काठमाडौं - गण्डकी विश्वविद्यालयले शैक्षिक वर्ष २०७८-०७९ का लागि स्नातक तहको ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) र ब्याचलर अफ आर्टस ब्याचलर अफ ल (बीएएलएलबी) कार्यक्रमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन खुला गरेको छ । विश्वविद्यालयको ऐकेडेमीक काउन्सिलबाट पास भईसकेका यी दुई कार्यक्रममा विद्यार्थी भर्नाका लागि माघ २१ गते देखि फाल्गुन १३ गतेसम्म आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको हो ।
विश्वविद्यालयले चार वर्षमा आठ सेमेस्टरको बीबीए कार्यक्रम सञ्चालन गर्ने र त्यसलाई सेमिनार, परियोजना कार्य, अनुभवात्मक शिक्षा, अनुसन्धान कार्यमा जोड दिदै प्रयोगात्मक बनाउदै लगिने विश्वविद्यालयका उपकुलपति प्रा.नवराज देवकोटाले जानकारी दिए । उनले बीबीए र बीएएलएलबी कार्यक्रमको सम्पूणर् तयारी पुरा भएको र अव केही दिनमा जनशक्ती व्यवस्थापन हुने बताए ।
उनले भने, ‘यि कार्यक्रम सञ्चालनको लागि विश्वविद्यालयको ऐकेडेमिक काउन्सिलबाट पास भईसकेको छ । विद्यार्थीलाई प्रवेश परीक्षाको लागि आवेदन पनि खुलाईसकिएको छ । केही दिनमा शिक्षक र कर्मचारीको लागि पनि आवेदन खुला गर्ने तयारीमा छौं।’ विश्वविद्यालयको प्रवेश परीक्षामा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ वा सो सरहको मान्यता प्राप्त तह पुरा गरी कक्षा ११ र १२ का प्रत्येक विषयमा डी प्लस वा १.८ सीजीपीए प्राप्त गरेका जुनसुकै विषयका विद्यार्थीले पनि आवेदन दिन पाउने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको प्रवेश परीक्षा उत्तिणर् गर्ने विद्यार्थी मध्यबाट ४० जना विद्यार्थीले भर्ना पाउनेछन् ।
यस्तै विश्वविद्यालयले सञ्चालन गर्ने बीएएलएलबी कार्यक्रम भने बीए र एलएलबीको संयोजन सहितको ५ बर्षिय १० सेमेस्टरमा अध्यापन हुने एकीकृत कार्यक्रम हो । यो विषय अध्ययन गर्ने विद्यार्थीले अनिवार्य ६८ र ऐच्छिक २१ कुल ८९ विषय अध्ययन गर्नु पर्ने विश्वविद्यालयले जनाएको छ । उपकुलपति देवकोटाले विज्ञहरुसंगको परामर्शबाट पाठ्यक्रम तयार भएकाले यसले गुणस्तरीय दक्ष जनशक्ती उत्पादन हुँने विश्वास व्यक्त गरेका छन् ।‘कानुन संकाय तर्फ विद्यार्थीको आकर्षण छ । विद्यार्थी भर्नाका लागि आवेदन खुला गरिसकेका छौं ।’ विश्वविद्यालयले अघिल्लो बर्षदेखी ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट (बीएसएम) व्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी बीआईटी र विफार्म विषयमा अध्यापन सुरु गरिसकेको छ ।
अहिले विश्वविद्यालयमा बीएसएममा १६, बीआईटीमा ३१ र विफर्मामा २० जना गरी कुल ६७ विद्यार्थी अध्यनरत छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विविध क्षेत्रमा सेवा दिन सक्ने योग्य कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।यस कार्यक्रमका लागि प्रवेश परीक्षामा सहभागि हुन विद्यार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि समूहका विषयमा सी प्लस वा सीजीपीए २.४ वा सो बराबरको प्राप्ताङ्क ल्याएर उत्तीणर् भएको हुनुपर्नेछ । प्रवेश परीक्षा उत्तिणर् गरेर भर्ना भएका विद्यार्थीको शैक्षिक कार्यसम्पादन चरणबद्ध रूपमा मूल्याङ्कन पनि गरिने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले कक्षा हाजिरी, असाइनमेन्ट, प्रस्तुतीकरण र आन्तरिक मूल्याङ्कनबाट ४० प्रतिशत र बाँकी ६० प्रतिशत बाह्य परीक्षकले नम्मबर दिनेछन् । विद्यार्थीको ८० प्रतिशत हाजिरी अनिवार्य कायम गरिएको छ। विद्यार्थीले विश्वविद्यालयले तोकेको न्यूनतम आवश्यकता पूरा गर्न नसकेमा आन्तरिक मूल्याङ्कनमा अयोग्य ठहरिने विश्व विद्यालयले जनाएको छ ।