा चार वर्षीय कोर्स सञ्चालन गर्दै आएको छ भने स्नातकोत्तर र पीएचडीसम्मको अध्यापन हुँन्छ। यो भारतको नेशनल इन्सटिच्युसनल र्याङ्कीङ फ्रेमवर्क (NIRF) Rank मा परेको विश्वविद्यालय हो। यसले NAAC A++ एक्रिडेसन प्राप्त गरेको छ।
सन् २००७ अप्रिलमा एक निजी विश्वविद्यालयको रूपमा स्थापना भएको यस विश्वविद्यालयले विज्ञान, प्रविधि, व्यवस्थापन र मानविकी क्षेत्रहरूमा प्रशिक्षित मानव संसाधनको आवश्यकतालाई ध्यानमा राख्दै दक्षजनशक्ती उत्पादनमा जोड दिदैँ आएको छ।
यस विश्वविद्यालयले स्नातक तहमा इन्जिनियरिङ तर्फ केमिकल, सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, मेकानिकल, इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी र पेट्रोलियम इन्जिनियरिङ विषय अध्यापन गराउँदै आएको छ।
भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न यस विश्वविद्यालयले प्रयोगात्मक कक्षासँगै अध्ययन पश्चात अवसरको पनि खोजी गर्ने जनाएको छ। यस विश्वविद्यालयका अध्यक्ष व्यवसायी मुकेश अम्बानी हुन्। उनका अनुसार विश्वस्तरीय शैक्षिक संस्था निर्माण गर्न चुनौतीपूर्ण छ तर यस विश्वविद्यालय सक्षम सावित भएको छ। केही वर्ष पहिले ऊर्जा क्षेत्रमा केन्द्रित यस विश्वविद्यालय यस क्षेत्रमा दक्ष जनशक्ती उत्पादनमा सक्षम छ। उनले भनेका छन्,‘विश्वविद्यालय आज महत्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित संस्थाको रुपमा रूपान्तरण भएको छ। विश्वविद्यालय शैक्षिक वातावरणको हिसावले पनि उपयुक्त र विद्यार्थी मैत्री वातावरण निर्माणमा जोड दिइएको छ। हामीले हालैका वर्षहरूमा स्कुल अफ टेक्नोलोजी र स्कूल अफ लिबरल स्टडीजको विकास गरेका छौँ। यी प्रत्येक स्कुलले पेट्रोलियम, सोलार, न्यूक्लियर र इन्जिनियरिङको क्षेत्रमा अनुसन्धान गर्दै आएको छ।’
अध्यक्ष अम्बानिका अनुसार आज कर्पोरेट क्षेत्रले एउटा युवा पुस्ता खोजेको छ जो ज्ञानी मात्र होइन, नयाँ सोचका लागि प्रशिक्षित पनि छन्। उनीहरूले कठिन चुनौतीहरूको सामना गर्ने र अभूतपूर्व सफलताका साथ विभिन्न क्षेत्रमा अवसरहरू सिर्जना गर्ने अपेक्षा विश्वविद्यालयको छ। विद्यार्थीको सीप र दक्षतामा जोड दिदैँ गतिशील, सहभागितामूलक वैज्ञानिक इनपुटहरू मार्फत विश्वविद्यालयले आविष्कार र अनुसन्धानमा काम गर्छ।व्यापारीक घरानाको सम्लग्नता रहेका कारण पनि विद्यार्थीलाई अध्ययन पश्चात अवसर प्राप्त गर्न सहज हुने विश्वास विश्वविद्यालय व्यवस्थापकको छ।
यस विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थी प्रथिट पटेलले अध्ययन पश्चात आफूले अध्ययन पश्चात PIE info comm मा अवसर पाएको र यसका लागि कलेजले आफूलाई सहजीकरण गरेको बताए। उनले भने,‘ मैलाई यससंस्थामा जाेडिन मलाई विश्वविद्यालयकाे डिपार्टमेन्टले सहयाेग गरेकाे छ। मेराे व्यक्तित्व विकास र दक्षतामा कलेजले धेरै सहयाेग गरेकाे छ। याे अवसर प्राप्त गर्नु मेराे लागि ठूलाे कुरा थियाे जुन अहिले संभव भएकाे छ।'
विश्वविद्यालयका महानिर्देशक प्रा.डा एस सुन्दर मनोहरनले सरकार, उद्योग र ऊर्जा कम्पनीहरूले ऊर्जा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षा र अनुसन्धानमा विश्वस्तरको विश्वविद्यालय बनाउन पहल गरेकाे बताए। उनले भने,' विश्वविद्यालयले इन्जिनियरिङ र टेक्नोलोजी, व्यवस्थापन, मानविकी र विज्ञान जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएकाे छ। PDEU क्याम्पसमा सबै सुविधाहरूको साथ अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकसित भएको छ। हाम्रो विश्वविद्यालयमा पेट्रोलियम व्यवस्थापनको स्कूल, स्कूल अफ पेट्रोलियम टेक्नोलोजी, स्कूल अफ लिबरल स्टडीज र स्कूल अफ टेक्नोलोजी जस्ता विद्यालयहरू छन्। विश्वविद्यालयले उद्योग र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालय साझेदारहरूको सहयोगमा प्रत्येक विषयमा अत्याधुनिक प्रयोगशालाहरू स्थापना गरेको छ।'
महानिर्देशक मनोहरन विश्वविद्यालय दक्षजनशक्ती उत्पादनमा केन्द्रित भएको र यहाँँका उत्पादनले विश्वजारमा नै रोजगारीको अपसर पाएको बताउछन्। उनी भन्छन्, ‘विद्यार्थीलाई अन्वेषण तर्फ केन्द्रित गर्दै हामीले विश्वस्तरीय शिक्षा प्रदान गरेका छौँ। यसको प्रविधिमैत्री संरचना र डिजीटल इन्फ्रास्ट्रकचरले विद्यार्थीलाई अनुसन्धानमा केन्द्रित गर्ने अत्याधुनिक पाठ्यक्रमको निर्माण गरेको छ। यहाँको टिचिङ फ्याकल्टी अनुभवि हुनुका साथै सम्बन्धित विषयमा दक्ष छन्। जसले गर्दा विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीमा जाँदा कुनै समस्या पर्दैन।’
विद्यार्थीलाई विश्वविद्यालयले छात्रवृत्तिको व्यवस्था गरेको र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मानका साथ पुरस्कृत गर्ने गरेको उनको भनाइ छ।
उनका अनुसार यस विश्वविद्यालयमा राम्रो नतिजा ल्याउने विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गर्न सक्छन्। विद्यार्थीले प्रत्येक सेमेस्टरमा राम्रो नतिजा ल्याउन पहल गर्नुपर्ने हुन्छ।
विश्वविद्यालय सेन्टर अफ एक्सिलेन्सको अवधारणाबाट अघि बढेको छ। नेपालबाट प्रत्येक वर्ष यस विद्यालयमा विद्यार्थी अध्ययनका लागि जाने गरेका छन्। अहिले पनि १५० जना भन्दा बढी नेपाली विद्यार्थी यस विश्वविद्यालयमा अध्ययनरत छन्।
यस विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ शिक्षा आर्जन गर्न नेपाली विद्यार्थीले चार बर्षको प्रत्येक सेमेस्टरमा ५५ हजार एक सय भारतिय रुपैँयाको दरले ८ समेस्टरमा कुल चार लाख ४० हजार ८ सय रुपैँया तिरे पुग्छ। यसका अतिरिक्त होस्टल शुल्क भने विद्यार्थी आफैले तिुनुपर्ने विश्वविद्यालयले जनाएको छ। नेपालबाट विद्यार्थीलाई यस विश्वविद्यालयमा अध्ययनका लागि जान थापाथलीमा रहेको अब्सिका इन्टरनेशनलले शैक्षिक परामर्श सेवा प्रदान गर्ने गरेको छ।
इन्टरनेशनका कार्यकारी निर्देशक विजय घटुवाका अनुसार यस विश्वविद्यालय नेपाली विद्यार्थीका लागि सहुलियत शुल्कमा गुणस्तरी इन्जिनियरिङ शिक्षा प्रदान गर्ने विश्वविद्यालय हो। यहाँ विद्यार्थीलाई कुनै पनि प्रजोक्ट तयार गर्दा विश्वविद्यालयले आर्थिक स्रोत जुटाउन मद्दत गर्छ। यो अनुसन्धानमा जोड दिने विश्वविद्यालय भएकाले विद्यार्थीले अध्ययनकै क्रममा रिसर्च एण्ड इनोभेसनमा ध्यान दिन सक्छन्। यहाँ विद्यार्थीलाई पढ्दै कमाउँदै गर्न सक्ने अवसर पनि प्राप्त हुँन्छ। घटुवा भन्छन्, ‘विद्यार्थीलाई अध्यापनमा विशेष जोड दिने यस विश्वविद्यालयमा अध्ययन पश्चात विद्यार्थीलाई विश्वभर नै अवसरको ढोका खुला हुँन्छ। यहाँबाट अध्ययनकै क्रममा विश्वका विभिन्न मुलुकमा विद्यार्थीले क्रेडिट ट्रान्सफर पनि गर्ने गरेका छन्।’