काठमाडौँ- काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीलाई सञ्चालन गरेकाे छात्रवृत्ति परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे छ।
महानगरपालिकाले शनिवार दिउसाे ११ बजेदेखि १ बजेसम्म सञ्चालन गरेकाे छात्रवृत्ति परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे। परीक्षामा सहभागी सबैले न्यूनतम अंक ल्याएकाे महानगरले जनाएकाे छ। परीक्षामा आवेदन स्वीकृत भएका ६०१७ जना परीक्षार्थीमध्ये ५१६२ जना सहभागि भएका थिए।
नतिजा उपर चित्त नबुझेमा साउन २२ गते कार्यालय समयभित्र काठमाडौँ महानगरपालिका, शिक्षा विभाग काठमाडौँ प्लाजामा परीक्षार्थी स्वयम् उपस्थित भएर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
सो परीक्षाका लाथि ४ हजार १५५ जना विद्यार्थीले विज्ञान विषयमा आवेदन दिएका थिए तर परीक्षामा ३ हजार ७१३ जना मात्र सहभागी भएको महानगरले जनाएकाे छ।
१ हजार ४८४ जना व्यवस्थापन विषयका आवेदकमध्ये १ हजार १८० जना परीक्षामा सहभागि थिए। यस्तै २४५ जना प्राविधिक विषयका आवेदकमध्ये १७६ जना, ८९ जना कानुन विषयका आवेदकमध्ये ६९ जना, १८ जना मानविकी विषयका आवेदकमध्ये १६ जना र २६ जना शिक्षा विषयका आवेदकमध्ये १८ जना परीक्षामा सहभागि भएका थिए।
छात्रवृत्ती परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्नका वहुवैकल्पिक प्रश्न सोधिएको थियो। महानगरले १५ वटा परीक्षा केन्द्रल निर्धारण गरेकाे थियो। परीक्षामा गलत उत्तरका लागि नेगेटिभ मार्किङ गरिएकाे थिएन भने अनलाइन म्याचिङ विधिबाट उत्तर परीक्षण गरिएको थियाे।
समूहगत नतिजा