काठमाडौँ- विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई तयारी कक्षा एंव शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अर्बिट इन्टरनेशनलले एक दिने शैक्षिक मेलाको आयोजना गरेको छ।
विगत २३ वर्ष देखि विद्यार्थीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको अर्बिटले आफ्नो कार्यालय परिसरमा विभिन्न नेपाली विद्यार्थीका प्रमुख पाँच शैक्षिक गन्तब्य केन्द्रित मेला सम्पन्न गरेको हो।
मेलामा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र आयरल्याण्डका प्रतिष्ठित कलेज र विश्वविद्यालयहरू सहित प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
शैक्षिक मेलाले बाहिर पढ्न चाहने विद्यार्थीहरूलाई विश्व स्तरीय शैक्षिक अवसरहरूसँग जोड्न ध्यान आकर्षित गरेको थियो।
शैक्षिक मेलामा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले शिक्षणसंस्थाको भौतिक शैक्षिक पूर्वाधार, वातावरण, छात्रवृत्ति, छात्रवास, तयारी कक्षा लगायतका विषयमा जानकारी लिएका थिए।
कार्यक्रममा नेपाल शिक्षा परामर्श संघ (इक्यान) का अध्यक्ष एंव अर्बिट इन्टरनेशनल एजुकेसनका निर्देशक शेषराज भट्टराईले विद्यार्थीलाई एवं अभिभावकलाई मेलाले उपयुक्त शैक्षिक गन्तब्यको खोजि गर्न सहयोग पगेको बताए।
कार्यक्रममा अर्बिटका निर्देशक प्रकाश पाण्डे र थिरलाल भट्टले विश्वविद्यालयका प्रतिनिधि र विद्यार्थीलाई स्वागत गर्नुका साथै मेलालाई प्रभावकारी बनाउन सहयोग गरेका थिए।उक्त मेलामा एक हजार दुई सय भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो।
सहभागीहरूले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र आयरल्याण्डका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुका साथै छात्रवृत्ति र उपलब्ध अवसरका विषयमा जानकारी लिएका थिए।