काठमाडौँ- विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई देशभरका प्रमुख शहरबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनल एजुकेशनले ‘ग्रेस ईडीयू फेयर २०२३’ आयोजना गर्ने भएको छ।
विगत १७ बर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले भदौ २४ देखि देशभरका आफ्नो कार्यालय परिसरमा शैक्षिक मेलाको आयोजना गर्ने जनाएको हो।
मेलामा अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिकाका र कोरियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष रुपमा भेटेर जानकारी लिन सक्ने ग्रेस इन्टरनेशनलका निर्देशक एन्ड्रियू पौडेलले जानकारी दिए। उनका अनुसार देशका प्रमुख ८ वटा सहरमा आयोजना हुने मेलामा विद्यार्थीले विदेश अध्ययनबारे सम्पूर्ण जानकारी पाउनेछन्।
शैक्षिक मेला भदौ २४ गते झापाको विर्तामोडमा, २५ गते झापाको दमकमा, २६ गते विराटनगरमा, २८ गते हेटौडा, २९ गते चितवन, ३० गते पोखरा, ३१ गते बुुटवल र २ गते काठमाडौँमा मेला सञ्चालन हुनेछ।
शैक्षिक मेलामा विद्यार्थीले विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी कक्षा, छात्रवृत्ति लगायत सम्पूर्ण विषयमा जानकारी दिइने ग्रेसका निर्देशक पौडेलले जानकारी दिए।
उनले विद्यार्थीलाई विभिन्न गिफ्ह्याम्परको पनि व्यवस्था गरिएको र विद्यार्थीले देशभर आफूलाई अनुकुल हुने स्थानमा गएर परामर्श लिन सक्ने बताए।