काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थी कक्षा ११ मा ‘कुन विषय कहाँ पढ्ने’ भन्ने खोजिमा हुन्छन्। विद्यालय शिक्षाको संरचना परिवर्तन भएसँगै विद्यालय शिक्षा कक्षा १२ सम्म भए पनि विद्यार्थीले कक्षा १० उत्तीर्ण गरेपछि विद्यालय परिवर्तन गर्दै आएका छन्।
कक्षा १२ सम्म विद्यालय शिक्षा भएकाले आफूले अध्ययन गरेकै विद्यालयमा आफूले पढ्न चाहेको विषय अध्यापन हुन्छ भने त्यहीँ अध्यापन गर्न उपयुक्त हुने शिक्षाविद्ले सुझाब दिएका छन्।
विद्यार्थीले कक्षा ११ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणित विषय अध्ययन गर्न पाउँछन्। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये भने एउटा विषय भने रोज्नुपर्ने हुन्छ।
विद्यार्थीले अनिवार्यअन्तर्गत तीन विषय पढ्नुपर्छ तर अनिवार्य गणित पढ्ने विद्यार्थीले ऐच्छिक गणित भने पढ्न नपाउने व्यवस्था पाठ्यक्रममा छ। ऐच्छिकअन्तर्गत पहिलो, दोस्रो, तेस्रो र चौथो समूहका विषय रोज्न पाइनेछ। तीन अनिवार्य र ऐच्छिकका चारवटा समूहबाट तीन विषयसमेत गरी कक्षा ११ मा ६ विषय विद्यार्थीले अध्ययन गर्छन्।
कक्षा ११ मा विद्यार्थीले विभिन्न ६८ वटा विषयमध्येबाट ६ विषय रोज्न पाउछन्।कक्षा ११ मा रोज्ने विषयले विश्वविद्यालय शिक्षाको अधारशिला तय हुने भएकाले भविष्य केन्द्रित भएर विषय र विद्यालय छनोट गर्न विज्ञले सुझाव दिएका छन्।
एसईई परीक्षा सकाएका प्रत्येक विद्यार्थीले विषय र विद्यालय छनोटमा ध्यान दिन सकेमात्र आफ्नो भविष्यको रूपरेखा कोर्न सहज हुने तर्क विज्ञको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई आफूले पढ्न चाहेको विषय रोज्न र नजिकको विद्यालयमा भर्ना पढ्न सुझाब दिएका छन्।
उनी भन्छन्, ‘विद्यार्थीले विषयअनुसार विद्यालय छनोट गर्न पाउने भएकाले आफूले रोजेको विषय पढाइ हुने विद्यालय छनोट गर्नुपर्छ। विद्यालय परिवर्तन गर्नुपर्छ भन्ने छैन। आफूले पढेको विद्यालय नजिक छ, विषय पनि छ भने त्यही पढ्नु उपयुक्त हुन्छ। यही आफूलाई अध्ययन गर्न मन लागेको विषय नभए अर्को विद्यालयमा अध्ययन गर्न जानुपर्छ।’
विश्वविद्यालयको पूर्वतयारी कक्षाका रूपमा रहने कक्षा ११ र १२ मा राम्रो नतिजा ल्याउन सके विद्यार्थीको विश्वविद्यालयमा आफूले चाहेको विषयको ढोका खोल्न सहज हुन्छ। कक्षा ११ मा विद्यार्थीले छनोट गरेको विषयले उसको भविष्यको रूपरेखा कोर्ने हुँदा यसप्रति विद्यार्थी सजग हुनुपर्छ। त्यसैले विद्यार्थीले आफू अध्ययन गर्ने विद्यालय र विषय छनोट गर्दा निकै ध्यान दिनुपर्ने भनाइ शर्माको छ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले विद्यार्थीको रुचि, उक्त विषय पढ्नका लागि लाग्ने खर्च, अभिभावकको आर्थिक हैसियत, शैक्षिक क्षमता बुझेर मात्रै विद्यालय र विषय छनोट गर्न कक्षा १० उत्तीर्ण गर्ने विद्यार्थीलाई सुझाव दिएका छन्।
विद्यार्थीले कक्षा ११ अध्ययन गर्ने विद्यालय छनोट गर्दा विद्यालयको गुणस्तर, विगतको नतिजा, त्यहाँबाट उत्तीर्ण विद्यार्थीको जीवनशैली र रोजगारीको अवसरका बारेमा ध्यान दिदैँ विद्यालयले विद्यार्थीलाई प्रदान गर्ने सेवासुविधा, फ्यागल्टी मेम्बर, शिक्षक, छात्रवृत्ति आदि कुरामा पनि ध्यान दिनुपर्ने उनको सुझाब छ।
यही कुरालाई मध्यनजर गर्दै हामीले कक्षा ११ र १२ को नतिजा, भौतिक शैक्षिक पूर्वाधार, विद्यार्थी संख्या, शिक्षक र कर्मचारीको संख्या, शैक्षिक गुणस्तरका विषयमा अध्ययन गरि उत्कृष्ट २५ शैक्षिक संस्थाको रिपोर्ट तयार पारेका छौँ।
१, सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौँ
२, प्रसादी एकेडेमी, मानभवन, ललितपुर
३, युनाइटेड एकेडेमी, कुमारीपाटी, ललितपुर
४, काठमाडौँ मोडल स्कुल, बागबजार, काठमाडौँ
५, विश्व निकेतन मावि, त्रिपुरेश्वर, काठमाडौँ
६, शैनिक आवासिय माहाविद्यालय, सल्लाघारी, भक्तपुर
७, ग्लोबल कलेज, मध्य बानेश्वर, काठमाडौँ
८, ट्रिनिटि कलेज, डिल्लीबजार, काठमाडौँ
९, गोल्डेनगेट कलेज, बत्तिसपुतली, काठमाडौँ
१०, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, काठमाडौँ
११, जेभियर एकेडेमी, कालोपुल ,काठमाडौँ
१२, युनिग्लोभ कलेज, कमलादी, काठमाडौँ
१३, किष्ट कलेज, कमलपोखरी, काठमाडौँ
१४, साउथ वेस्ट्रन स्टेट कलेज,बसुन्धारा, काठमाडौँ
१५, लिटिल एञ्जल कलेज, हात्तिबन, ललितपुर
१६, मुनलाइट सेकेन्डरी स्कुल, कुमारीपाटी, ललितपुर
१७, बर्नहार्ट कलेज, बल्खु, काठमाडौँ
१८, ओमेगा कलेज, कुमारीपाटी, ललितपुर
१९, भिएस निकेतन एकेडेमी, मिनभवन, काठमाडौँ
२०, डिएभी कलेज, झम्सीखेल, ललितपुर
२१, एनसीसीएस कलेज, पकनाजोल, काठमाडौँ
२२, नेपाल मेगा कलेज, बबरमहल, काठमाडौँ
२३, लिभरपुर इन्टरनेशल कलेज, नयाँ बानेश्वर, काठमाडौँ
२४, टेक्सस इन्टरनेशनल कलेज, चfवहिल, काठमाडौँ
२५, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सीसीआरसी), कोटेश्वर, काठमाडौँ