केयर गिभर अर्थात् ‘हेरचाह कर्ता’ । समान्यतया नेपालमा हेरचाह कर्ता भन्नाले आफूले आफ्नो लागि आवश्यक हेरचाह गर्न नसक्ने व्यक्तीलाई हेरविचार गर्ने भन्ने बुझिन्छ । नेपालको सन्दर्भमा विश्वमा अहिले आफ्नो हेरचाह गर्न नसक्ने वयस्क, अपाङ्ग, वृद्ध सबैलाई चाहिने हेरचाह केन्द्र अर्थात ‘वल्ड एज होम’ सञ्चालनमा आउने तयारिमा छन् । आफ्नो ज्ञान र सिप प्रयोग गरेर आफ्नो हेरविचार गर्न नसक्ने व्यक्तीलाई खुवाउने ,हिडडुल गर्न सिकाउने उसको सहयोगिको रुपमा औषधी उपचारमा सहयोग गर्ने व्यक्तीले पढ्ने शिक्षा नै विशेष गरेर ‘केयर गिभर’ हो ।
नेपाल लगायत विश्वका विभिन्न मुलुकमा यस विषय अध्ययन गरेका दक्षजनशक्तीको माग बढ्दो क्रममा छ । अष्ट्रेलिया , जापान लगायताका देशमा काम गर्न दक्ष जनशक्तीको रुपमा जादाँ राम्रो कमाई हुन्छ भने थोरै लगानीमा पनि यो विषय अध्ययन गर्न सकिने भएकाले पनि यस विषय अध्ययन गरेका विद्यार्थीको भविष्य उज्वल छ ।
नेपालमा युवापलायन भएसंगै वृद्धहरुको संख्या बढ्दो क्रममा रहेको छ । उनीहरुलाई हेरचाह गर्ने व्यक्ती नभएसंगै ‘वल्ड एज होम’ को आवश्यकता बढ्ने देखिन्छ । पछिल्लो सरकारको तथ्याङ्कले पनि औषत आयु बढेसंगै वृद्धहरुको संख्या बढेको देखाएको छ ।यो संगै यस्ता जनशक्तीको माग पनि बढ्ने निश्चित नै छ ।
नेपाल सरकारले सन् २०२५ सम्ममा औषत आयु ७२ बर्ष पुर्याउने अनुमान गरेको छ । सन् २००७ देखी २०१७ सम्मको जन्मदर हेर्ने हो भने यो घट्दो क्रममा छ । जन्मदर घट्ने र औषत आयु बढ्दै जाने हो भने वृद्धहरुको संख्या स्वतः वृद्धि हुँदै जान्छ । कुल जनसंख्यामा ६० बर्ष नाघेका व्यक्तीको संख्या उच्च हुने अनुमान संगै यस्ता व्यक्तीको हेरचाह गर्ने जनशक्तीको माग पनि बढ्ने देखिन्छ ।
अहिले राज्यले यस्ता जनशक्ती उत्पादन तर्फ खासै ध्यान दिएको पाइदैन ।यो विषय संग सम्बन्धित गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाहरुको बारेमा अहिलेसम्म नेपाल सरकारले परिकल्पना गरेको अवस्था छैन । सिटिइभिटिबाट मान्यता लिएर यस्तो कक्षा सञ्चालन गर्ने प्रयास गरिएको भएपनि यसले अन्तराष्ट्रिय मान्यता पाएको अवस्था छैन ।
नेपालमा अन्तरार्ष्ट्रिय मान्यताप्राप्त शिक्षण संस्थाको आवशयकता महसुस भइसकेको अवस्था छ ।
पहिले केयरगिभर भन्ने शव्द नै नेपालमा नौलो थियो । जब जापान सरकारले कामका लागि केयरगिभर तर्फका जनशक्ती लैजाने भने पछि यस विषयमा आम नागरिकको चासो बढेको हो ।
जापानले कामदार लाने प्राथमिकतामा केयरगिभर पारेसंगै यसको अध्ययन र तालिमको विषयमा पनि यहाँ चर्चा बढेको हो । नेपालमा यो नौलो विषय हो र यस तर्फका जनशक्ती उत्पादन भएको अवस्था छैन । एचए, नर्सिङ, एएचए, फार्मेसि लगायतका विषय अध्ययन गरेका विद्यार्थीले पनि यो तालिम लिन सक्छन् । यो विषय शैक्षिक प्रमाण पत्र पदान गर्ने भन्दा पनि सिप सिक्ने सिपमुलक विषय भएकाले पनि यो विषय अध्ययन गर्नु उपयुक्त हुँन्छ । सिप नहुँदा स्नातकोत्तर अध्ययन गरेका विद्यार्थीहरु पनि बेरोजगार हुनुपरेको अवस्था छ । त्यसैले हामीले भन्दै आएका छौँ ‘सिप सिकौ दक्ष बनौँ’ । लगानी गर्ने वित्तिकै यसको प्रतिफल र रोजगारीको अवसर पाइने भएकाले पनि यसको चार्म बढेको हो । बैदेशिक रोजगारीमा यस तर्फका जनशक्तीको माग बढिरहेकै कारण पनि यस तर्फ नेपाली युवाहरुको आकर्षण बढ्ने निश्चित नै छ । राज्यले केयरगिभर तर्फका जनशक्ती उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ । ६० बर्ष भन्दा माथिका वृद्ध, शारिरिक मानसिक अपाङ्गता भएका व्यक्तीहरुलाई यो सेवा प्रदान गर्ने गरिन्छ । राज्यले यस तर्फ ध्यान नदिएकै कारण पनि यस संस्थाले यसतर्फ चासो देखाएको हो ।
आवश्यक योग्यता
केयरगिभर अध्ययन गर्नका लागि समान्यतया स्वास्थ्य क्षेत्रमा आफ्नो भविष्य बनाउने रुचि भएका कक्षा दश उत्तिर्ण गरेका व्यक्तीले यो तालिम लिन सक्छन् । अंग्रेजी भाषा बुझ्न सक्ने व्यक्तीले यो विषय अध्ययन गर्न सक्छन् । यस तालिम लिन १८ बर्ष उमेर पुगेका महिला र पुरुष दुवै योग्य हुन्छन् ।
लागत खर्च
यो विषय अध्ययन गर्न नेपालमा ६ महिने कोर्षको एक लाख रुपैया लागत खर्च लाग्ने गर्दछ ।परक्षा शूल्क र रजिष्ट्रेसन शूल्क गरि अतिरिक्त शूल्क २५ हजार खर्च हुन्छ । यो विषय अध्ययन गरि प्रमाणपत्र लिदा सम्म प्रतिव्यक्ती कुल एकलाख २५ हजार खर्च हुन्छ ।
छात्रवृत्तिको व्यवस्था
आर्थिक रुपमा विपन्न तर पढ्ने चाहना भएका व्यक्तीलाई ईनलाइट एकेडेमीले छात्रवृत्तिको व्यवस्था गरेको छ । नेपाल सरकारको समावेशी कोटा भित्र पर्ने दुर्गम क्षेत्रका व्यक्तीलाई पनि छात्रवृत्तिको व्यवस्था गरेको छ ।
रोजगारिको अवसर
नेपालमा मात्र नभएर युरोपका विभिन्न देशमा केयरगिभरको माग बढ्दो छ । युरोपका विकसित मुलुकहरु फिनल्याण्ड, जर्मनि ,पोल्याण्डमा केयरगिभर तर्फका जनशक्तीको माग छ भने अष्ट्रेलिया, युके लगायत क्यानडा, अमेरिका र एसियाका पनि केही मुलुकहरुमा यस्ता जनशक्तीको माग बढ्दै गएको छ । जापानले यस तर्फका जनशक्तीको आवश्यता महसुस गर्दै नेपालबाट कामदार मागेको अवस्था छ । भारत ,इन्डोनेसिया लगायतका देशबाट यस्ता जनशक्ती माथिका राष्ट्रहरुमा गएको भएपनि नेपालबाट भने यस विषय अध्ययन गरेर केयर गिभरका लागि अन्य मुलुकमा काम गर्न गएको अवस्था छैन । महिलाहरु घरको काम गर्न र वृद्धहरुलाई स्याहार सुसार गर्न इजरायल , युएई जस्ता देशहरुमा न्यून संख्यामा गएका छन् भने उनीहरुले आवश्यक तालिम लिएको अवस्था पनि छैन । उनीहरुले गरेको कामका लागि उनीहरुको योग्यता पुगेको अवस्था छैन ।यो विषय अध्ययन गरेका विद्यार्थीका लागि जापान लगायत विभिन्न मुलुकबाट यस तर्फका जनशक्तीको माग भएको अवस्था छ । एजकेयर होम, घरमै गएर सेवा दिने केयर होम लगायतका क्षेत्रहरुमा उनीहरुले रोजगारीको अवसर पाउछन् ।
सिटिएण्ड गिल्डसको केयरगिभर
यो सिटि एण्ड गिल्डस विश्वका विभिन्न मुलुकमा साखा विस्तार गरेको छोटो तथा लामो अवधिका प्राविधिक तालिम प्रदान गर्ने संस्था हो । यसले हस्पिटालिटि, स्वास्थ्य, उड्ययन, सुचनाप्रविधी लगायतका विभिन्न क्षेत्रमा आवश्यक प्राविधिक दक्ष जनशक्ती उत्पादन गर्ने शिक्षण संस्थाको रुपमा आफ्नो परिचय बनाउन सफल भएको छ ।
अध्यापन हुने विषयहरु
केयरगिभरमा अध्यापन हुने विषयहरुमा फिजियोथेरापी, औषत आहार, न्यूट्रेसन, हिडाउने डुलाउने तरिका, कानुनी कागजात, विदेशमा काम गर्दा चाहिने कागजात र प्रक्रिया, विदेशमा आइपर्ने कानुनी समस्या, शरिरलाई आवश्यक पर्ने स्याहार र एजकेयर होममा चाहिने विषयबस्तु संग सम्बन्धीत विषयहरु अध्यापन गराइन्छ ।
विश्वमा यसको प्रयोग
यस विषयमा सिटि एण्ड गिल्डस जस्ता तालिम प्रादायक संस्थाहरुले आफ्नो सम्बन्धनमा शिक्षण संस्था सञ्चालन गरेका छन् । उनीहरुले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै दक्ष जनशक्ती उत्पादन गरी रोजगारिको अवसर पदान गर्न जनशक्ती आवश्यक पर्ने ठाउँमा पठाउँदै आएका छन् ।सिपको कमी हुँदा समस्या आउने भएकाले सिप सिकाई दक्षबनाउन तर्फ एजुकेशन प्रोभाइडरहरु लागि परेको अवस्था छ ।
प्रयोगात्मक कक्षा
यो विषय अध्ययन गर्नका लागि प्रयोगात्मक कक्षा र प्रयोगशाला अनिवार्य छ । विभिन्न डमीहरुमा विद्यार्थीहरुलाई तालिम दिइन्छ । विद्यार्थीले आफ्नो क्षमता विकास गरिसकेपछी आरोगेन केयर होममा लगेर पूर्णरुपमा सिकेका ज्ञान प्रयोग गर्ने अवसर प्रदान गरिन्छ । स्पेशल कम्युनिकेशन तालिम दिएर नबोल्ने आफ्नो समस्या बताउन नसक्ने खुलेर समस्या बताउने बनाउन सिकाइन्छ । कमजोर व्यक्तीको स्याहार सुसारमा कमी हुन नदिने प्रयास गरिन्छ । हरेक दिन शैद्धान्तिक कक्षा संगै प्रयोगात्मक कक्षा पनि सञ्चालन गरिन्छ । यो विषय अध्ययन पश्चात एक महिना ओजेटि ‘इन्टर्नसिप’ गर्नुपर्ने हुन्छ ।
ईनलाइट ऐकेडेमीमा ‘केयरगिभर’
ईनलाइट ऐकेडेमी विशेष गरेर स्वास्थ्य क्षेत्रसंग सम्बन्धित तालिम प्रदान गर्दै व्यवसायीक जनशक्ती उत्पादन गर्ने उद्देश्यले खोलिएको संस्था हो । अनुसन्धान मुलक तालिम , आईसियु सेवा प्रदान गर्ने तालिम, अप्रेसन थिएटरको तालिम लगायत एजकेयर सम्बन्धित तालिम प्रदान गर्दै आएका छौँ । यो पूर्ण रुपमा स्वास्थ्य क्षेत्रसंग सम्बन्धित तालिम प्रदान गर्ने संस्था भएकाले यसले देशका विभिन्न शहर तथा ग्रामिण भूभागमा विभिन्न स्वास्थ्य जनचेतना मूलक कार्यक्रम संगै विभिन्न तालिमहरु पनि प्रदान गर्दै आएको छ । सिप संगै अन्तर्राष्ट्रिय मान्यता पाउने भएकाले पनि यस एकेडेमीको कोर्ष अध्ययन गर्नु आवश्यक छ ।शैक्षिक प्रमाणपत्र प्रदान गर्ने भन्दा पनि हाम्रो ध्यय सिप सिकाउने विषयमा केन्द्रित हुनेछ । अन्य विषयमा काम गर्न प्राविधिक औजारको उपयोग गर्न सकिन्छ तर मानिसकै स्याहार गर्ने विषय अलि फरक भएकाले पनि यसमा दक्षजनशक्तीकै आवश्यकता पर्दछ । यो संस्थामा दक्ष अनुभवि चिकित्सकहरुबाट तालिम प्रदान गर्नुका साथै सिप परिक्षण पनि गरिन्छ ।यहाँ युकेमा ट्रेनिङ लिएका सिटि एण्ड गिल्डसको लेभर सेभेन उत्तिर्ण गरेका अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त मेडिकल टिम रहेको छ । उनीहरुले यहाँबाट गुणस्तरीय शिक्षा पाउने कुरामा ढुक्क हुने अवस्था छ । यो कक्षा काठामा वेस नभई शैद्धान्तिक र व्यवहारिक पक्षलाई जोड दिदैँ प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएका छौँ । उनीहरु अध्ययन पश्चात दक्ष बनाउने विषयमा यो संस्था प्रतिबद्ध छ ।