काठमाडाैँ - काठमाडौँ कमलादीमा अवस्थित रहेको ईडियु ब्रीज कन्सलटेन्सीले उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहने नेपाली विद्यार्थीकाे राेजाइमा पर्न सफल नेपालकाे शैक्षिक परामर्श दातृ संस्था हाे। यस संस्थाले सन् २००८ मा देखि विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।
देशभरका प्रमुख सहरहरूमा आफ्नो सेवा विस्तार गरिसकेकाे ईडियु ब्रीज पछिल्लो समय नेपाली विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको छ। ईडियु ब्रीजले विद्यार्थीहरुलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान र विशेष गरि यूकेमा उच्च शिक्षा अध्ययनको लागि पठाउने गरेको छ। ईडियू ब्रीजले काठमाडौँ बाहेक ललितपुर,पोखरा, बनेपा, बीरगञ्जमा संस्थाको शाखा विस्तार गरेको छ। यस संस्थाले विभिन्न देशहरुको विश्वविद्यालय तथा क्याम्पसहरुसँग सहकार्य गरि अध्ययनको लागि विद्यार्थी पठाउने गरेको छ।

ईडियु ब्रीजमा देशभरका कार्यालयमा विद्यार्थीहरुले हजारौँको संख्यामा अंग्रेजी भाषा अध्ययन गर्दे आएका छन्। ईडियु ब्रीज विदेशी विश्वविद्यालय र कलेजहरूको उच्च विश्वसनीय प्रतिनिधिका रुपमा स्थापित शैक्षिक परामर्श दातृ संस्था हो। यस संस्थाले विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरूको लागि स्नातकदेखि स्नातकोत्तर तहसम्म विभिन्न मुलुक क्यानडा, अष्ट्रेलिया, अमेरिका, जापान, र विशेष गरि यूकेमा उच्च शिक्षा अध्ययनको लागि शैक्षिक परामर्श प्रदान गर्ने र विद्यार्थीकाे भविष्य लक्षित परामर्श प्रदान गर्ने गरेकाे ईडियु ब्रीजका सञ्चालक याेगेश क्षेत्रीले जानकारी दिए।

भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न युक्यानमा डिजिटल क्लास रुम, कम्प्यूटर ल्याब, पुस्तकालय, मिटिङ हल, काउन्सेलिङ हल लगायतका थुप्रै आधुनिक शैक्षिक पुर्वाधारहरू उपलब्ध छन्। ईडियु ब्रीजले सर्भिस चार्ज नलिनु, आवेदन प्रक्रियामा सहजीकरण, त्यहाँको संस्कृति र निरन्तर रुपमा विद्यार्थीलाई शैक्षिक यात्रामा सहजिकरण गर्दै आएको छ। यस वर्ष ‘फेयर ईन्टरनेशनल एजुकेशन अर्वाड २०२५’ मा ईडियु ब्रिजका सञ्चालक क्षेत्रीले 'आउट स्ट्याण्डिङ कन्ट्रिब्यूसन टु द डेभलेपमेन्ट इन युके एजुकेशन' विधामा अवार्ड प्राप्त गर्न सफल भएका थिए।

ईडियु ब्रीजले देश तथा विदेशका थुप्रै युनिभर्सिटिहरुबाट टप पर्फमरको उल्लेखित पुरस्कारहरु प्राप्त गरेको छ। अनुभवी शिक्षकद्वारा आईईएलटीएस तयारी कक्षा, टीआईटीआईद्वारा सर्टिफाइड काउन्सिलर, नियमित अध्यागमन परामर्शदाता, उच्च दक्ष र जानकार सल्लाहकारहरूबाट सही र भरपर्दाे मार्गदर्शनको लागि विद्यार्थीले ईडियु ब्रीजलाई रोज्ने गरेका छन्।

थप जानकारीकाे लागी तल रहेकाे कम्पनिकाे लिकं खोल्नुहोस्।