काठमाडाैँ - न्यूटोनियन साइन्स काउन्सिलिङ इन्सटिच्यूटद्वारा आयोजित सिचुआन युनिभर्सिटीको ईन्फोसेसन तथा अल्मुनाइ मिट कार्यक्रम सम्पन्न भएको छ। उक्त ईन्फोसेसन कार्यक्रम बिहिबार काठमाडौँ नक्साल स्थित हिल्टन होटलमा सम्पन्न गरिएको हो।
यस कार्यक्रममा सिचुआन युनिभर्सिटीका आधिकारिक प्रतिनिधिहरुसँग एमबीबीएस, एमडी, एमएस, बीडीएस लगाएतका विषयमा छात्रवृत्ति साथै अन्य शैक्षिक नितिबारे प्रत्यक्ष रुपमा छलफल गरिएको थियो।
यस समारोहमा विद्यार्थीहरुले सिचुआन युनिभर्सिटीका आधिकारिक प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा जानकारी लिने अवसर प्राप्त गरेका थिए। जसमा अन्तराष्ट्रिय विद्यार्थी संघका निर्देशक सुश्री पु शिलु, एमबीबीएस विषयका संयोजक सुश्री लेइहोङ र विद्यार्थी विभाग प्रमुख लिउ टिंगलिनको उपस्थित रहेको थियो।




कार्यक्रमलाई सम्बोधन गर्दे न्यूटोनियन साइन्स काउन्सिलिङ इन्सटिच्यूटका प्रबन्ध निर्देशक एचबी क्षेत्रीले चाईना एमबीबीएस अध्ययनको लागि आवश्यक पर्ने शैक्षिक योत्यता र नितिबारे जानकारी दिएका थिए। उनले एमबीबीएस अध्ययनको लागि कम्तिमा ४ बर्ष ६ महिनाको कोर्ष र १ बर्षको ईन्र्टनसिप गर्नुपर्ने बताए।

उनले भने, ' एमबीबीएस र बीडीएस अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीले नेपालका विश्वविद्यालयले लिने एमबीबीएस तथा बीडीएसको प्रवेश परीक्षा उर्तीर्ण गरेको हुनुपर्दछ। साथै विश्वविद्यालय, प्रतिष्ठान र अध्ययन संस्थानले एमबीबीएस र बीडीएस अध्ययनका लागि लिएको परीक्षामा उत्तीर्ण हुनुपर्छ।'
उनले चाइनामा मेडिकल विषय पढ्न चाहने विद्यार्थीले चाइनीज र अंग्रेजी दुबै भाषामा अध्ययन गर्न पाउने जानकारी दिदैँ नेपाली विद्यार्थीले चाइनीज भाषामा अध्ययन गरे ग्रेड वृद्वी र दैनिक रुपमा जिवनयापन गर्न पनि सहन हुने बताए। क्षेत्रिले चिनको शिक्षा मन्त्रालयले विदेशी विद्यार्थी अध्यापन गराउन पाउने मापदण्ड पुरा गरेका मेडिकल कलेजको सुचिमा रहेको कलेजमा मात्र अध्ययन गर्न आग्रह गरे। उनले एमबिबिएस अध्ययनका लागि सिमित सिट संख्या रहेको जानकारी दिए।
यस ईन्फोसेसन कार्यक्रममा विद्यार्थीहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे।

