काठमाडौँ - एक्सेस एजुकेसन नेटवर्कले न्युजिल्यान्डमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्ने उद्देश्यले बुधवारदेखि सप्ताहव्यापी ‘स्टडी इन न्युजिल्यान्ड एडमिसन डे’ को आयोजना गर्ने भएको छ।
नेटवर्कले नेपाली विद्यार्थीलाई न्युजिल्यान्डको शैक्षिक प्रणाली, भिसा पोलिसी, लागत खर्च, बसोबास खर्च, अध्ययन पश्चातका अवसर, सरकारी पोलिटेक्निकल कलेजबारे जानकारी, ग्रिनलिस्ट कोर्सबारे जानकारी, शिक्षणसंस्थाको भौतिक शैक्षिक पूर्वाधार, शिक्षणसंस्थाको भौगोलिक अवस्थितिबारे जानकारी दिने भएको हो।
नेटवर्कका प्रवन्ध निर्देशक पुष्पराज पौड्यालले न्यजिल्यान्डको शैक्षिक अवस्थाबारे त्यहाँका आठ सरकारी शिक्षणसंस्थाका प्रतिनिधिले भौतिक उपस्थितिमा नै परामर्श प्रदान गर्ने जानकारी दिए। उनले भने, ‘हाम्रा देशभरका ६ वटा शाखा कार्यालयबाट परामर्श प्रदान गर्छौँ। विद्यार्थीले आवश्यक जानकारी कार्यालय समयमा आएर लिन सक्नेछन्।’
बुधबार काठमाडौँको बानेश्वरस्थित कार्यालयबाट सुरु हुने एडमिसन डे अगस्ट ३० मा पुतलीसडकस्थित कार्यालयमा सञ्चालन भएर समापन हुनेछ।
नेटवर्कले देशभरका ६ वटा शाखा कार्यालयमा कार्यक्रम सञ्चालन गर्नेछ ।
अगस्ट २४ मा बानेश्वर काठमाडौँ, २५ मा विराटनगर, २६ मा पोखरा, २८ मा चितवन, २९ मा बुटवल र अगस्ट ३० मा पुतलीसडकमा कार्यक्रम सञ्चालन हुने नेटवर्कले जनाएको छ।
एक्सेसले आफ्ना देशभरि भएका शाखा कार्यालयमार्फत उच्च शिक्षा हासिल गर्न न्युजिल्यान्ड, क्यानडा, अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएको छ।
न्युजिल्यान्ड एडमिसन डे मा टीओआई ओहोमाई इन्स्टिच्युट अफ टेक्नोलोजी, वेस्टर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, द वाइकाटो इन्स्टिच्युट अफ टेक्नोलोजी, साउदर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, युनिटेक, अस्पाएर टु इन्टरनेसनल, ओटागो पोलिटेक्निक, एरा इन्स्टिच्युटका प्रतिनिधिले परामर्श प्रदान गर्ने एक्सेसले जनाएको छ।
एक्सेसले प्रत्येक वर्ष न्युजिल्यान्डका उत्कृष्ट युनिभर्सिटी, कलेज र इन्स्टिच्युटका प्रतिनिधिलाई नेपाली विद्यार्थीमाझ एजुकेसन फेयर, एडमिसन डे, वेबिनारलगायतका क्रियाकलापमार्फत जोड्ने काम गर्दै आएको छ।