काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचनमा लालबहादुर तामाङ (एलबी) ले सचिब पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा क्रियाशिल तामाङले यही असार ३० गते हुन गइरहेको इक्यानको महाधिवेशनमा आफूलाई सचिवको दावेदारको रुपमा अघि सारेका हुन्।
इक्यानलाई पारदर्शी, मितव्ययी, प्रविधिमैत्री र व्यवसायीमैत्री बनाउन सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको बताउँदै तामाङले इक्यानमा निर्वाचित भएमा परामर्श व्यवसयामा देखिएका समस्या समाधान गर्न पहलकदमी लिने बताएका छन्।
उनले भने,‘ मैले सुरुवाति अवस्थादेखि नै इक्यानका गतिवधिसँग साथ दिँदै अघि बढेको छु।म सचिवमा विजयी भएर इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाउँदछु। मलाई सबैले पूर्णरुपमा साथ र सहयोग गर्नुहुनेछ भन्ने विस्वास लिएको छु।’
उनले इक्यानबाट कुनैपनि प्रकारको भत्ता, खर्च र आर्थिक सहायता नलिने घोषणा समेत गरेका छन्।
किन भोट दिने ?
१) शिक्षा मन्त्रालयले उठाइरहेको धरौटीको विषयमा घनिभूत वहस गर्दै निर्णायक तहमा लैजान।
२) संसदमा विचाराधिन शैक्षिक परामर्श निर्देशिकालाई व्यवसायीमैत्री बनाउन पहल गर्न।
३) इक्यानमा नयाँ सदस्यहरूको प्रवेश र शिक्षा मन्त्रालयबाट दिनुपर्ने स्वीकृतिका मुद्दाहरूलाई उठाउन।
४) विभिन्न कम्पनीका फ्रेन्चाइज, शाखा र विदेशी लगानीलाई नेपाली लगानीमैत्री बनाउन पहल गर्न।
५) विभिन्न देशका दुताबासबाट जारी हुने भिसा र त्यसको प्रक्रियाका बारेमा इक्यानका सदस्यलाई सहजीकरण र तालिमको व्यवस्थापन गर्न।
६) शैक्षिक परामर्श क्षेत्रको बजार विस्तार र विश्लेषण गरी इक्यानका सदस्यलाई जोड्दै अघि बढ्न।
७) शैक्षिक परामर्श संस्था र विद्यार्थीबाट नेपालको कूल ग्राहस्थ उत्पादनमा पुर्याउँदै आएको योगदानको बारेमा राज्यको दृष्टिकोणलाई परिवर्तन गर्न।
८) शैक्षिक परामर्श क्षेत्रले ‘दक्ष जनशक्ति बाहिर पठायो’ भन्ने भाष्यलाई बदली सीपसँगै रेमिट्यान्स पठाएर विद्यार्थीले पुर्याएको योगदानको बारेमा सरोकारवालालाई बुझाउन।
९) विदेशमा अध्ययनको प्रवृत्ति, अभिभावक, राष्ट्र र विद्यार्थीहरूले कसरी अधिकतम लाभ पाउँछन् भन्ने विषयमा योजना, कार्यक्रम बनाएर वहस गर्न।
१०) कन्सल्टेन्सी, विदेशी कलेज तथा विश्वविद्यालयहरूबाट हुने ठगी, ढिलासुस्ती र गलत क्रियाकलापमा निगरानी राख्न।
११) विद्यार्थीको ट्यूसन शुल्क, बीमा, करका मुद्दाहरू बारे सरोकारवालासँग वहस, छलफल गर्दै विश्वसनीयताको सुनिश्चितता गर्न।
१२) इक्यानलाई प्रविधिमैत्री र व्यवसायीमैत्री बनाउँदै आम शैक्षिक परामर्श व्यवसायीहरुको अभिभावक संस्थाका रुपमा विकास गर्न।
१३) इक्यानलाई पारदर्शी बनाउँदै यसको संरचनागत सुधार गर्न।
१४) मोफसलमा रहेका व्यवसायी साथिहरूको मुद्दा र समस्यामा साथ दिन।
१५) इक्यानलाई पूर्णतः व्यवसायीको साझा संस्था बनाउने, राजनीति र गुट उपगुटबाट मुक्त राख्न।