काठमाडाैँ- मोबाइलमा समाचार तथा लेख पढ्नका लागि ‘रिडिङ मोड’ एक्टिभ गर्नु उपयुक्त हुन्छ। एन्ड्रोइडमा रिडिङ मोड चलाउन एप डाउनलोड गरेर पढ्न सकिन्छ। याे एप अल्प दृष्टि, अन्धोपना, वा डिस्लेक्सिया भएका प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो। तर इच्छुक सबैले यसलाई प्रयोग गर्न भने सक्छन् ।
मोडले पढ्नका लागि सजिलो बनाउन विज्ञापन हटाउने, एउटा निश्चित ढाँचामा समाचार तथा आलेखहरू प्रस्तुत गर्ने काम गर्छ। आईओएस प्रयोगकर्ताका लागि ‘रिडर भ्यू’ एप पनि उपलब्ध छ।
अहिले एन्ड्रोइडमा यो फिचर उपलब्धल छ। एन्ड्रोइडमा दिइएको रिडिङ मोड गुगलको एक्सेसिबिलिटी फिचरको एक अंश हो।
यसकारण एन्ड्रोइडमा यो मोड चलाउन केही काम गर्नुपर्ने हुन्छ। तर एन्ड्रोइड नाइन मुनिको भर्सन रहेका मोबाइलमा भने यो मोड प्रयोग गर्न मिल्दैन।
एप इन्स्टल गर्दै गर्दा ‘रिडिङ मोड सर्टकट’ इनेबल गर्नु भयो भने डिफल्टका रूपमा फोनको स्क्रिनको माथिल्लो दायाँ भागमा फ्लोटिङ भर्चुअल एक्सेसिबिलिटी बटन देखा पर्छ ।
यसले गर्दा रिडिङ मोड अन गर्न एप खोलिरहनु पर्दैन। नोटिफिकेसन बारमा भने सबैभन्दा अन्तिममा यो एप देखिन्छ।
यसले गर्दा कुनै पनि विषय पढ्न बारम्बार एपमा गइरहनु पर्दैन। त्यसका लागि तपाईं फ्लोटिङ बटन वा नोटिफिकेसन बारमा जाँदा पुग्छ ।
यदि यस्तो आईकन चाहनु हुन्न भने एपको सेटिङबाट तपाईंले हटाउन समेत सक्नुहुन्छ। यो एपलाई फोनको भोलुम बटनलाई प्रेस गर्दा खोल्न समेत सकिन्छ। यसलाई सेटिङबाट मिलाउन सकिन्छ ।
एपमा प्लेब्याक फिचर दिइएको छ। यसले कुनै पनि व्यवधान बिना तपाईंलाई लेख सामग्री पढ्न सहयोग गर्छ।
साथै एपमा आलेखको फन्ट साइज, रङ आदि परिवर्तन गर्ने सुविधा पनि छ। त्यस्तै यसमा भोइस फिचर छ।
जसले गर्दा तपाईंले कुनै पनि काम गर्दै आलेख सुन्न सक्नुहुन्छ। त्यो आवाजलाई तपाईंले आफू अनुकूल परिवर्तन गर्न सक्नुहुन्छ।