काठमाडाैँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ। बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो।
परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ।परीक्षाकाे नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ।
त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने जनाएको छ।कक्षा ११ को ग्रेडवृद्धि परीक्षा (रजिस्ट्रेसन नंको सुरुको दुई अंक ७६ हुने परीक्षार्थी) २०८१ वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ। कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ ।
त्यस्तै कक्षा १२ को परीक्षा फाराम पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने कार्यतालिका छ।
कार्यतालिकामा विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा २०८१ जेठ महिनाको पहिलो हप्तादेखि सञ्चालन गर्नुपर्ने भनिएको छ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुने भनिएको छ ।
कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २०८१ साउन तेस्रो हप्ताभित्र प्रकाशन हुने कार्यतालिकामा उल्लेख छ । कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा भाद्र महिनाको तेस्रो हप्ताभित्र प्रकाशन हुनेछ।
पुनर्योगका लागि निवेदन दिने समय नतिजा प्रकाशन भएको मितिले १५ दिन तोकिएके छ । पुनर्योगको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र (पहिलो चरणको नतिजा पूरक परीक्षा सञ्चालन हुनुभन्दा अगाडि) ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि सम्बन्धित विद्यालयले बोर्डकोवेबसाइट मा रहेको फाराम डाउनलोडगरी कार्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गर्नुपर्ने छ ।
कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम बापतको शुल्क सम्बन्धित विद्यालयले २०८० पौष १५ गतेसम्म बुझाउनुपर्ने र विद्यार्थीले रजिस्ट्रेसन फाराम समेत सोही मितिभित्र भरिसक्नुपर्ने (रजिस्ट्रेसन बापतको शुल्क जम्मा गरेको बैंक भौचर पौष १५ गते भित्रको हुनुपर्ने) ।
विद्यालयहरूले २०५० माघ १५ गतेभित्र अनलाइ इन्ट्रि समेत गरी बोर्डका सम्बन्धित कार्यालयमा रजिस्ट्रेसन आवेदन फाराम बुझाउनुपर्ने कार्यतालिकामा उल्लेख छ । २०८० फागुन १५ गतेभित्र सम्बन्धित विद्यालयहरूलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी वितरण गर्ने कार्यतालिकामा उल्लेख छ।
२०८१ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ का नियमित, आंशिक र ग्रेडवृद्धि एवं कक्षा ११ (पुरानो ग्रेडवृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०८० माघ मसान्तभित्र प्रकाशन गरिने छ ।