काठमाडौँ- नर्दन लाइट एकेडेमी अफ एभियसन एन्ड टेक्नोलोजी (नाट) बाट एयर होस्टेस डिप्लोमा, बेसिक लेभल र एयरपोर्ट ग्राउन्ड क्रियू डिप्लोमा तह उत्तीर्ण गरेका ६० भन्दा बढी विद्यार्थी दीक्षीत भएका छन्।
अन्तर्राष्ट्रिय स्तरको एभियसन शिक्षा प्रदान गर्दै आएकाे युकेकाे सिटि एन्ड गिल्डसको सम्बन्धनमा नेपालमा विगत ८ बर्षदेखि दक्षजनशक्ती उत्पादन गर्दै आएको नाटले शुक्रबार दीक्षान्त समारोहमाको आयोजना गरेको हो।
उक्त समाराेहमा दीक्षीत भएका मध्ये क्याविन क्रियू तर्फ २८ जना र ग्राउन्ड ह्यान्डलिङ तर्फ ३२ जना विद्यार्थी छन्। समारोहमा विद्यार्थी, अभिभावकका साथै सिटि एन्ड गिल्डसका प्रतिनिधि लगायत विशिष्ट व्यक्तीहरूको सहभागिता रहेको थियो।
दीक्षान्त समारोहमा सिटि एन्ड गिल्डसका प्रतिनिधि आनन्द पटेलले विगत केहि बर्षदेखि नाटले एभियसन तर्फ दक्ष जनशक्ती उत्पादन गर्न सफल भएको र यहाँका उत्पादनले स्वदेशि तथा विदेशि एभियसन क्षेत्रमा रोजगारीको अवसर पाएको बताए।
दीक्षीत भएका विद्यार्थीलाई शुभकामना दिँदै उनले भने, ‘नेपालमा विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा एभियसन उद्योगमा आफ्नो भविष्य बनाउन अवसरहरू प्रसस्त छन्। विद्यार्थीले यस क्षेत्रमा केही गरेर देखाउन मिहनतका साथ अघि बढ्नुपर्छ।
नाटले दीक्षान्त समारोहमा उत्तीर्णहुने विद्यार्थीलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र वितरण गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई कदरपत्र प्रदान गरेको छ। नाट बाट एभियसन तर्फका विभिन्न विषयमा ६ सय भन्दा बढी विद्यार्थी दीक्षीत भइसकेका छन्।
अन्तर्राष्ट्रिय बजारमा दक्षजनशक्तीको माग बढ्दै गएको हुँदा एभियसन शिक्षातर्फ विद्यार्थीको आकर्षण पनि दिन प्रतिदिन बढ्दै गहिरहेको अवस्थामा नाटले गुणस्तरीय शिक्षा प्रदान गरेर यस तर्फका जनशक्ती उत्पादनमा जोड दिएको नाटका प्रवन्ध निर्देशक शेखर पाण्डेले बताए। उनका अनुसार हवाई उडानसँग सम्बन्धित सम्पूर्ण विषयको अध्ययन हुने विषयका रुपमा एभियसन शिक्षालाई लिने गरिन्छ।
नाटले एभियसन क्षेत्रमा आवश्यक विमान परिचारिका(एयर होस्टेस), ग्राउन्ड क्रियू (विमानस्थलमा काम गर्ने जनशक्ती), इन्जिनियरि. विमानचालक उत्पादन गर्दै आएको छ। यसले अन्तर्राष्ट्रिय सम्बन्धनमा कक्षा सञ्चालन गर्दै आएको छ। यहाँका जनशक्ती स्वदेशी तथा विदेशी उड्ययन सेवा प्रादायक कम्पनिमा काम पाउन सफल भएका छन्।
अन्तर्राष्ट्रिय स्तरको एभियसन शिक्षा प्रदान गर्दै नाट
नर्दन लाईट एकेडेमी अफ एभियसन एन्ड टेक्नोलोजी (नाट) ले काठमाडौँको बानेश्वरमा बेलायतको व्यवसायिक तथा प्राविधिक तालिम प्रादायक संस्था सिटि एण्ड गिल्ड्सको सम्बन्धनमा एभियसन तालिम अन्र्तगतका (एयर होस्टेस तथा एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ )कक्षाहरू सञ्चालन गरिसकेको छ।
साथै उक्त स्तरको एभिएसन शिक्षा नेपालमा प्रदान गर्ने पहिलो संस्था हो। सिटी एण्ड गिल्ड्स बेलायतको राजसंस्थाबाट संरक्षित सिक्षण संस्था हो र यसले संसार भरी गुणस्तरीय तालीम प्रदान गर्दै आईरहेको छ। सिटी एन्ड गिल्ड्सले ६ सय भन्दा बढी बिषयका तालिमहरू प्रदान गर्दै आईरहेको छ।
नाटले एयर होस्टेसका लागि ३६० घण्टा क्रेडिट आवरको कोर्स अध्यापन गराउँदै आएको छ भने ग्राउण्ड हेन्डलिङ तर्फ विद्यार्थीले लेभल २ डिप्लाेमा चार सय घण्टा क्रेडिट आवरको कोर्स करिब ६ महिनाभित्र पढी सक्दछन्। यो विषय पढ्न १८ बर्ष पूरा गरी ३२ बर्ष उमेर ननाघेको हुनुुपर्छ। प्यासेन्जरलाई सर्भिस दिने विषय भएकाले विद्यार्थीले प्रयोगात्मक कक्षा मार्फत नै धेरै भन्दा धेरै ज्ञान बटुल्न सक्छन्।
नाटले विद्यार्थीका लागि नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टर्नसिप गराउनुका साथै ल्याव, लाईवे्ररीको व्यवस्था गर्नुका साथै उपत्यका बाहिरबाट आउने विद्यार्थीका लागि होस्टेलको व्यवस्था पनि गरेको छ। यो कोर्ष अध्ययन पश्चात अहिले बेरोजगार बस्नु नपर्ने निर्देशक पाण्डेको भनाइ छ।
कक्षा १२ उत्तीर्ण गरेका तथा परीक्षा दिएर बसेका विद्यार्थीले निश्चित समयको तालिम पूरा गरिसके पछि नेपालमा मात्र नभई विदेशका विभिन्न मुलुकका बायुसेवा कम्पनिहरूमा रोजगारीको अवसर पाउछन्। दुईवटा कोर्षको सम्पूर्ण परीक्षा देखि लिएर प्रमाणपत्र वितरण समेत बेलायत स्थित सिटि एण्ड गिल्डसले नै प्रदान गर्छ।
विद्यार्थीले परीक्षा उत्तीर्ण गरिसकेपछी विभिन्न अन्र्तराष्ट्रिय बायु सेवा कम्पनीमा काम पाउने वा क्रेडीट ट्रान्स्फर गरी युके, अष्ट्रेलिया लगायत विभिन्न मुलुकमा माथिल्लो तहको शिक्षा हासिल गर्न जान पाउछन्।