काठमाडौँ- त्रिभुवन विश्वविद्यालय(त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०/८१ का लागि बीई र बीआर्कमा भर्नाका लागि प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ।
इच्छुक विद्यार्थीले अनलाइन मार्फत भदौं ५ गते बिहान १० बजेदेखि १९ गते साँझ ५ बजेसम्म भित्र आवेदन दिइसक्नु पर्ने छ।
त्रिवि सम्बद्ध आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालित विभिन्न १२ ओटा कार्यक्रमहरूमा इन्जिनियरिङ अध्ययनका लागि आवेदन माग गरेको हो।
विद्यार्थी भर्नाका लागि सूचना प्रविधिको आधारमा कम्प्यूटर विधिमार्फत संचालन गरिने प्रवेश परीक्षा भादौं २५ देखि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र, पुल्चोक, ललितपुर र पश्चिमाञ्चल क्याम्पस पोखरामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गरी तोकिएको स्थान, समय र शिफ्ट अनुसार सञ्चालन गरिने सूचना सार्वजनिक गरेको छ।
भदौ २५ देखि प्रवेश परीक्षा
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०/८१ का लागि बीई र बीआर्कको प्रवेश परीक्षा भदौ २५ देखि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक र पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन गर्ने भएको छ।
संस्थानले इच्छुक विद्यार्थीले अनलाइनमार्फत भदौ ५ गते बिहान १० बजेदेखि १९ गते साँझ ५ बजेभित्र आवेदन दिनुपर्ने जनाएको छ।
त्रिवि सम्बद्ध आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालित विभिन्न १२ वटा कार्यक्रममा इन्जिनियरिङ अध्ययनका लागि आवेदन माग गरिएको हो। ती कार्यक्रममा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इलेक्ट्रिकल इन्जिनियरिङ, एग्रिकल्चर इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्डस्ट्रियल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ र केमिकल इन्जिनियरिङ छन्।
आवश्यक योग्यता
त्रिवि वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिकशास्त्र, रसायनशास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह वा ‘ए’ लेभल वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कुल पूर्णांकको कम्तीमा ४५ प्रतिशत तथा लेटर ग्रेडिङ भएमा प्रत्येक विषयको अन्तिम ग्रेडमा न्यूनतम ‘सी’ ग्रेड प्राप्त गरी उत्तीर्ण गरेका वा कक्षा १२ वा सोसरहको अन्तिम परीक्षामा सम्मिलित भएका वा इन्जिनियरिङ डिप्लोमाको छैटौँ सेमेस्टरको परीक्षामा सम्मिलित भएका विद्यार्थीले समेत आवेदन दिई प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्।