काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)सँगको सहकार्यमा सफ्टएड ग्रुपले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घाेषणा गरेकाे छ। मंगलबार इक्यान र सफ्टएड ग्रुपबीच सनवे कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई एक कराेड भन्दा बढीकाे छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको हाे।
सम्झाैतापत्रमा इक्यान अध्यक्ष शेषराज भट्टराई र सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठसहित सफ्टेड ग्रुपका डाइरेक्टर प्रमोद पौडेल, सनवे कलेजका हेड अफ अपरेसन सिमोली गौतम देशाइ, इक्यानका महासचिव दीपकराज भुसाल र कार्यसमिति सदस्य उमा खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
इक्यानको स्टडी इन नेपाल अभियान अन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सफ्टेड ग्रुपसँग सहकार्य गरिएको इक्यान अध्यक्ष भट्टराईले बताए। उनले भने, 'हामी विद्यार्थी विदेश अध्ययनमा मात्रै पठाउँदैनाै नेपाललाई एजुकेशन हब बनाउन सबैसँग सहकार्य गरेर अघि बढ्न तयार छाैँ।यसै याेजना अनुरुप हामीले नेपाली कलेजसँग सहकार्य गरेका हाैँ।'
इक्यानसँगको सहकार्य नेपाली विद्यार्थीलाई सनवे कलेजमा २०२३ नोभेम्बर र २०२४ को मार्च सेसनका निम्ती सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति प्रदान गर्न पाउँदा खुसी लागेको सफ्टएड ग्रुपका अध्यक्ष श्रेष्ठले बताए ।
कलेजले स्नातक स्तरको विद्यार्थीलाई विएससी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ । यस कोर्स अन्तर्गत Data Science, Artificial Intelligence, Machine Learning, Cybersecurity, Cloud Computing, Programming, Software Engineering, Innovation साथै 1 year dedicated Professional Placement पनि संलग्न गरिएको छ ।
सम्झौता अनुसार कलेजले २ जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति दिनेछ। आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन् । पूर्ण छात्रवृत्ति पाउनका लागि कक्षा १२ मा ३.६० जीपीए ल्याएको हुनुपर्नेछ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि कक्षा १२ मा ३.५० जीपीए ल्याएको हुनुपर्नेछ । ३० प्रतिशत छात्रवृत्ति पाउन ३.०० जीपीए. ल्याउनुपर्ने र आईईएलटीएसमा कम्तिमा ५.५ स्कोर ल्याएको हुनुपर्नेछ।
सनवे कलेजले नेपालमा नै अन्तर्राष्ट्रियस्तरको आइटी शिक्षा प्रदान गर्दै आइरहेको कलेजका एकेडेमिक डाइरेक्टर प्रमोद पौडेलले बताए। छात्रवृत्तिको अवसर प्राप्त गर्न चाहने विद्यार्थीले [email protected] मा आवेदन दिन सक्नेछन् भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि आगामी नोभेम्बर ३ सम्म र मार्च सेसनका निमित्त फेब्रुअरी १८ सम्म तय गरिएको छ ।