काठमाडौँ- विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले ‘ग्लोबल एजुकेशन एक्सपो २०२३’ सम्पन्न गरेको छ।
विगत २१ बर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एसोसिएट्सले भदौ १० गते काठमाडौँँको पुतलीसडक स्थित स्टारमहलमा रहेको कार्यालय परिसरमा एक्सपो सम्पन्न गरेको हो।
एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष रुपमा भेटेर जानकारी लिएका छन्।
एक्सपोमा विद्यार्थीले विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी कक्षा लगायत सम्पूर्ण विषयमा जानकारी लिएको एसोसिएट्सका बिजनेश डेभलपमेन्ट म्यानेजर(बीडीएम) गौतम जिरेलले जानकारी दिए।
एक्सपोमा विद्यार्थीलाई रिफ्रेसमेन्टको पनि व्यवस्था गरिएको थियो। एक्सपोमा चारसय जना भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो।
देशभर भदौ २६ गतेसम्म सञ्चालन हुने ग्लोबल एजुकेशन एक्सपोको पहिलो दिन काठमाडौँमा, १२ गते झापाको विर्तामोडमा, १३ गते झापाको दमकमा, १५ गते इटहरी र ललितपुरमा, १७ गते चितवन, १८ गते पोखरा, १९ गते बागलुङ, २१ गते बुुटवल र २६ गते महेन्द्रनगरमा सञ्चालन हुनेछ।