काठमाडाैँ- नेपालबाट विदेश अध्ययनमा जाने विद्यार्थीको क्रम बढेसँगै शैक्षिक परामर्शदातृ संस्थाहरूले आफ्नो सेवालाई विस्तार गर्दै लगेका छन् । ग्रेस इन्टरनेशनल एजुेकशनले विगत १७ वर्षदेखि नेपाली विद्यार्थीलाई देशका प्रमुख सहरसँगै अष्ट्रेलिया, क्यानडा लगायत विश्वका विभिन्न मुलुकबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। नेपालबाट अष्ट्रेलिया, अमेरिका, क्यानडा, युके लगायतका मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीले ध्यान दिनुपर्ने विषय, अध्ययन पश्चातका अवसर, स्थाई बसाेबास लगायतका विषयमा नेपालसँगै अष्ट्रेलियामा पनि शैक्षिक परामर्श क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल व्यक्तित्व एंव ग्रेस इन्टरनेशनल एजुकेशनका प्रवन्ध निर्देशक रामचन्द्र पौडेलसँग गरिएको कुराकानी:
नेपालबाट विदेश अध्ययनमा जानुपूर्व विद्यार्थीले ध्यान दिनुपर्ने महत्वपूर्ण विषयहरू के – के छन् ?
विद्यार्थी विदेश अध्ययनमा जानुपूर्व यहाँको परिवेश भन्दा फरक ठाउँमा जाँदैछु भन्ने सम्झिनु पर्छ । अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका मुलुकमा अध्ययनका लागि जाँदै गर्दा आफू अध्ययन गर्न जाने विषय, अध्ययन पश्चातका अवसर, लागत खर्च, बसोबास लगायतका विषयमा ध्यान दिनुपर्छ । आफू कुन देशमा के उद्देश्य लिएर जान लागेको हो क्लियर हुनुपर्छ । आफू अध्ययन गर्न जान लागेको विषय शिक्षणसेवा प्रदायकसँग छ कि छैन बुझ्नुपर्छ । उनीहरूले इन्टरनेटको माध्यमबाट जानकारी लिन पनि सक्छन् । विद्यार्थीले शिक्षण शुल्क र खानबस्न लाग्ने लागत खर्चको बारेमा पनि बुझेर मात्र आफ्नो शैक्षिक गन्तब्य तय गर्नुपर्छ । उनीहरू अध्ययन गर्न जानुपूर्व सञ्चालन हुने तयारी कक्षा, आफूले गर्ने पार्टटाइम कामका लागि सिप सिक्नु उपयुक्त हुन्छ । आफू जादैँ गर्दा आर्थिक विषयले आफूलाई समस्या हुँन्छ कि हुँदैन भन्ने कुरा अभिभावकसँग छलफल गरेर मात्र आफ्नो शैक्षिक गन्तब्य तय गर्नुपर्छ ।
अष्ट्रेलिया, क्यानडा, अमेरिका जस्ता मुलुकमा नेपाली विद्यार्थीका लागि अवसरको सुनिश्चितता देख्नुहुन्छ ?
प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थी विदेशमा अध्ययनका लागि जाने गरेका छन् । विद्यार्थीले अध्ययनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ । आफू काम गर्नका लागि विदेश जान लागेको होइन भन्ने सम्झिनुपर्छ । अभिभावकलाई पनि यो कुरा बुझाउनुपर्छ । अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकमा विद्यार्थीले अध्ययनसँगै रोजगारीको अवसर प्राप्त गरेका छन् । विदेशमा दुःख गर्छु भन्दा यहाँ अवसर छ तर आफूले आफैलाई कसरी अघि बढाउने भन्ने हो । पढ्न आएको विद्यार्थीले कामलाई प्राथमिकतामा राख्दा पढाइ विग्रिन सक्छ । त्यसैले पढाइ पुरा गरेर मात्र अवसरको खोजि गर्नु उपयुक्त हुन्छ ।
विद्यार्थीले विदेशमा पढाईसँगै काम नपाएर दुःख पाएका छन् भन्ने सुनिन्छ नि ?
विद्यार्थीले विदेशमा काम नपाएर दुःख पाउछन् भन्ने होइन तर सिप सिकेर आउनु महत्वपूर्ण छ । आफूले काम गर्न चाहेको क्षेत्रमा तालिम लिएर आउने हो भने उनीहरूलाई काम पाउन समस्या हुँदैन ।
ग्रेसले विद्यार्थीलाई नेपालमा र विदेशमा गइसकेपछी प्रदान गर्ने सेवाहरू के – के छन् ?
ग्रेसले विद्यार्थीलाई विदेश अध्ययनमा जानुपूर्व उसले लिनुपर्ने तालिम, सवारी साधनको लाइसेन्स, सिभि बनाउने तरिका लगायतका विषयमा कार्यालयबाटै सम्पूर्ण जानकारी उपलब्ध गराउँछ । विद्यार्थीलाई जब गाइडेन्स प्रदान गर्नुका साथै उनीहरूलाई विदेशमा आउने वित्तिकै चाहिने कुराहरूको विषयमा जानकारी दिन्छौँ । विदेशमा पुगेपछि पनि उनीहरूलाई आइपर्ने समस्याको समाधान गर्न ग्रेसका कर्मचारी चौविसै घण्टा तयार छन् ।
विद्यार्थीले ग्रेस इन्टरनेशनलबाटै शैक्षिक परामर्श सेवा किन लिने ?
ग्रेस इन्टरनेशनलले अन्य परामर्शदातृ भन्दा फरक तवरले सेवा प्रदान गर्दै आएको छ । विद्यार्थीलाई बसोबासका हिसावले आइपर्ने समस्या समाधान गर्न हाम्रा प्रत्येक सहरमा भएका अफिसले सहजिकरण गर्ने गरेका छन् । विद्यार्थीलाई विदेश पठाउने भन्दा पनि उसको करिअरका हिसाबले काउन्सिलिङ गर्दै आएका छौँ । विद्यार्थीलाई उसको आवश्यकता अनुसार हाम्रा अफिसले फाइनान्सियल सहजिकरण मात्रै गरेको छैन उनीहरूलाई अभिभावकीय जिम्मेवारीसहित सेवा प्रदान पनि गरेको छ ।
अहिले कक्षा १२ उत्तीर्ण गरेर विदेशमा पढ्न जाने चाहना भएका विद्यार्थी एवं उनका अभिभावकलाई के भन्न चाहानुहुन्छ ?
कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले नेपालमा हार्डवर्क गरेका हुँदैनन् । त्यसैले आफ्नो छोरा छोरी कुन कोर्स पढ्न कस्तो विश्वविद्यालयमा जाँदैछ । अध्ययन पश्चात अवसर छ कि छैन भन्ने विषयमा विद्यार्थी एवं अभिभावकले ध्यान दिनुपर्छ । अभिभावकले आफ्नो सन्तान विदेशमा गएपछि काम भन्दा पनि पढाइ कस्तो छ भने सोध्ने गर्नुपर्छ । उनीहरू पढ्न विदेशमा आएका हुन् भन्ने बिर्सनुहुँदैन। अभिभावकले पढाइ हुँदासम्म आफूले लगानी गरेको सम्झनुपर्छ । कमाएर मात्रै सबै विषयमा शैक्षिक शुल्क तिर्न सक्ने अवस्था हुँदैन । त्यसैले पढाइ सकेपछि मात्र विद्यार्थीले आफुले गरेको लगानी फिर्ता गर्न सक्छ भन्ने सम्झिनुपर्छ । हामीले हाम्रा कार्यालयबाट विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएका छौँ । विदेशमा आएका केही विद्यार्थीले समस्या भोगेका पनि छन्। तर ग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्दै त्यस्ता समस्या समाधान गर्न सहजिकरण गर्ने गरेको छ।