काठमाडौँ- कक्षा १० उत्तीर्ण गरेपछि कक्षा ११ अध्यापन हुने काठमाडौँ उपत्यका भित्रका अग्रणी शैक्षिक संस्था मध्ये एक हो, एडमार्क एकेडेमी।
कुशल नेतृत्व, शिक्षक कर्मचारीको परिश्रम र अभिभावकको विश्वासका कारण काठमाडौँ सहरको प्रवेशविन्दु कलंकी चोक नजिकै रहेको यस विद्यालयले प्राप्त गरेको सफलता लोभलाग्दो छ।
२०५६ मा स्थापना भएको यस विद्यालयले तत्कालिन उच्च माध्यमिक शिक्षा बोर्डबाट सम्बन्धन लिएर कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन समूहका सबै विषय अध्यापन गराउँदै आएको छ।
यसका अलावा एडमार्क फाउन्डेसन भित्र मन्टेश्वरी (पूर्व प्राथमिक तह) देखि स्नातकोत्तरसम्म अध्यापन हुँन्छ। यसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा बीबीएस, बीए, बीएसडब्लु, बीसीए अध्यापन गराउँदै आएको छ भने स्नातकोत्तर तहमा एमबीएस अध्यापन हुँन्छ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। उत्कृष्ट शैक्षिक नतिजा प्रदान गर्ने यस शिक्षालयले देशभर हजारौंँ विद्यार्थीहरूमा लोकप्रियता हासिल गरिसकेको छ।
एकेडेमीका अध्यक्ष एवं प्याब्सन केन्द्रीय सचिव पुरुषोत्तम अधिकारी भन्छन्,‘निरन्तर राम्रो नतिजा दिँदा हामीलाई अभिभावकले विश्वास गर्नुभएको छ। शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रिपक्षीय सम्बन्ध बनाएका छौँ। यसले विद्यालयलाई उत्कृष्ट बन्न सहयोग पुर्याएको छ।’
उनका अनुसार विद्यालयमा उत्कृष्ट शिक्षण पद्धति र सिकाउने सुविधाहरू छन्, जसले विशेषज्ञ उत्पादन गर्न मद्दत पुग्छ। ‘यहाँ योग्य र अनुभवी दक्ष शिक्षकहरूबाट अध्यापन हुनुका साथै विद्यालयमैत्री वातावरण छ’, उनले भने।
विद्यालयले विद्यार्थीलाई श्रव्यदृश्य सामाग्रीबाट अध्यापन गराउनुका साथै सामूहिक छलफल, सहायक पाठ्यसामग्री, सन्दर्भ पुस्तकहरू, पत्रपत्रिकाबाट विषयबस्तुहरू छनोट गर्न सिकाउछ।
विद्यालयले कक्षा ११ र १२ मा मेडिकल, इन्जिनियरिङ र व्यवस्थापन अध्ययनका अवसरहरूबारे परामर्श, व्यावसायिकता सम्बन्धि थप कक्षा सञ्चालन गर्ने गरेको छ। विद्यालयमा विद्यार्थीको अध्यापनलाई थप प्रभावकारी बनाउन डिजीटल लाइब्रेरी, सूचना प्रविधि प्रयोगशाला सञ्चालनमा छन्।
यसबाहेक एडमार्क एकेडेमीले बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस, फुटबल, भलिबल लगायत अन्तरकलेज खेलकुदका विभिन्न विधामा प्रतिस्पर्धा गरेर उत्कृष्ट नतिजा ल्याउन सफल छ। विद्यालयले नियमित रुपमा हाजिरीजवाफ, वक्तृत्वकला जस्ता प्रतियोगिता आयोजना पनि गर्दै आएको छ।
विद्यालयको प्राचार्य उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) काठमाडौँका अध्यक्ष शिव अधिकारी हुन्। कुशल नेतृत्व क्षमता र विद्यालय शिक्षाप्रतिको लगावका कारण उनले विद्यालयलको शिक्षणपद्धतिलाई प्रतिस्प्रधी बनाउन सफल भएका छन्।
विद्यालयले अभिभावलाई पनि टेस्ट लिएर मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ। विद्यालयले शिक्षकलाई अभिमुखिकरण तालिम सञ्चालन गर्नुका साथै विषय विज्ञद्वारा प्रशिक्षण दिने गरेको छ।
अहिले विद्यालयमा ३ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। एडमार्क फाउण्डेसन भित्र १५७ जना शिक्षक र कर्मचारी आवद्ध छन्।
छात्रवृत्तिको व्यवस्था
विद्यालयले आर्थिक रुपमा विपन्न, जेहेन्हार एंव एसईई र एसएलसीमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
यस पटकदेखि काठमाडौँ महानगरले लिएको छात्रवृत्ति परीक्षा उत्तीर्ण गरेर आउने विद्यार्थीले पनि भर्ना पाउनेछन्। विद्यालयले यसका अलावा पिछडिएको छेत्रबाट आएका विद्यार्थी, शहिद परिवार, अल्पसंख्यक समुदायका विद्यार्थीलाई पनि पूर्ण तथा आंशिक छात्रवृत्ति उपलव्ध गराउँछ।
व्यवहारिक शिक्षामा जोड
एडमार्क एकेडेमीले व्यवहारिक शिक्षामा जोड दिदैँ आएको छ। कक्षा १० उत्तीर्ण गरेपश्चात विद्यार्थीलाई कक्षा ११ मा कुन विषय कहाँ पढ्ने भन्ने चिन्ता हुन्छ।
आफूले रोजेको विषयको भविष्य के छ भन्ने विषयमा पूर्ण रुपमा जानकारी दिएर मात्र एडमार्कमा विद्यार्थी भर्ना हुन पाउँछन्।
विद्यार्थीले आफू अध्ययन गर्ने विद्यालय छनोट गर्दा आफूले पढ्ने विषय अध्यापन हुने भौतिक शैक्षिक पूर्वाधार भएको विद्यालय छनोट गर्न अध्यक्ष अधिकारीले सुझाव दिएका छन्।
विद्यालयले पालना गर्ने अनुशासन, संस्कार युक्त शिक्षा, विद्यालयको नतिजा, ऐतिहासिक पृष्ठभूमि, लगानीकर्ताहरूको आश्वासन, घरदेखि विद्यालयसम्मको दुरीलाई मध्यनजर गर्दै प्रविधियुक्त शिक्षामा जोड दिने शिक्षणसंस्था रोज्न उपयुक्त हुने सुझाब उनले दिएका छन्।
शिक्षा प्रणालीमा परिवर्तन आवश्यक छ : अधिकारी
विद्यालयका अध्यक्ष अधिकारीका अनुसार शिक्षा पाउनु नागरिकको अधिकार हो। यसको उपलव्धता राज्यको दायीत्व हो। स्थानीय तहले लागु गरेको शिक्षा नीति एकै खालको नहुँदा नीजी शिक्षण संस्थाले थप समस्या भोग्नुपरेको छ। राज्यले संस्थागत विद्यालय र सामुदायिक विद्यालयबीच विभेद गर्नुहुँदैन। सहजरुपमा सञ्चालन हुने वातावरण बनाउनुपर्छ।
राज्यले पनि शिक्षाको पुरातन संरचनामा परिर्वन ल्याउनुपर्छ। संघीय शिक्षा ऐन नुहँदा विद्यालय शिक्षा कक्षा १२ सम्म भनेपनि व्यवहारमा लागु हुन सकेको छैन।
सरकारले लागु गरेको विद्यार्थीको जीपीए मूल्यांकन प्रणालीको अभ्यास त्यति राम्रो छैन। विद्यार्थी कक्षा १२ उत्तीर्ण गरे पश्चात विदेशिनु परेको अवस्था छ। यसलाई रोक्नेतर्फ सरकारले ध्यान दिनुपर्छ। यहाँ पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षालय छन्।
यहाँका विश्वविद्यालयले पनि पठनपाठन, परीक्षा र नतिजा प्रकाशनको प्रणालीमा नै सुधार आएको छ भन्ने अनुभुति विद्यार्थीलाई दिलाउन सक्नुपर्छ।