काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन्।उनले २३८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी विष्णुहरी पाण्डेले १४६ मत प्राप्त गरेका हुन्।
यस्तै उपाध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु )ले २२८, भुवनबहादुर क्षेत्री १७२ र गीता शिवाकोटी १५३ मतसहित विजयी भएका छन्। उपाध्यक्षमा विजयी शिवाकोटी भट्टराई समूहकी हुन् भने क्षेत्री र पौडेल पाण्डे समूहका हुन्। महासचिवमा भट्टराई नेतृत्वको समूहबाट दीपकराज भुसाल विजयी भएका छन्। उनले २५५ मत प्राप्त गर्दा पाण्डे समूहका वासुदेव दाहालले १५५ मत प्राप्त गरेका छन्।
सचिवको दुबै पदमा भट्टराई समूहका विजयी भएका छन्। भावनाथ हुमागाईँ २६०, रत्न बहादुर भट्टराई १६८ मतसहित विजयी भएका हुन्।
कोषाध्यक्षमा पनि भट्टराई समूहकै आशिक कार्की विजयी भएका छन्। उनले २०८ मत प्राप्त गर्दा पाण्डे समूहका विनोदकुमार सुवेदीले २०१ मत प्राप्त गरेका छन्। सहकोषाध्यक्षमा विकल्पराज पौडेल २१६ मतसहित विजयी हुँदा पाण्डे समूहका हेमराज सिग्देलले १८७ मत प्राप्त गरेका छन्।
यस्तै सदस्यहरूमा सुरज सिलवाल ३०१, साधना पुडासैनी २६६, उमा खड्का पाठक २४२, मञ्जित ढकाल २०९, गोविन्द खनाल २०२, आशिष रायमाझी १९८, एसपी भट्टराई १८५, विजयकुमार बस्नेत १८४ र श्रीराम गिरी १८४ मतसहित विजयी भएका छन्। सर्वाधिक मतसहित सुरज सिलवाल म्यान अफ दी इलेक्सन भएका छन्। उनले सर्वाधिक ३०१ मत प्राप्त गरेका छन्। उनी पाण्डे समूहका उम्मेदवार हुन्। सदस्यमा विजयी भएका नौ मध्ये पाण्डे समूहबाट सिलवालसहित आशिष रायमाझी, मञ्जित ढकाल, एसपी भट्टराई, साधना पुडासैनी र श्रीराम गिरी विजयी भएका छन्।