काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको सोचपत्र सार्वजनिक गरेको छ। मन्त्रालयले नेपालको संविधान, अनिवार्य शिक्षा सम्बन्धी समष्टिगत उद्देश्य, राष्ट्रिय शिक्षा नीति र दिगो विकास लक्ष्य अनुरुप अघि बढ्दै शिक्षामा सुधार गर्न तयार गरिएको शिक्षाको सोचपत्र २०७९ सार्वजनिक गरेको हो।
सोचपत्रको दीर्घकालिन दृष्टिकोणमा एवं सुधारका स्तम्भका रुपमा शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ती, समाजिक न्याय, रुपान्तरण र समृद्धिको विषयमा योजना तर्जुमा गरेको छ।
सोचपत्र सार्वजनिक गर्दै शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा सन् २०३० सम्म हासिल गर्ने शिक्षाका लक्ष्यलाई चरणवद्ध रुपमा अघि बढाउने प्रयत्न अनुरुप तयार गरिएको बताए।
उनले भने,‘ सोचपत्रमा विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ, कानूनी र व्यवस्थापकिय पक्षमा सुधार गर्ने योजना बनाइएको छ। अहिलेसम्म २७ हजार विद्यालयको भवन निर्माण गर्नुपर्ने मध्य १३ हजार विद्यालय निर्माण भइसकेको छ। शिक्षण सिकाइ उपलव्धी हासिल गर्न शैक्षिक गुणस्तर परीक्षण केन्द्रको रिपोर्टले पनि सहयोग गर्छ।’
उनले शिक्षा ऐन, उच्च शिक्षा एने, नियमावली, निर्देशिका निर्माणको क्रममा रहेको र शिक्षण सिकाइमा तीन प्रकारको शिक्षाको विषयमा छलफल गरिएको उनको भनाइ छ।
विद्यालयमा पाठ्यपुस्तकको प्रयोग, विद्यालय ट्रेनिङ, उच्च शिक्षा र विद्यालय शिक्षालाई जोड्ने योजना तर्जुमा गर्न मन्त्रालयले परामर्श व्यवसाय सम्बन्धी नियमावली,उच्च शिक्षा ऐन, कानुनको ड्राफ्ट तयार गरेको छ।