काठमाडाैँ- नेपाली विद्यार्थीका लागि क्यानडा एक उत्कृष्ट शैक्षिक गन्तब्य हो । उनीहरूको पहिलो उद्देश्य पढ्न जाने नै हुनुपर्छ ।
क्यानडा अंग्रेजी भाषा बोल्ने मुलुक भएकाले पनि नेपाली विद्यार्थीको रोजाइको गन्तब्य भएको हो । क्यानडा सरकारले २ बर्ष पढिसकेपछी तीन बर्ष काम गर्ने अवसर प्रदान गर्ने भएकाले पनि यो नेपाली यहाँ आकर्षित भएका हुुन् ।
क्यानडामा सहुलियत शुल्कमा अध्ययन गर्ने अवसर प्राप्त हुनुका साथै बसोबासका हिसाबले पनि कम खर्चिलो छ । नेपाली विद्यार्थीले क्यानडालाई अहिले आफ्नो रोजाइको गन्तब्य बनाएका छन्।
क्यानडा नयाँ शैक्षिक गन्तब्य सँगै सुरक्षित करिअर भएको मुलुक हो । क्यानडामा विद्यार्थीले कामलाई प्राथमिकता दिने भन्दा पनि पढाइलाई प्राथमिकता दिएका छन्। क्यानडामा अध्ययन पश्चातका अवसर हेरेर उच्च शिक्षा आर्जन गर्न जान उपयुक्त हुँन्छ ।
विद्यार्थी क्यानडाका शैक्षिक संस्थाले उपल्ब्ध गराएको गुणस्तरीय शिक्षाका कारण पनि आकर्षित भएका छन् । क्यानडाको एमबीए डिग्री विश्वमै प्रख्यात छ ।
युनिभर्सीटी अफ क्यानडा वेस्ट यस्तो विश्वविद्यालय हो जसले विद्यार्थीलाई विश्वस्तरीय गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । नेपाली विद्यार्थीलाई यस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन संकायका विषय अध्यापन हुने स्पेसिफिक विश्वविद्यालय हो ।
हामीले हाम्रो विद्यार्थीलाई प्रविधिसँग जोड्नुपर्छ भन्ने आवश्यकतालाई महसुस गर्दै प्राविधिक जनशक्ती उत्पादनमा जोड दिएका छौँ । यहाँको करिअर सर्भिस डिपार्टमेन्टले भर्खरै क्यानडा गएका विद्यार्थीलाई आवश्यक सेवा प्रदान गर्ने गर्छ ।
यो विभागले विद्यार्थीलाई सिभी बनाउने देखि अन्तर्वार्ता फेस गर्नेसम्मका तरिका सिकाउने गर्छ । यो विश्वविद्यालय ५ स्टार रेटेड हो । यस विश्वविद्यालयले नेपाली विद्यार्थीलाई अन्डर ग्राजुएट लेभलमा १७ हजार ४ सय छात्रवृत्ति उपलब्ध गराउदै आएको छ भने पोस्ट ग्राजुएट लेभलमा ६ हजार छात्रवृत्ति उपलब्ध गराउदै आएको छ ।
अध्ययन पश्चात उनीहरूले प्रतिष्ठित कम्पनिहरूमा रोजगारीको अवसर प्राप्त गरेका छन् । यस विश्वविद्यालयले हरेक विद्यार्थीलाई पढ्दा पढ्दै नै इन्ट्रनसिपको व्यवस्था गर्दिने, जब फेयरमा लाने गरेको छ । विद्यार्थी आफ्नो कोर्स सक्दासम्म विद्यार्थी कामलागि दक्ष भइसकेको हुन्छ ।
अहिले कक्षा १२ उत्तीर्ण गरेर विदेश अध्ययनमा जान चाहेका विद्यार्थीले आफू अध्ययन गर्न जाने शैक्षिक गन्तब्यको बुझेर मात्र जानुपर्ने हुन्छ ।
विद्यार्थी डिएलआई प्राप्त गरेका शैक्षिक संस्थामा जानु उपयुक्त हुन्छ। विद्यार्थी विदेश अध्ययनमा जानुपूर्व उनीहरू सिप सिकेर आफू दक्ष भएर आफ्नो रुचि अनुसारको विषय पढ्न र सोही अनुसार पार्टटाइम काम गर्ने योजना बनाउनुपर्छ ।
अहिले ग्रेसको काउन्सिलरले पनि यस संस्थाको बारेमा थप जानकारी प्रदान गर्न सक्छन्। आफूलाई पायक पर्ने स्थानमा रहेको ग्रेसको कार्यलयमा गएर क्यानडा अध्ययनको विषयमा परामर्श लिन पनि सुझाब दिन्छु ।