काठमाडाैँ - स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को असार २३ गते हुने महाधिवेशमा वर्तमान कार्यसमिति सदस्य रेश्मा राजथला थापाले फेकन उपाध्यक्षमा उम्मेदवारी घाेषणा गरेकी छन्।
आगामी नयाँ नेतृत्वका लागि दुईवटा प्यानल घाेषणा गरेर निर्वाचमा हाेमिएकाे फेनकमा महिलालाई मुख्य पदमा नराखिएकाे भन्दै उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घाेषणा गरेकी हुन्।
उनले आफूले १२ औं वार्षिक साधारण सभाको दिन सम्पन्न हुने निर्वाचनमा उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने र सबैकाे साथ सहयाेगले विजयी पनि हुने बताइन्। 'हाल फेकन संस्थामा भएको बिक्रिति र बिसंगतिलाई हटाई सबल नेतृत्व प्रदान गर्न मैले उम्मेदवारी दिएकी हुँ। मेरो बिजयले हामी सम्पुर्ण शैक्षिक परामर्शदाता कन्सल्टेन्सी तथा पेशाकर्मीका हक हितमा काम गर्न र नेपाल सरकारलाई झकझक्याई यो पेशालाई मर्यादित पेशाको रूपमा अगाडी लैजानको लागि मेरो उम्मेदवारी हाे',उनले भनिन्।
रेश्मा राजथलाको उम्मेदवारी किन?
१. नेपालको संविधानले राज्य तथा पेसा ब्यबसायको हरेक अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ।राज्यको ऐन कानुनले हरेक क्षेत्रमा क्रियाशिल महिलालाई नेतृत्वमा पुर्याउनु पर्छ भन्ने मूल्य र मान्यता राखे अनुसार यस संस्था फेकनमा आवद्ध म रेश्मा राजथलालाई नेतृत्वको जिम्मेवारी दिइनुपर्छ।
२. फेकनलाई राजनीतिबाट अछुतो राखी बिक्रिति र बिसंगतिलाई हटाई सबै पक्षलाई समाबेश गरि अगाडी बढ्न।
३. शैक्षिक परामर्शको नाममा गरिने फ्री कक्षा, फ्री प्राेसेसिङ र भ्रामक प्रचार प्रसारमा रोक लगाई एकरूपता ल्याई गुणस्तर शैक्षिक परामर्श प्रदान गर्न।
४. फेकनमा महिला नेतृत्वको भूमिका बलियो बनाई महिला बर्गले पनि यस क्षेत्रमा राम्रो कार्य गरि महिलाको सीप र क्षमता उजागर गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्न।
५. सदस्यहरूमा कुनै भैपरि आउने समस्यालाई मध्यनजर गर्दै आकस्मिक कोष खडा गरि आर्थिकरूपमा फेकनलाई बलियो बनाउन।
६. विदेशी कलेज/युनिभर्सिटीहरू र प्रतिनिधि संग सम्बन्ध राम्रो बनाउन सम्पूर्ण सदस्यहरूलाई आवश्यक अनुसारको देशमा काम गर्न सक्ने गरि तालिमहरूको व्यवस्था गर्न।