काठमाडाैँ- जापान अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरूकाे छाता संगठन सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एइक्यान) काे प्रथम अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ।
एइक्यानकाे नयाँ कार्यसमितिमा अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव, काेषाध्यक्ष, सह-कोषाध्यक्ष सहित ८ सदस्य निर्वाचित भएका हुन्।
प्रथम अधिवेशनबाट अध्यक्षमा किशाेर तिवारी, प्रथम उपाध्यक्ष केशवराज अर्याल, दितिय उपाध्यक्षमा बिनोद पोखरेल, महासचिव तीर्थराज भण्डारी, सचिवमा शिव प्रसाद सुवेदी, कोषाध्यक्षमा अनिल भण्डारी, सह-कोषाध्यक्षमा मेघराज शाही पदाधिकारीमा निर्वाचित भएका छन्।
यस्तै सदस्यमा पूजा प्रधान, प्रेम चापागाई, अनिल मरहट्टा, हिरानाथ महर्जन, मुकेश खतिवडा, गंगाराम बस्नेत, सन्तोष बाराकोटी र मनिष बर्देवा रहेका छन्।