काठमाडौँ– सरकारले हालै मात्र प्रतिनिधिसभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ।
आफ्ना माग पूरा नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको छ। सरकारले विधेयक निर्माणमा आफूहरूलाई समावेश नगरेको, शिक्षकहरूको हकहितवपरीत काम गरेको भन्दै सडक आन्दोलनको चेतावनी दिएको छ। यद्यपि विधेयकबारे अहिलेसम्म सरकारपक्षले जवाफ दिएको छैन।
महसंघले विधेयकप्रति आफ्ना १८ वटा असन्तुष्टि रहेको जनाएको छ।
- कार्यरतलाई प्राथमिकतासहित आन्तरिक परीक्षाको प्रबन्ध
-विद्यालय कर्मचारीलाई स्थायी प्रक्रिया
- बालकक्षा शिक्षक ईसीडी लाई प्राथमिक सरहको व्यवस्था-
-अस्थायी अवधि गणना तथा निवृत्तिभरण
-शिक्षक बढुवा
-ग्रेड र तलब विभेद मिलान
-प्रधानाध्यापक नियुक्ति
-पद समायोजन
-शिक्षण काउन्सिल
-शिक्षकको सरुवा र कार्यसम्पादन मूल्यांकन-द्वन्द्व र राजनीतिक पीडित शिक्षकको सेवा अवधि
-दुर्गम भत्ता
-विद्यालय व्यवस्थापन समितिको संरचना
-दरबन्दी हस्तान्तरण
-संस्थागत विद्यालयका शिक्षकहरूको विषय
-ट्रेड युनियन अधिकार
-पेसागत सुरक्षा
-पुरानो सुविधा कटौती