काठमाडाैँ- प्रवेश परीक्षाको तयारी गर्ने विद्यार्थीका लागि एपेक्स एजुकेशनल एकेडेमीले विषय विज्ञद्वारा कक्षा सञ्चालन गर्दै आएको छ। स्नातक तहमा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सुचना प्रविधी, व्यवस्थापनतर्फ विभिन्न विश्वविद्यालय र आयोगले लिने प्रवेश परीक्षाको तयारी गर्न एपेक्स एकेडेमी उत्तम विकल्प हुन सक्छ।
२०५३ सालमा काठमाडौँमा ट्युसन र कोचिङ पढ्ने संस्थाको रुपमा यसको स्थापना भएको हो। यसका संस्थापक हुन् हरि प्रसाद पौडेल। त्यसबेलाको आवश्यकतालाई मध्यनजर गर्दै स्थापना भएको यो संस्थाले आजका दिनसम्म हजारौँ विद्यार्थीलाई लोकसेवा, शिक्षकसेवा, विश्वविद्यालय शिक्षा तर्फका तयारी कक्षा सञ्चालन गरिरसकेको छ। पैडेलले आर्थिक संकटले खोल्न नसकेको संस्था साथीको सहयोग लिएर स्थापना गरेका थिए।
सबैतिरबाट सकारात्मक जवाफ आएपछि उनी एपेक्स खोल्नतिर लागे। सुरुवाती समय धेरै विद्यार्थी थिएनन्। सामान्य प्रचारमै केही विद्यार्थी आए। ‘सुरुमा त जम्मा १४ विद्यार्थी थिए। साँधुरो कक्षाकोठामा पढाउन थालियो’ पौडेल भन्छन्,‘नतिजा सकारात्मक नै आयो। एपेक्स नै हुर्काउन थाले। वर्षेनी विद्यार्थी बढ्न थाले। साखा अधिकृत खुलेपछि मात्र कक्षा थाल्यौ। विद्यार्थी नै हुँदैन’।
पौडेलले विद्यार्थीको मागसँगै अन्य कक्षा पनि पढाउँदै लगिएको बताए। उनले भने,‘म सँग धेरै पैसा थिएन। शिक्षक साथी नै भएकाले सहयोग गर्दिन अनुरोध गरे। आम्दानी नभएर जग्गा पनि बेच्नुपर्ने अवस्था आयो।’ त्यसबेला एपेक्समा लोकसेवाको कक्षा मात्रै पढाइ हुन्थ्यो। तर यही पढेका विद्यार्थीले तत्कालीन गाविस सचिव र अन्य पदमा नाम निकाल्न थाले। त्यसपछि अझै जागरचल्यो।
सुरुमा त पौडेल आफै पनि लोकसेवा पढ्न काठमाडौँ छिरेका थिए। गाउँको सरकारी जागिर र अर्को गैरसकारकी संस्था (एनजीओ)को जागिर पनि चाखे। तर लोकसेवाको भोक मेटिएको थिएन। उच्च शिक्षा अध्ययन गरेसँगै उनले लोकसेवा पढ्ने होइन पढाउने संस्था खोल्नतिर ध्यान माडे।
सुरुवातमा गरिब दुखीका छोराले लोकसेवा पढुन् भन्ने उद्देश्यले संस्था खोलेका उनी सम्झन्छन्, ‘जस्तो भनेको त्यस्तै भयो। कम प्रचारमा पनि विद्यार्थी आएको देख्दा हर्षित भए। शिक्षकहरूलाई पनि पढाउन आउनुहोस् भन्न सहज भयो।’
एपेक्स एकेडेमी सञ्चालन गर्दै आएका पौडेल विद्यार्थीको सफलतामै आफू खुसी हुने बताउँछन्। ‘पैसा कमाइयो होला। तर हामी शिक्षालाई सफलता मान्छौ’,उनी भन्छन्,‘विद्यार्थीले नाम निकाले भन्दा नै हामी हर्षित हुन्छौँ।’ पौडेलका अनुसार एपेक्सले नतिजा पनि राम्रो निकाल्न सफल भएको छ। आउने गरेको छ। ‘नतिजालाई एकैकिसिमले हेर्न सकिदैन। प्रवेश परीक्षामा नाम निकाल्दा हुन्छ भने लोकसेवामा प्रतिस्पर्धामा आउनुपर्छ।’ उदाहरण दिँदै उनी भन्छन्,‘गएको शाखा अधिकृतको परीक्षामा ४५ जना मध्ये ४३ जनाले नाम निकाले।’ एपेक्समा अहिले खरिदारदेखि उपसचिवसम्मका तयारी कक्षा सञ्चालन हुन्छन्।
मेडिकल तथा इन्जिनियरिङ प्रवेश परीक्षाको २५ हजार शूल्क लाग्ने तयारी कक्षा एपेक्सले १२ हजारमा पुस्तक सहित उपलव्ध गराउने भएको छ। यो सुविधा पहिले भर्ना हुने विद्यार्थी मध्ये पाँचसय जनाले प्राप्त गर्नेछन्। एपेक्सले कक्षा ११ र १२ को च्याप्टर बेसमा ६० हजार
प्रश्नपत्र विद्यार्थीलाई उपलव्ध गराउने तयारी गरेको छ।
यस्तै, प्राविधिकतर्फ एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ, बीएम आइटी, बीएसजी, बी फार्मेसी, बीओपीटी, बी फरेस्ट्री, बी एमएलटी, बीएएसएलपी लगायतका तयारी कक्षा सञ्चालन हुन्छन्। साथै इन्टिच्युट अफ इन्जिनियरिङ (आइओई)तर्फ बीई, बीआर्कीटेक्ट, बीएससी सीएसआइटीलगायतका कक्षाहरू अनलाइन तथा भौतिकरुपमा सञ्चालन हुन्छ। एपेक्सले कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि प्रिमेडिकलका कक्षा पनि सञ्चालन गर्ने गरेको छ।
सरकारी जागिर छाडेर शैक्षिक सुधारमा लागेका हरि
गुल्मीमा हुर्केका हरि पौडेललाई सरकारी जागिर खाएर जीवन चलाउन सहज भएन। विपन्न परिवारमा हुर्केका उनलाई जागिर नखादा पनि सुविस्ता थिएन। खाएपनि सुविस्ता भएन। त्यसमा पनि सरकारी जागिर छाड्ने कि के गर्ने अलमल भयो। उनले पछि सरकारी जागिर छाडेर गैर सरकारी संस्थामा जागिर खाए। तर पटक्कै प्रगति भएन। त्यसपछि उनको विकल्पको रुपमा यो पेसा रोज्न पुगे।
हुन त उनमा शैक्षिक सुधार गर्ने हुटहुटी मनमा थियो। देशको शैक्षिकस्थिति, साक्षरता दर र गुणस्तरीय अध्ययनका लागि विदेशिनुपर्ने बाध्यताले पौडेललाई घचघचाइरहन्थ्यो। उनी नेपालमै केही गर्न सकिन्छ भनेर आफूसँग जोडिने सबैलाई सुझाउथे।
गाउँमा एसएलसी दिएर उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ आएका उनले काम गर्दै पढ्न थाले । पछि उनले उच्च शिक्षा अध्ययनसँगै ट्युसन पढाउन थाले। आफ्ना साथीभाइसँग छलफल गर्दै काठमाडौँमै ट्युसन कक्षा सुरु गरे। त्यसपछी उनले ट्युसन सेन्टरको स्थापना गरे। भौतारिरहेका विद्यार्थीलाई उनले सहयोग गर्न चाहे। केही शिक्षक खोजे। अनि पढाउन थाले। त्यसबेला शिक्षकलाई दिने खर्च पनि थिएन। उनी भन्छन्,‘तलब नै खुवाउनका लागि गाउँको जग्गा बेच्नुपर्ने अवस्था पनि आयो।’, यस्तै कष्ट झेल्दै उनले अध्यापनलाई भने निरन्तरता दिए।
कोठाबाट भवनमा रुपान्तरित
सुरुवातमा कोठाबाट सुरु भएको एपेक्स अहिले भवनमा रुपान्तरित छ। काठमाडौँको वागबजार क्षेत्रमा भवन ठडिएको छ। लोकसेवा होस् वा अन्य क्षेत्रका विद्यार्थी अधिकांशलाई एपेक्सको नाम अहिले कन्ठस्त छ। सुरुमा जस्तो १४ जना विद्यार्थीमा मात्र सीमित छैन एपेक्स।
अहिले त सयौ विद्यार्थी एपेक्समा अध्ययन गर्छन्। अहिले एपेक्स लोकसेवामा मात्र सीमित छैन। चिकित्सा शिक्षा, इन्जिनियरिङदेखि प्राविधिक धारका विभिन्न विषयका प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्न सफल भएको छ।
आफ्नो एक्लो लगानीमा संस्था अगाडि बढाइरहेका उनले लोकसेवा र ट्युसन कक्षामा मात्र सीमित एपेक्सलाई प्राविधिक बनाउनुको कारण चाहिँ शैक्षिक क्षेत्रमा केही गरौँ भन्ने उनको हुटहुटी नै हो।
उनी बाटोमा हिँड्दा समेत विद्यार्थीहरु पढ्न नपाएको देख्दा दुख लागेको बताउछन्। ‘बाटोमा विद्यार्थीले पढ्ने ठाउँ छैन भनेको सुन्दा नमज्जा लाग्छ’, उनले भने,‘गएको चार वर्षदेखि इन्जिनियरिङ र मेडिकल शिक्षा तर्फको तयारी कक्षा सुरु गरेका छौँ।’ उनी आफू विद्यार्थीले सफलता हासिल गरेकैमा सन्तुष्ट छन्। १५ हजारको हारहारीमा विद्यार्थी अध्ययन गर्ने एपेक्समा अहिले मेडिकल र इन्जिजियरिङका तयारी कक्षा दैनिक सिफ्ट अनुसार सञ्चालन हुन्छ।
गतिशील एपेक्स
एपेक्स अहिले विद्यार्थीका लागि कक्षा १२ को परीक्षापछि तयारी कक्षा अध्ययनका लागि उपयुक्त थलोको रुपमा विकास भइसकेको छ। एपेक्सलाई एउटा गुणस्तरीय शैक्षिक थलो बनाउने अभियानमा पौडेल लागिपरेका छन्। ‘विद्यार्थीले पास गरे भन्दा नै हामी खुसी हुन्छौ। हामी गरिबका छोराछोरी पढाउन चाहन्छौँ। उनीहरूका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेका छौँ। हामी पम्प्लेट टासेर विज्ञापन गर्दैनौँ। हाम्रो संस्था खोजेर आउनेलाई पढाउने हो। विज्ञापनको पछि दुगुर्दैनौँ।’ हालका दिनसम्म एपेक्सले आफ्नो कुनै शाखा विस्तार गरेको छैन।
अहिले प्रत्येक स्थानीय पालिकामा यहाँलोकसेवा तयारी गरेर सरकारी सेवामा नाम निकाल्न सफल खरिदार, सुब्बा, प्रशासकीय अधिकृत र विशिष्ट श्रेणीमा कार्यरत कर्मचारीहरू छन्।
शिक्षक सेवा तर्फ पनि आयोग परीक्षाको तयारी गरेर प्राथमिक तह, निम्नमाध्यमिक तह र माध्यमिक तहमा नाम निकाल्न सफल भएका छन्। देशभर एपेक्सबाटै आफ्नो भविष्य कोर्न सफल भएका योग्य व्यक्तीहरूको उपस्थिती देखिन्छ। यसका साथै प्राविधिक धार तर्फ इन्जिनियरिङ सेवा, स्वास्थ्य सेवा, कृषि, वन र वैंकिङ सेवा तर्फ यहाँका उत्पादनले उत्कृष्टता
हासिल गर्न सफल भएका छन्। उनीहरू सचिव, सहसचिव, उपसचिव, अधिकृत, इन्जिनियर,
सहायक इन्जिनियर, वन अधिकृत, कृषि अधिकृत लगायत सहायक पदका जनशक्तीका
रुपमा विभिन्न सरकारी नियकायमा कार्यरत छन्। एपेक्सले प्रदान गरेको सेवा र उनीहरूले प्राप्त गरेको सफलता नै सन्तुष्टिको सुचक सावित भएको छ।
हामीले गुणस्तरीय शिक्षा दिनसक्ने गरी क्षमता विकास गरेका संस्थालाई मात्र अनुमति दिने नीति लिएका छौँ। स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण आफू बनेको सुनाउँदै पौडेलले भने,‘यो संस्थाले धेरैलाई रोजगारी दिन सफल भएको छ। विदेशिनुभन्दा देशमै केही गर्न मेरो सुझाब छ। हामीले कम पैसामा उल्लेखीय शिक्षा दिने प्रयत्न गरेका छौँ।’
पौडेलले अध्ययनमा क्षमता भएका मेधावी विद्यार्थीलाई अध्यापन गर्ने संस्था बनाउने योजना रहेको बताए।‘एउटा विद्यार्थीको एसएलसीमा कमजोर नतिजा भएपनि विज्ञान संकायका विषय पढ्ने सोच भने त्यस्ता विद्यार्थीलाई तयारी कक्षाले शैक्षिक गुणस्तर वृद्धि गर्न मद्दत पुग्छ। कमजोर आर्थिक स्थिति भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने एपेक्सको योजना छ’,उनले भने।