त्रिभुवन विश्वविद्यालयले सुशासन तथा भ्रष्टाचार निवारण विषय तर्फ विद्यार्थीकाे आकर्षण देखिएकाे छ। स्नात्तकोत्तर तहमा पहिलो पटक सुशासन र भ्रष्टाचार निवारणसम्बन्धी विषयको अध्ययन सुरु भएसंगै यस तर्फ विद्यार्थीकाे आकर्षण बढेको हो।
यो विषय त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत ६३ क्रेडिट आवरको दुईवर्षे समेस्टर प्रणालीमा अध्ययन भइरहेको कार्यक्रम संयोजक डा. योगेश रञ्जितले जानकारी दिए। उनका अनुसार स्नात्तकोत्तर तहमा ४६ जना विद्यार्थीले भर्ना भएका छन्। विश्वविद्यालयबाट विभिन्न विषयमा उच्च शिक्षा पूरा गरिसकेका तथा सरकारी सेवामा काम गरिरहेकाले यो विषय अध्ययन गरिरहेको रञ्जितले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन डा. कुसुम शाक्यले यस्ता जनशक्तिबाट मुलुकमा विद्यमान भ्रष्टाचार निवारण गर्न र सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह हुन सक्ने बताइन्।
विश्वविद्यालयले एन्टिकरप्सन एकेडेमीको सहयोगमा पहिलोपटक स्नातकोत्तर तहमा सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन थालेको हो।
भ्रष्टाचार निवारणका लागि मुलुकमा दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले यस संस्थाले भ्रष्टाचारविरोधी विज्ञ जनशक्ति उत्पादन गर्ने कार्यमा सहयोग गरेको हो। यो जनशक्तिको जिम्मेवारी भष्टाचारविरोधी गतिविधिलाई नागरिक तहसम्म पुर्याउनु हो।’
यसअन्तर्गत भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनौती, तथ्यांक विधिको विकास र भ्रष्टाचार, भ्रष्टाचारविहीन कानुन र संयन्त्रका साथै नैतिकता र भ्रष्टाचार, भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्ष लगायतका विषयमा पठनपाठन हुन्छ।
सेमेस्टर प्रणालीमा सञ्चालन हुने यस विषय अध्ययनका लागि एक विद्यार्थीले दुई वर्षमा करिब दुई लाख खर्च गर्नुपर्छ। उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिसमेत समावेश छ।
यस विषय अध्ययनका लागि तोकिएको कोटा भन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए। भ्रष्टाचार निवारण सम्बन्धी अध्ययनका लागि अभियन्ता भरत जंगमले भ्रष्टाचारसम्बन्धी ‘एन्टिक्रप्टलोजी’ सिद्धान्त य गरेर लामो समयदेखि अभियान चलाउँदै आएका छन्।
भ्रष्टाचारविरोधी अभियन्ता जंगमले आफूले सञ्चालनमा ल्याएको एन्टिकरप्सन एकेडेमीले अहिले अध्ययन गरिरहेका ३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएको। बताए। उनले भने, ‘भ्रष्टाचार निवारणका लागि मुलुकमा दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले यस संस्थाले भ्रष्टाचारविरोधी विज्ञ जनशक्ति उत्पादन गर्ने कार्यमा सहयोग गरेको हो। यो जनशक्तिको जिम्मेवारी भष्टाचारविरोधी गतिविधिलाई नागरिक तहसम्म पुर्याउनु हो।’
एन्टिकरप्सन एकेडेमीले भ्रष्टाचार निवारण विषयमा विद्यावारिधि गर्ने विद्यार्थीका लागि पनि एक लाख छात्रवृत्ति उपलब्ध गराउने भएको छ।