काठमाडौँ- नेपाल विद्यार्थी संघले विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल गरि सो माथिको रायसुझाव पठाउन मातहतका निकायलाई परिपत्र गरेको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले बिहिबार जिल्ला समिति, विश्वविद्यालय समिति र क्याम्पस इकाई समितिहरूलाई परिपत्र गरेका हुन् ।
विधेयकबारे नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिले आफ्नो धारणा निर्माण गर्ने हुँदा उल्लिखित विधेयकका सबल एवम् दुर्बल पक्ष, दीर्घकालीन प्रभाव र विद्यार्थी मैत्री भएरनभएको विषयवस्तु समेटेर औपचारिक वा अनौपचारिक छलफल चलाई आ–आफ्नो राय, सुझाव, टिप्पणी, वा धारणा भाद्र ३१ गते भित्र पठाउन परिपत्रमा भनिएको छ ।
भाद्र २७ गते प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तर्फबाट मन्त्री अशोक कुमार राईले विधेयक प्रस्तुत गरेका थिए । विधेयकमा भएका केही प्रावधानमाथि आलोतना भइरहँदा नेविसंघले मातहतका समितिमार्फत राय सुझाव संकलन गरेर विधेयकबारे धारणा बनाउन लागेको हो ।
यस्तो छ परिपत्र
श्री अध्यक्ष ज्यू
नेपाल विद्यार्थी संघ ९सबै जिल्ला समिति, विश्वविद्यालय समिति, क्याम्पस इकाई समितिहरू०
विषय : परिपत्र गरिएको सम्बन्धमा ।
प्रिय साथीहरू,
प्रस्तुत विषयमा मिति २०८० साल भाद्र २७ गते प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तर्फबाट मा। मन्त्री अशोक कुमार राईज्यू प्रस्तुतकर्ता भइ दर्ता भएको “विद्यालय शिक्षा विधेयक, २०८०” उपर नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिले आफ्नो धारणा निर्माण गर्ने हुँदा उल्लिखित विधेयकका सबल एवम् दुर्बल पक्ष, दीर्घकालीन प्रभाव र विद्यार्थी मैत्री भएरनभएको विषयवस्तु समेटेर औपचारिक वा अनौपचारिक छलफल चलाई आ–आफ्नो राय, सुझाव, टिप्पणी, वा धारणा यहीँ मिति २०८० साल भाद्र ३१ गते भित्र निम्नानुसारको ठेगानामा प्रेषित गर्नहुन यस परिपत्र मार्फत अनुरोध गर्दछु ।
पुनश्च स् नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवार भइ निर्वाचित भएका स्ववियु सभापति, पदाधिकारी एवं सदस्य ज्यूहरू समेतलाई यो परिपत्र लागू हुनेछ ।