काठमाडौँ- प्रारम्भिक बालविकास सहजकर्ता(ईसीडी) शिक्षकलाई सम्मान जनक पारिश्रमिक उपलव्ध गराउनुपर्नेमा नेपाल नगरपालिका संघका अध्यक्ष एंव निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले बताएका छन्।
ईसीडी शिक्षकले श्रम अनुसारको पारिश्रमिक नपाएकाले उनीहरूलाई पेसाप्रति आकर्षित हुनेगरी सम्मान जनक पारिश्रमिकको व्यस्था गर्न उनले जोड दिएका हुन्।उनले ईसीडी शिक्षकको श्रमसोषण भएको बताए।
उनले भने,‘ ईसीडीले २ बजेसम्म पढाउने भनेपनि विद्यालयमा पूरा अवधि काम गरेका हुन्छन्। सबै भन्दा बढि मिहिनेत पनि उनीहरूले नै गरेका हुन्छन्। उनीहरू एकदिन विद्यालय गएनन् भने बालबालिकालाई सम्हाल्ने कोही हुँदैन। तर ईसीडी शिक्षक नै तलब नपाउने समस्यामा परेका छन्।’
उनले शिक्षकको तलब विकास निर्माणमा स्थानिय तहले खर्च नगरेको दाबी समेत गरेका छन्। ससर्त बजेट अन्य प्रयोजनमा उपयोग गर्न नमिल्ने भएकाले त्यस्तो नभएको स्पष्ट पारे। स्थानिय सरकारले नै विद्यालाय मर्ज गर्न सहयोग पुगेको र विद्यालयको भौतिक शैक्षिक पूर्वाधार विकासमा पनि स्थानिय तहले ध्यान दिएको उनको भनाइ छ।
सरकारले बजेटमा ईसीडी शिक्षकलाई न्यूनतम १७ हजार तलब दिने घोषणा गरेको थियो। उक्त घोषणामा संघीय सरकारले १० हजार र स्थानीय सरकारले ७ हजार दिने भनेपनि शिक्षकले तलब नपाएको गुनासो गर्ने गरेका छन्।नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंसबहादुर साहिले ईसीडी शिक्षकको माग संवोधन गर्न केन्द्र सरकार र स्थानिय तह दुबै जिम्मेवार हुुनुपर्ने बताएका छन्। उनले भने,‘शिक्षकको अधिकार स्थानिय तहमा भएकाले स्थानिय तहलाई जिम्मेवार बनाउदै ईसीडी शिक्षकलाई समयमै पारिश्रमिक उपलव्ध गराउनुपर्छ। शिक्षाको गुणस्तरमा सुधार गर्न उनीहरूलाई प्रदान गरिने सेवा सुविधामा वृद्धि गर्नुपर्छ।’
सारोरकार वालाले स्थानिय तहले सरकरले दिएको १५ रुपैया खाजामा थप केही रकम सहयोग गरेर गुणस्तरीय खाजा उपलव्ध गराउन सके विद्यार्थीको आकर्षण वृद्धि गर्न सकिने बताएका छन्। जुगल गाउँपालिका सिन्धुपाल्चोकका स्थानिय सुनिल तामाङले ईसिडि शिक्षकलाई स्वास्थ्य विमा सञ्चयकोषको व्यवस्था गर्नुपर्ने बताए। उनले भने,‘ईसीडी शिक्षकमाथि अन्याय भएको छ। उनीहरूलाई राज्यले न्युनतम पारिश्रमिक उपलव्ध गराउन पनि आनाकानि गरिरहेको छ। ईसीडी शिक्षकलाई राज्यले सम्मान जनक व्यवहार गर्नुपर्छ।’नेपाल शिक्षक संघ बागमति प्रदेशका अध्यक्ष नारायण तिमिल्सिनाले स्थानिय सरकार ईसीडी शिक्षकका मुद्धाप्रति जिम्मेवार नभएको बताए।
चितवनका विभिन्न विद्यालयमा कार्यरत ईसीडी शिक्षकले भरतपुर महानगरपालिका, ईच्छाकामना गाउँपालिकाले ईसीडी शिक्षकलाई पारिश्रमिक नदिएको गुनासो गरेका छन्। ललितपुर महानगरपालिकाले पनि शिक्षकलाई तालिम नदिएको र ईसीडी शिक्षकलाई ८ हजार भन्दा बढी पारिश्रमिक नदिएको गुनासो गरेका छन्।