काठमाडाैँ - के तपाई आफ्नो सन्तानलाई कहाँ पढाउने कस्तो विद्यालयमा भर्ना गर्ने भनेर चिन्तित हुनुहुन्छ? यदी चिन्तित हुूनुहुन्छ भने यहाँ विज्ञसँगको कुराकानीमा आधारित भएर हामीले ‘कस्तो विद्यालय राम्रो विद्यालय ?’ भन्ने समाग्रीसहित उपत्यका भित्रका उत्कृष्ट २५ विद्यालयको सूची तयार परिेका छौँ।
विद्यार्थी र अभिभावकले विद्यालय छनाेट गर्दा कुनै पनि विद्यालयले चर्को शुल्क लिँदैमा गुणिस्तरीय शिक्षा प्रदान गर्छ भन्ने हुँदैन। अभिभावकले विद्यालय छान्दा गर्ने निर्णयले उनीहरुकाे जीवन र परिवारमा ठूलो प्रभाव पार्छ। बालबालिकाका लागि उपयुक्त विद्यालयको छनोटले उनीहरूकाे भविष्य उज्ज्वल बनाउँछ।
विद्यार्थी र अभिभावकले विद्यालय छनोट गर्दा त्यस विद्यालयले तोकिएको पाठ्यक्रमको सही र प्रभावकारी ढङ्गले कार्यान्वयन गरेको छ कि छैन? तोकिएको मापदण्ड पूरा गरेको छ कि छैन ? प्रधानाध्यापक वा सञ्चालकको पहिचान, कार्यरत शिक्षक तथा कर्मचारी योग्यता, विद्यालयको दूरी, परिवारको आर्थिक अवस्था साथै विद्यालयको भौतिक शैक्षिक पूर्वाधारलाई विशेष ध्यानदिनुपर्छ।
शिक्षाविद् विद्यानाथ कोईरालाका अनुसार राम्रो विद्यालय बनाउन शिक्षा बाहेकका अन्य क्रियाकलापमा जाेड दिनुपर्छ। विद्यालयलाई प्रविधिमैत्री बनाउन पनि जरुरी हुने उनले बताए।
‘शिक्षा त यसै पनि महत्वपुर्ण छ। विद्यालयले पठनपाठनका अलावा अन्य अतिरिक्त क्रियाकलापहरूलाई पनि उत्तिकै जोड दिन जरुरी छ। विद्यार्थीले जिवनयापन गर्दै जादाँ सबै पढे लेखेका र घोकेका कुराहरु मात्र लागु हुन्छ भन्ने हुदैँन।’ उनले भने, ‘त्यसकारण सबै विद्यालयले पढाई, किताब, स्कुल मात्र भन्नु भन्दा विद्यार्थीको जिवनयापन गर्न आवश्यक जिवनाेपयोगी शिक्षालाई पनि विषेश ध्यान दिनुपर्दछ।’ यसका लागि राम्रा विद्यालयले कक्षा बाहेकका व्यवहारिक शिक्षा परिचालन गराई फरक योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सक्नुपर्छ।’
त्यस्तै विद्यालय भर्ना बारे शिक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थीलाई विद्यालयले कानुन, नियम अन्र्तगतमा रहेर मोर्डन शिक्षा प्रदान गर्न सके मात्र राम्रो विद्यालय हुने बताए। उनका अनुसार हाल २१ शौँ शताब्दीमा विद्यालयले शिक्षा प्रणालीलाई प्रविधियुक्त बनाउनु पर्दछ।
‘अहिलेको समयमा आइसिटीको प्रयोगबाट विद्यालयको शिक्षण सिकाइ प्रणालीलाई अझ सहज, विविध, जीवन्त र प्रभावकारी बनाउन सकिन्छ। यसकालागि विद्यालयमा स्मार्ट बोर्ड, इन्टरनेट, भर्चुअल सिकाइ आदिको व्यवस्थापन गर्न जरुरी हुन्छ।’ उनले भने,‘ आजको पुस्ता विश्वमा सुचना प्रविधिको विकास र तीव्र परिवर्तनमा मिसिसकेका छन्। यस समयमा हामीले हाल विद्यालयले प्रदान गरिरहेको शिक्षा बदलिँदो प्रविधिसँगै हुन सक्यो भने शिक्षा सान्दर्भिक, प्रतिस्पर्धी हुन्छ र विद्यालयको गुणस्तर पनि उच्च हुन सक्छ।’
राष्ट्रिय परीक्षा बोर्डका अध्ययक्ष महाश्रम शर्माले विद्यार्थी र अभिभावकहरुले विद्यालय छनोट गर्दा हल्ला र विज्ञापनको पछि नलाग्न आग्रह गरे। उनले सामाजिक सञ्जालमा आएका विज्ञापनका आधारमा कुन विद्यालय राम्रो र कुन विद्यालय नराम्रो नछुटिने बताए। उनले भने, ‘विद्यालयको गुणस्तर सामाजिक सञ्जालको विज्ञापनले निर्धारण गर्देन। त्यसकारण विद्यालय राम्रो हुनको लागि विद्यालयमा विगतमा विद्यार्थीले ल्याएका नतिजा, विद्यार्थीले हासिल गरेका उपलब्धि, समाजमा विद्यालयको छाप लगाएतका थुप्रै कुराहरुलाई ध्यान दिनुपर्दछ। बजारमा पैसा तिरेर फैल्याईएको सबै विज्ञापन सत्य हुदैनन्।’ वैशाखदेखि सुरु हुने शैक्षिक सत्रका लागि विद्यालयहरुले भर्नाको प्रकृया अगाडि बढिसकेको छ। नयाँ शैक्षिक सत्रको सुरुवातसँगै अभिभावकहरुले आफ्ना बालबालिकाका लागि विद्यालय छनौट गर्न सहज होस् भन्ने हिसाबले इडीयु सवालले विशेष रिपाेर्ट तयार पारेकाे हाे।
कस्तो विद्यालय राम्रो विद्यालय?
अभिभावकले विद्यालय छनोट गर्दा विद्यालयको गुणस्तर, विगतको नतिजा, त्यहाँबाट उत्तीर्ण विद्यार्थीको जीवनशैली र रोजगारीको अवसरका बारेमा ध्यान दिदैँ विद्यालयले विद्यार्थीलाई प्रदान गर्ने सेवासुविधा, फ्यागल्टी मेम्बर, शिक्षक, छात्रवृत्ति लगायतका कुरामा ध्यान दिनुपर्ने हुन्छ।
विद्यार्थीले विद्यालय छनोट गर्दा ध्यान दिनुपर्ने १० कुरा
१. विद्यार्थी एंव अभिभावकले सर्वप्रथम कुशल व्यवस्थापन र दक्ष अनुभवि शिक्षक भएको विद्यालय छनोट गर्नुपर्छ।
२. विद्यालयले आफ्नो लामो अनुभवबाट अभिभावकसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विश्वसनियता हासिल गर्न सकेको विद्यालय रोज्नुपर्छ।
३. अध्ययन अध्यापनलाई प्राथमिकतामा राख्दै राजनीतिक गतिबिधीबाट मुक्त विद्यालय विद्यार्थीका लागि उपयुक्त हुन्छ।
४. विद्यार्थीले आफू बस्ने घर देखी विद्यालय सम्मको दुरी कम भएको विद्यालय रोज्नुपर्छ।
५. अभिभावकले धान्न सक्ने शैक्षिक शुल्क भएको विद्यालयमा आफ्ना छोराछोरीलाई अध्यापन गराउनु नै उपयुक्त हुन्छ।
६. विद्यालयको कक्षा कोठा र विद्यालय परिसरको वातावरण विद्यार्थीमैत्री र प्रविधी मैत्री हुनुपर्छ।
७. विद्यार्थीले विद्यालयले आन्तरिक क्रियाकलाप, अध्ययन, अध्यापनसँगै बाह्य क्रियाकलापमा जोड दिने विद्यालय छनोट गर्नुपर्छ।
८. विद्यालयले रचनात्मक तथा प्रयोगात्मक सिकाइलाई कसरी उपयोग गरेको छ भन्ने विषयमा अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्छ।
९. विद्यार्थीले आफू अध्ययन गर्न जान चाहेको विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको स्थिति कस्तो छ भन्ने विषयमा ध्यान दिनुपर्छ।
१०. विद्यालयको भौतिक शैक्षिक पूर्वाधार, ल्याब, लाइब्रेरी, खेल मैदान जस्ता कुरामा पनि ध्यान दिनु जरुरी छ।
यी हुन् २५ उत्कृष्ट निजि तथा सामुदायिक विद्यालय :
१) विश्व निकेतन मावि, त्रिपुरेश्वर, काठमाडौँ
काठमाडौँ महानगरपालिका वडा नं ११ त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन, मानविकी, कानुन, शिक्षा संकायका विषय अध्यापन हुन्छ। यसका साथै विद्यालयले प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म इलोक्ट्रोनिक्स इन्जिनियरिङ पनि अध्यापन गराउँदै आएको छ। यस विद्यालयले विद्यार्थीहरूलाई विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुनका पाँच विभिन्न धाराहरूमा अध्ययन गर्न अवसर प्रदान गर्छ। यसका साथै, विद्यालयले विद्युतीय इन्जिनियरिङका प्राविधिक शाखाहरूमा पनि कक्षाहरू सुरु गर्दै आएको छ।
विश्वनिकेतनले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, कक्षा ११ र १२ मा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, वास्तविक योग्य विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टताको लागि छात्रवृत्ति प्रदान गर्दे आएको छ। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा विश्व निकेतनले प्रत्यक बर्ष शतप्रतिशत नतिजा ल्याउन सफल हुने गरेको छ। गत बर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विश्वनिकेतनमा अध्ययनरत ४ जना विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल भएका थिए। यो नेपालको सामुदायिक विद्यालयको नतिजा मध्ये उत्कृष्ट नतिजा हो।
यस विद्यालयले नगद सहित क्षेत्रिय शिक्षा पुरस्कार, २ लाख रुपैयाँ नगद सहित राष्ट्रिय शिक्षा पुरस्कार, २०८० सालको राष्ट्रपति रनिङशिल विजेता, तेक्वान्दो च्याम्पियनसिपको विजेता हनुको साथै थुप्रै पुरस्कार जित्न सफल भएको छ। विश्वनिकेतनले कक्षाकोठा व्यवस्थापन, आईसिटी, तेकवान्दो, फुटसल, राष्ट्रिय सेवा दल, गायन तथा नृत्य, एकिकृत पाठ्क्रम तालिम, मनोपरामर्श तथा करियर काउन्सिलिङ सम्बन्धी तालिम सञ्चालन गर्दे आएको छ।
२) ज्ञानोदय माध्यमिक विद्यालय, बाफल, काठमाडौँ
काठमाडौँको बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म पठनपाठन हुन्छ। यस विद्यालयले प्रवेश परिक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ। ज्ञानोदयले प्रत्यक बर्ष ४ हजार भन्दा बढी विद्यार्थी भर्ना गर्दे आएको छ।
ज्ञानोदयले विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै प्रतिस्पर्धी बजारमा गएर काम गर्न सक्ने दक्ष रुपमा अघि बढ्ने योजनावद्ध शिक्षा प्रदान गर्दे आएको छ। यस विद्यालयले सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिने गरेको छ। आईसीटी ल्याव, डिजिटल ल्याव, स्मार्ट बोर्ड कक्षा सञ्चालनमा ल्याएको विद्यालयले हिउँदे, गर्मी र दशैँ बिदामा समेत अनलाइन मार्फत अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ। यस विद्यालयमा कक्षा ४ देखि नै कम्प्युटर कक्षा पढाइ हुने गरेको छ।
काठमाडौँ महानगरपालिका, प्रदेश सरकार र एसियाली विकास बैंकको सहयोगमा यस विद्यालयमा भौतिक शैक्षिक पूर्वाधार निर्माण भएका छन्। यसले ज्ञानोदय माविलाई देशकै ‘नमुना विद्यालय’ बन्न मद्दत गरेको छ। विभिन्न विषयका प्रयोगशाला र पुस्तकालयको व्यवस्थापन, व्यवहारीक र नैतिक शिक्षा, समस्टिगत शैक्षिक वातावरण नै यस विद्यालयको बलियो पक्ष हो। यस विद्यालयले निजी विद्यालयमा चलिरहेको एजुकेशन सिस्टमलाई अनुसरण समेत गर्ने गर्दछ।
भौतिक शैक्षिक पूर्वाधारले सम्पन्न बन्दै गएको यस विद्यालयमा विद्यार्थीको आकर्षण प्रत्येक बर्ष बढ्दो देखिन्छ। ८ रोपनि क्षेत्रफलमा फैलिएको विद्यालयमा २०७२ सालपछि निर्माण भएका दुईवटा अत्याधुनिक भवन र पुराना रेट्रोफिटिङ गरिएका भवन छन्।
३) सेन्ट जेभियर्स कलेज, जाउलाखेल, ललितपुर
सन् १९५२ मा स्थापना भएको सेन्ट जेभियर्स स्कुल ललितपुर जावलाखेलमा अवस्थित रहेको छ। यस स्कुलमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुन्छ। नेपालमा सोसाइटी अफ जीसस (जेसुइट्स) द्वारा स्थापित ललितपुर जावलाखेलमा रहेको सेन्ट जेभियर्स स्कुल पहिलो शैक्षिक संस्था हो।
यस जेभियर्स स्कुलमा प्रत्यक बर्ष २४ सय विद्यार्थी भर्ना हुने गरेका छन्। यस स्कुलमा कक्षा १ देखि ७ सम्म ‘क्याम्ब्रिज पाथवेज’ पाठ्यक्रम लागू गरिएको छ। यस जेभियर्सले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति बाहेक अन्य थुप्रै विधामा मुल्याङ्कन गरि विद्यार्थीहरुलाई विशेष छात्रवृत्ति प्रदान गर्दछ। यस स्कुलले विद्यार्थीको योग्यतामा आधारित छात्रवृत्ति प्रदान गर्दै आएको छ।
यस स्कुलमा दक्ष, अनुभवी शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शैद्धान्तिक र व्यावहारीक ज्ञानको लागि निरन्तर मार्गदर्शन देखाउँदै आएका छन्। प्रतिस्पर्धी बजारमा बिक्न सक्ने जनशक्ती उत्पादन गर्ने उद्देश्य बोकेको जेभियर्सले प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। यस स्कुलले अध्यापनमा निरन्तरता, कम विदा, अनुभवि दक्ष शिक्षक, आधुनिक प्रयोगशाला, आन्तरिक मूल्याङ्कन जस्ता कुरामा विशेष ध्यान दिने गरेको छ।
जेभियर्समा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनको साथै प्रविधि मैत्री कक्षा कोठा चमेना गृह र यातायात सहितको भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्। जेभियर्सले समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन, रोड रेस जस्ता खेलकुद सम्बन्धी तालिम दिनुका साथै विद्यार्थीलाई यस्ता प्रतियोगितामा सहभागि हुन प्रोत्साहन गर्दै आएको छ।
४) रातो बंगला स्कुल, पाटन, ललितपुर
सन् १९९२ मा स्थापना भएको रातो बंगला स्कुल ललितपुरको पाटनढोकामा अवस्थित रहेको छ। रातो बंगलामा किन्डर गार्टेन देखि कक्षा ११ सम्म पठनपाठन हुन्छ। यस स्कुलले प्रत्यक बर्ष ६ सय सीमित विद्याथीलाई मात्र भर्ना लिने गरेको छ।
रातो बंगलाले विद्यार्थीलाई किताबी ज्ञान अलवा शारीरिक तथा मानसिक ज्ञानलाई पनि मध्यनजर गर्दे पोजेटिभिटी, सोसेल कमिटमेन्ट, लर्निङ क्रियटिभिटी आदीलाई पनि प्राथमिकतामा दिदैँ आएको छ। रातो बंगलामा अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्। उत्कृष्ट नतिजा तथा अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारको कारण पछिल्लो समय रातो बंगला विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्ने गरेको छ।
रातो बंगलाले विद्यार्थीको रुचि, क्षेमता र योग्यालाई मध्यनजर गरि शिक्षाको ढाँचा बदल्ने गरेको छ। रातो बंगलाले बालबालिकाहरूको रुचि के छ ? उसले कसरी शिक्षक, साथीभाईसँग अन्तक्रिया गर्छ ? घरबाट के कुरा सिकेर आउँछ ? जस्ता विविध कुरालाई ध्यानकषर्ण गर्दे प्रत्यक विद्यार्थीको व्यक्तिगत क्षेमतालाई मुल्याङकन समेत गर्दछ।
५) बुढानिलकण्ठ स्कुल, बुढानिलकण्ठ, काठमाडौँ

सन् १९७२ मा स्थापना भएको बुढानिलकण्ठ स्कुलमा स्थापना कालमा ब्रिटिस पाठ्यक्रम पढाइ हुने गरेको थियो। सन् १९९४ पछि बेलायतले पूर्ण रूपमा नेपाललाई विद्यालय हस्तान्तरण गरे पश्चात् बुढानिलकण्ठमा नेपाली पाठ्यक्रम अनुसार पठनपाठन हुन थालेको हो।
यस स्कुल नेपाल सरकार र संयुक्त अधिराज्य (बेलायत) सरकारको संयुक्त सहयोगमा स्थापना भएको हो। शैक्षिक क्षेत्रमा लामो यात्रा तय गर्दे गुणस्तरीय शिक्षा प्रदान गर्नमा प्रतिबद्ध बुढानिलकण्ठ स्कुलमा कक्षा ५ देखि १२ कक्षा सम्म पढाई हुन्छ। हाल बुढानिलकण्ठमा ५ देखि १२ कक्षा सम्म ११ सय विद्यार्थी अध्ययनरत छन्। माध्यमिक शिक्षा परीक्षा एसर्ईईमा उत्कृष्ट नतिजा ल्याउँन सफल बुढानिलकण्ठको नतिजा सधै उत्कृष्ट हुदैँ आएको छ।
बुढानिलकण्ठमा हाल भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, गणित, अर्थशास्त्र, कम्प्युटर विज्ञान, लेखा र अंग्रेजी भाषा ए–लेभलमा पढाई हुन्छ। बुढानिलकण्ठ स्कुल विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ। विद्यार्थीहरूले बुढानिलकण्ठमा अध्ययनको लागी प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। यस स्कुलले कक्षा ५ र कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई प्रवेश परीक्षा लिने गरेको छ। बुढानिलकण्ठ स्कूल नेपालमा ‘जनरल सर्टिफिकेट अफ एजुकेशन’ उन्नत स्तर सुरु गर्ने पहिलो विद्यालय हो।
५७४ रोपनी क्षेत्रफलमा फैलिएको बुढानिलकण्ठमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनको साथै प्रविधि मैत्री कक्षा कोठा चमेना गृह र यातायात सहितको भौतिक शैक्षिक पूर्वाधारहरु उपलब्ध छन्।
६) बृहसपति विद्यासदन स्कुल, नक्साल, काठमाडौँ
बृहस्पति विद्यासदन काठमाडौँ नक्सालमा अवस्थित रहेको छ। विगत ४१ वर्षदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दे आएको बृहस्पति विद्यासदन पछिल्लो समय विद्यार्थीको रोजाईमा पर्ने गरेको छ।
स्थापना कालदेखि आफूलाई बोर्डले लिने परीक्षाको नजितामा उत्कृष्ट बनाउन सफल यस विद्यालयले त्यसलाई नै निरन्तरता दिन सफल भएको छ। शैक्षिक उपलब्धिमा आफूलाई उत्कृष्ट बनाउन सफल बृहस्पति विद्यासदनको शैक्षिक गुणस्तर र नतिजा हरेक वर्ष उकालो चढिरहेको छ।
यस स्कुलले आर्थिक रुपमा कमजोर, सीमान्तकृत, पिछडिएका वर्ग र सहयोगको आवश्यकता परेका विद्यार्थीलाई यस संस्थाले छात्रवृत्ति लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ। बृहस्पति विद्यासदनले गुणस्तरीय शिक्षाका अलावा विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा र खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ।
७) जेम्स स्कुल, धापाखेल, ललितपुर

सन् १९८४ मा स्थापना भएको जेम्स स्कुल ललितपुर धापाखेलमा अवस्थित रहेको छ। यस विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुन्छ। साथै जेम्स स्कुलले क्याम्ब्रिज ए लेभलको कोर्स पनि प्रदान गर्दे आएको छ।
यस विद्यालयले प्रत्यक बर्ष माध्यमिक तह एसईईको नतिजाबाट थुप्रै राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार हासिल गर्न सफल भएको छ। जेम्समा पुस्तकालय, स्विमिंङ पुल, खेलमैदान, प्रविधिमैत्री कक्षाकोठा, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, कम्प्युटर लगायतका प्रयोगशाला हुनुका साथै फराकिलो बास्केटबल, भलिबल, टेनिस र फुटसल कोर्ट रहेको छ।
जेम्स स्कुलले युके अन्तर्गत अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए) द्वारा विकसित अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) लागू गरेको छ। जसले विद्यार्थीहरुको सामाजिक, भावनात्मक र बौद्धिक रूपमा विकास गर्न आवश्यक सीपहरूले सुसज्जित गर्दछ। विद्यार्थीलाई विद्यालय शिक्षाका अलावा जेम्स स्कुलले खेलकुद, कला साहित्य, संगीत लगायतका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ।
विद्यार्थीलाई सीप र जिवनसँग जोडेर अध्यापन गराउने यस विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी हुन प्रोत्साहन गर्दै आएको छ। जेम्स स्कुलले उज्ज्वल भविष्य र सफल जिवनयापनका लागि विद्यार्थीहरुलाई सहज हुने हिसाबले जिवनोपयोगी शिक्षा प्रदान गर्दै आएको कारण नै अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ।
८) ईम्पेरियल वल्ड स्कुल, हात्तिगाैडा, काठमाडौँ
ईम्पेरियल वल्ड स्कुल हात्तिगाैडा काठमाडौँमा अवस्थित रहेको छ। यस विद्यालयमा कक्षा नर्सरी देखी १० कक्षासम्म पठनपाठन हुन्छ। विश्वस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्य बोकेको इम्पेरियल वल्ड स्कूल अनुभवी शिक्षक टोलीद्वारा सञ्चालित छ। यस स्कुलको मुख्य उदेश्य विश्वव्यापी रूपमा केन्द्रित शिक्षा प्रदान गर्दै प्रत्येक बालबालिकाको व्यक्तिगत क्षमता विकास गर्नु हो।
इम्पेरियल वल्डले विद्यार्थीहरुको मनोरञ्जनको लागि फास्ट्र्याकिड्स पाठ्यक्रमलाई नेपाली पाठ्यक्रमसँग समावेश गरेको छ। यस स्कुलले अठार महिनादेखि दुई वर्ष उमेरका बालबालिकाका लागि खेल मैदान; तीन र चार वर्षका लागि नर्सरी–स्तरको आधारभूत पाठ्यक्रम; चार र पाँच वर्षका लागि एलकेजी स्तरको एक्सप्लोर पाठ्यक्रम; पाँच र छ वर्षका बालबालिकाका लागि युकेजी स्तरको डिस्कभर लगाएतको पाठ्यक्रम प्रदान गर्दछ।
विद्यायालयमा विद्यार्थीलाई सहज होस् भनेर प्रविधि मैत्री कक्षा कोठा, विद्यार्थीका लागि आवाशिय प्रवन्ध, चमेना गृह, पुस्तकालय, खेलकुद मैदान, स्वच्छ तथा शान्त वातावरण, यातायात लगायतको व्यवस्था गरेको छ।
९) निसर्ग वाटिका हाई स्कुल, सोल्टीमोड, काठमाडौँँ

सन् २०१२ मा स्थापना भएको निसर्ग वाटीका हाई स्कुल काठमाडौँ सोल्टीमोडमा अवस्थित रहेको छ। स्थापनाको छोटो समयमा नै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल निसर्ग वाटीका सोल्टीमोड क्षेत्रको चर्चित विद्यालय हो। यस विद्यालयले विद्यार्थीहरूलाई पढाइमा मात्रै नभइ अन्य क्षेत्रमा पनि सक्रिय बनाउँदै लगेको छ।
निसर्ग वाटीका स्कुलले विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिँदै आएको छ। निसर्ग वाटीकाका विद्यार्थीले प्रत्यक बर्षको परीक्षामा ल्याएको उत्कृष्ट नतिजा र शिक्षण सिकाइ उपलब्धीका कारण विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्रमा पर्न सफल भएको छ।
निसर्ग वाटीका स्कुलमा विद्यार्थीलाई पारिवारिक वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुन्छ। निसर्ग वाटीकाले उत्कृष्ट शैक्षिक अभ्यास र समृद्ध पाठ्यक्रमको प्रयोग गर्दै शिक्षण सिकाइ उपलब्धीमा जोड दिँदै आएको छ। यस विद्यालय विद्यार्थी, अभिभावक, परिवार, संघसंस्था, उच्च शिक्षा संस्था र समुदाय लगायत सबै सरोकारवालाहरूसँग सहकार्य गर्ने योजना सहित अघि बढेको छ।
विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको यस विद्यालयले खेलकुदका लागि आवश्यक पूर्वाधार, प्राथमिक उपचार प्रणाली, पुस्तकालय तथा पढ्ने कोठाको व्यवस्था गरेको छ। विद्यार्थीहरूको अन्तर्निहित र रचनात्मक प्रतिभा विकास गर्न विभिन्न क्लब गतिविधिहरूका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरेको छ।
१०) डिएभी शु के विश्व भारति मावी स्कुल, जावलाखेल, ललितपुर
ललितपुर स्थित जावलाखेलमा रहेको डि.ए.भी.शु के विश्व भारती माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन तथा मानविकी संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ। नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन हुने यस स्कुलमा ३ हजार विद्यार्थी अध्ययनरत छन्। यस विद्यालयले प्रत्यक बर्ष ३ हजार भन्दा बढी विद्यार्थी भर्ना गर्ने गरेको छ।
३२ रोपनी क्षेत्रफल रहेको यस डिएभी विद्यायालयमा विज्ञान र सूचना प्रविधि प्रयोगशाला रहेको छ। यसका साथै विद्यालयले विद्यार्थीलाई सहज होस् भनेर प्रविधि मैत्री कक्षा कोठा, विद्यार्थीका लागि आवाशिय प्रवन्ध, चमेना गृह, यातायात लगायतको व्यवस्था गरेको छ। अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारले सम्पन्न यस विद्यालयले प्रयोगात्मक शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिदैँ आएको छ।
डिएभी स्कुलले अन्तर विद्यालयमा आयोजित फुटबल,रोबोटिक्स,बास्केटबल लगाएतका थुप्रै प्रतियोगितामा उपाधी हासिल गरेको छ। डिएभि स्कुलले प्रदान गरेको गुणस्तरिय शिक्षा साथै सबै किसिमको सुविधा उपलब्ध भएको कारण नै विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्ने गरेको छ।
डिएभि स्कुलले प्रत्यक बर्ष सतप्रतिशत नतिजा हासिल गर्न सफल भएको छ । गत वर्षको एसईईमा ४ जिपिए ल्याउने डिएभिका विद्यार्थीलाई ललितपुर महानगरपालिकाले सम्मान पनि गरेको थियो। डिएभिले नेपाल सरकारले प्रदान गरे अनुरुप मेहनति, जेहेन्दार र लगनशिल विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दे आएको छ।
११) एलआरआई स्कुल, कलंकी, काठमाडौँ

सन् १९८८ मा स्थापना भएको एल.आर.आई स्कुल काठमाडौँको कलंकीमा अवस्थित रहेको छ। एल.आर.आईमा विज्ञान, व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत विषय अध्यापन हुन्छ। यस विद्यालयमा प्रत्यक बर्ष २ हजार भन्दा बढी विद्यार्थी भर्ना हुने गरेको छ। एल.आर.आईमा अध्ययनरत शतप्रतिशत विद्यार्थी प्रत्यक बर्ष उत्तीर्ण हुन सफल भएका छन्।
एलआरआई विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, अत्याधुनिक डिजीटल पुस्तकालय हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रवन्ध रहेको छ। एलआरआई विद्यालय अन्तर विद्यालय क्रिकेट टुर्नामेन्ट, अन्तर विद्यालय बास्केटबल लगाएतका थुप्रै प्रतियोगितामा विजेता हासिल गर्न सफल भएको छ। यस विद्यालयले विद्यार्थीलाई भाषागत, शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला, बास्केटबल, फुटबल, फुटसलको तालिम पनि सञ्चालन गर्ने गरेको छ।
विद्यार्थीलाई किताबी ज्ञानबाहेक अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको एलआरआई स्कुलमा पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित छन्।एल.आर.आईले काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा लागु गरेको बुक फ्रि–फ्राइडे पनि लागू गरेको छ। जसअन्तर्गत प्लम्बिङ ल्याब, ईलेक्ट्रिक ल्याब, सिलाई बुनाई ल्याब, सञ्चालनमा ल्याएको छ।
एलआरआइले अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा २ देखि १२ सम्ममा चाईनिज भाषा कक्षा सञ्चालन गर्नुको साथै स्कूलले ‘कुमुन’ शिक्षा प्रणालीसमेत लागू गरेको छ। विश्वका ६० भन्दा बढी देशमा म्याथमेटिक्सका लागि प्रभावकारी बन्दै गएको उक्त, कुमुन शिक्षा प्रणाली नेपालमा पहिलो पटक एलआरआईले लागू गरेको हो।
१२) सिदार्थ बनस्थली स्कुल, बनस्थली, काठमाडाैँ
सन् १९५१ मा स्वर्गीय प्रो. भुवन लाल जोशी र शिक्षाविद् स्वर्गीय माननीय विजयनन्दन जोशीद्वारा स्थापित सिद्धार्थ वनस्थली स्कुल काठमाडौँ बनस्थलीको चर्चित विद्यालय हो। सिद्धार्थ वनस्थलीमा विज्ञान र व्यवस्थापन संकाय अन्तर्गत विषयमा अध्यापन हुन्छ। उत्कृष्ट नतिजा तथा अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारको कारण पछिल्लो समय सिद्धार्थ वनस्थली विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
अभिभावकहरूको समर्थनमा नै अगाडी बढेको यस विद्यालयले गरिब, असाहय, पिछडिएको बर्गलाई विशेष छात्रावृत्ति प्रदान गर्दे आएको छ। नतिजाको आधारमा उत्कृष्ट विद्यालयको रूपमा आफ्नो प्रतिष्ठा कायम राख्न सफल यस विद्यालयले स्नातक परीक्षा (एसएलसी) मा प्रत्यक बर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ।
यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशीय प्रवन्ध, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध रहेको छ। यस स्कुलले विद्याथीको सफलता, समृद्धमा जोड दिदैँ शिक्षा बाहेक अन्य अत्तिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिने गरेको छ।
१३) त्रियोग हाई स्कुल, धापासी, काठमाडौँ

सन् १९८७ मा स्थापना भएको त्रियोग हाई स्कुल काठमाडौँ धापासीमा अवस्थित रहेको छ। यस विद्यालयमा कक्षा १ देखी १० सम्म पठनपाठन हुदैँ आएको छ। २७ जना विद्यार्थी र ६ जना शिक्षकबाट सुरु भएको त्रियोगमा हाल १२ सय विद्यार्थी र २ सय शिक्षक र कर्मचारी कार्यरत छन्।
विगत तीस वर्षदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दे आएको त्रियोग हाई स्कुल आफ्नै अत्याधुनिक पूर्वाधारमा सञ्चालित छ। त्रियोग हाई स्कुल नेपालको उत्कृष्ट विद्यालयहरूको सूचिमा पर्ने गरेको छ। त्रियोगले बालबालिकालाई शिक्षा मात्र नभई बौद्धिक, भावनात्मक, शारीरिक, सामाजिक, नैतिक र सौन्दर्य रूपमा विकास गर्ने उदेश्य राखेको छ।
त्रियोग हाई स्कुलका दक्ष, अनुभवी शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शैद्धान्तिक र व्यावहारीक ज्ञानको लागि निरन्तर मार्गदर्शन देखाउँदै आएका छन्। प्रतिस्पर्धी बजारमा बिक्न सक्ने जनशक्ती उत्पादन गर्ने उद्देश्य बोकेको त्रियोगले प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। त्रियोगमा पुस्तकालय, खेलमैदान, प्रविधिमैत्री कक्षाकोठा, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, कम्प्युटर लगायतका प्रयोगशाला हुनुका साथै फराकिलो बास्केटबल र फुटसल कोर्ट रहेको छ।
१४) सेन्ट मेरिज सेकेन्डरी स्कुल, ज्वालाखेल, ललितपुर

सेन्ट मेरिज सेकेन्डरी स्कुल ललितपुर ज्वालाखेलमा अवस्थित रहेको छ। यस स्कुलमा कक्षा १ देखी १२ सम्म पठनपाठन हुदैँ आएको छ। सेन्ट मेरिजमा विज्ञान र व्यवस्थापन संकाय अन्तर्गत विषयमा अध्यापन हुन्छ। सेन्ट मेरिजले काठमाडौँ बाहेक बिराटनगर, पोखरा र गोर्खा जस्ता प्रचलित शहरहरुमा विद्यालयको शाखा विस्तार गरेको छ। सेन्ट मेरिज स्कुलले विद्यालयलाई ‘येशूको मण्डली’ को रुपमा लिने गरेको छ।
विद्यार्थीहरुको चौतर्फी विकासकोे लागि आवश्यक सबै पूर्वाधारहरू उपलब्ध रहेको सेन्ट मेरिजले गौरवशाली शैक्षिक इतिहास रचेको छ। नेपालको अग्रणी संस्थाहरू मध्येकोे एक सेन्टमेरिजले विद्यार्थीहरूलाई २१ औँ शताब्दीको विश्वव्यापी चुनौतीहरू पूरा गर्न आवश्यक पर्ने सबै पूर्वाधार सहितको गुणस्तरीय शिक्षा प्रदान गर्दे आएको छ।
भौतिक शैक्षिक पुर्वाधारले सुसम्पन्न यस स्कुलमा डिजिटल कक्षा, पुस्तकालय, आवाशीय प्रवन्ध, यातायात, चमेना गृह लगायतका पूर्वधार उपलब्ध छन्। यस स्कुलले अध्यापनमा निरन्तरता, कम विदा, अनुभवि दक्ष शिक्षक, आन्तरिक मूल्याङ्कन जस्ता कुरामा विशेष ध्यान दिने गरेको छ।
१५) लिटिल एन्जल्स स्कुल, हात्तीबन, ललितपुर
सन् १९८१ मा स्थापना भएको लिटिल एन्जल्स स्कुल ललितपुर हातीबनमा अवस्थित रहेको छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएको लिटिल एन्जल्स स्कुलले सन् १९९७ देखि +२ पनि सञ्चालनमा ल्याएको हो। यस स्कुलमा विज्ञान र व्यवस्थापन संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ।
भौतिक शैक्षिक पूर्वाधारमा सुसम्पन्न रहेको लिटिल एन्जल्समा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनको साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह,यातायात सहितको सुविधा उपलब्ध छन्। लिटिल एन्जल्स अन्र्तरगतको १० शैक्षिक संस्थामा हाल १७ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन्।
लिटिल एन्जल्स नतिजामा सधै सर्वाेत्कृष्ट हुने गरेको छ। लिटिल एन्जल्सले जेहेनदार, निम्न वर्ग, दलित, पिछडिएका विद्यार्थीहरुलाई १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ। लिटिल एन्जल्सले विद्यार्थीहरूलाई विश्वव्यापी स्तरको शिक्षा प्रदान गर्दै उनीहरूको बौद्धिक, सामाजिक, शारीरिक र नैतिक विकासमा योगदान पुर्याउँदै आएको छ। लिटिल एन्जल्समा विद्यार्थीहरुले शान्त वातावरणमा शैद्धान्तिक र प्रयोगात्मक शिक्षा लिने अवसर प्राप्त गर्दछन्।
१६) काष्ठमण्डप विद्यालय, मण्डिकाटार, काठमाडौँ

सन् १९९३ मा स्थापित काष्ठमण्डप विद्यालय काठमाडौँ मण्डिकारमा अवस्थित रहेको छ। यस विद्यालयमा कक्षा १ देखी १२ सम्म पठनपाठन हुन्छ। काष्टमण्डप विद्यालयमा सम्पुर्ण महिला कर्मचारी कार्यरत छन्। काष्ठमण्डपले सन् २०१३ देखि क्याम्ब्रिज इन्टरनेशनल एडभान्स्ड लेभल (ए लेभल) प्रदान गर्दैँ आएको छ।
काष्ठमण्डपका दक्ष, अनुभवी शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शैद्धान्तिक र व्यावहारीक ज्ञानको लागि निरन्तर मार्गदर्शन देखाउँदै आएका छन्। प्रतिस्पर्धी बजारमा बिक्न सक्ने शिक्षा प्रदान गर्ने उद्देश्य बोकेको काष्ठमण्डपले प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ।
काष्ठमण्डपले विद्यार्थीहरूको चौतर्फी विकासको लागि आवश्यक सम्पुर्ण तत्वलाई समर्थन गर्र्दे अनुकूल र सकारात्मक वातावरणमा शिक्षा प्रदान गर्ने उदेश्य बोकेको छ। काष्ठमण्डपमा पुस्तकालय, खेलमैदान, प्रविधिमैत्री कक्षाकोठा, कम्प्युटर ल्याब, चमेना गृह लगायतका फराकिलो बास्केटबल र फुटसल कोर्ट रहेको छ।
१७) काठमाडौँ वल्ड स्कुल, सुर्यविनायक ,भक्तपुर
शिक्षाविद् र उद्यमीहरूको समूहद्वारा स्थापित काठमाडौं वल्र्ड स्कुल भक्तपुरको सूर्यविनायकमा अवस्थित छ। काठमाडौं वल्र्डमा कक्षा १ देखी १२ सम्म पठनपाठन हुन्छ। यस विद्यालयमा विज्ञान,व्यवस्थापन, मानविकी र कानूनमा संकाय अन्तर्गतका विषयहरू अध्यापन हुन्छ। काठमाडौं वल्र्डले प्रत्यक बर्ष १३ सय भन्दा बढी विद्यार्थी भर्ना लिने गरेको छ।
विद्यार्थीलाई पाठ्यक्रममा मात्र सीमित नराखी यस स्कुलले अन्य अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिने गरेको छ। यस स्कुलले विद्यार्थीहरूलाई विश्वव्यापी स्तरको शिक्षा प्रदान गर्दै उनीहरूको बौद्धिक, सामाजिक, शारीरिक र नैतिक विकासमा योगदान पुर्याउँदै आएको छ।
भौतिक शैक्षिक पूर्वाधारमा सुसम्पन्न रहेको यस स्कुलमा विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनको साथै प्रविधि मैत्री कक्षा कोठा, कम्प्युटर प्रयोगशाला,पुस्तकालय, चमेना गृह, यातायात सहितको सुविधा उपलब्ध छन्। काठमाडौं वल्र्ड स्कुलले विद्यालय परिसरमै सुरक्षित एवं स्वस्थ छात्रावासको व्यवस्था गरेको छ।
१८) सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर

सैनिक आवासीय महाविद्यालय भक्तपुर सल्लाघारीमा अवस्थित रहेको छ। सन् २०४३ मा स्थापना भएको सैनिक आवासीय महाविद्यालयले नेपाली सेनाका कर्मचारी सहित सर्वसाधारण विद्यार्थीहरुलाई अध्ययन गराउदैँ आएको छ। सैनिक आवासीयमा मानविकी, विज्ञान र व्यवस्थापन संकाय अन्तर्गतका विषय अध्यापन हुन्छ।
हालसम्म सैनिक आवासीयमा २६ ब्याच विद्यार्थीहरुले अध्ययन गरिसकेका छन्। सैनिक आवासीय महाविद्यालयले नेपाली सेनाका र नेपाली नागरिक परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य बोकेको छ। यस महाविद्यालयले देशको नेतृत्व गरेका देशभक्तका छोराछोरीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्दे आएको छ।
यस महाविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संस्थाहरूमा सक्षम नेतृत्व बहन गर्दे आएका छन्। यस महाविद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा,पुस्तकालय, खेलकुद मैदान, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध छन्।
१९) माछापुच्छ्रे्र आईबी वल्ड स्कुल, कुसन्ती, ललितपुर

ललितपुर कुसुन्ती अवस्थित माछापुच्छ्रे्र आईबी वल्र्ड स्कूल सन् १९९५ सालमा स्थापना भएको हो। यस माछापुच्छ्रे्र आईबी वल्र्डमा नर्सरीदेखि कक्षा १० सम्म पढाई हुन्छ। यस स्कूलमा दक्ष, अनुभवि तथा प्रशिक्षित शिक्षकद्वारा पठनपाठन हुन्छ।
माछापुच्छ्रे स्कुलले बालबालिकाहरूलाई परिवार, समाज, देश र विश्वव्यापी स्तरमा सकारात्मक परिवर्तनको निर्माता बनाउने उदेश्य बोकेको छ। यस विद्यालयले नेपाल सरकारले प्रदान गर्ने बाहेक गरिब, असाहाय, आर्थिक रुपमा विपन्न, मेहनति
विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। शैक्षिक उपलब्धिमा आफूलाई उत्कृष्ट बनाउन सफल माछापुच्छ्रे्र आईबी वल्र्डको शैक्षिक गुणस्तर र नतिजा हरेक वर्ष उकालो चढिरहेकोे छ।
यस विद्यालयले गुणस्तरीय शिक्षाका अलावा विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा लगायतका अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिँदै आएको छ। माछापुच्छले आफूले दिएको शिक्षालाई सीपसँग जोड्न हरेक विषयमा प्रयोगात्मक कक्षाको स्थापना गरी शिक्षालाई सिपसँग जोड्ने काम गरिरहेको छ। त्यसकारण पछिल्लो समय माछापुच्छे आईबी वल्ड स्कुल विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने गरेको छ।
२०) पाठशाला नेपाल फाउन्डेशन, बानेश्वर, काठमाडौँ

पाठशाला नेपाल फाउन्डेशन काठमाडौँ बानेश्वरमा अवस्थित रहेको छ। सन् २००४ मा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखी १२ सम्म पठनपाठन हुन्छ।
पाठशाला फाउन्डेशनमा स्वस्थ र स्वच्छ वातावरण, सुसज्जित डिजिटल कक्षाकोठा, खेलकुदका लागि आवश्यक पूर्वाधार, पुस्तकालय, कम्प्युटर ल्याब जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। यस स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्राप्त हुन्छ।
यस स्कुलले इमान्दार, जेहेन्दार विद्यार्थी जसको आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई छात्रावृत्तिको व्यवस्था गरेको छ। नेपालमा गुणस्तरीय शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई अत्याधुनिक भौतिक, शैक्षिक पूर्वाधारसहित प्रविधिमैत्री शिक्षा प्रदान गर्न क्रियाशिल यस स्कुल विद्यार्थी र अभिभावको रोजाइमा पर्न सफल छ।
यस विद्यालयले विद्यार्थी अनुपातलाई ध्यान दिँदै शिक्षक र कर्मचारीको व्यस्था गरेको छ। यस विद्यालयले विद्यार्थीलाई उसको उज्ज्वल भविष्य र सफल जिवनयापनका लागि सहज हुने किसिमबाट जिवनोपयोगी शिक्षा प्रदान गर्दै आएको छ।
२१) प्रीमियर ईन्टरनेशन आईबी कन्टिनम स्कुल, सात्तोबाटो, ललितपुर

सन २००८ मा स्थापना भएको प्रिमियर इन्टरनेशनल स्कूल नेपालकै पहिलो आईबी (इन्टरनेशनल ब्याकलोरेट) स्कुल हो। प्रिमियर इन्टरनेशनल नेपालको एक मात्र आईबी कन्टिन्यूम स्कुल हो, जसमा पीवाईपी, एमवाईपी, र डीपी (डिप्लोमा प्रोग्राम) लगाएतका सम्पूर्ण आईबी संकाय अन्तर्गत विषयमा अध्यापन हुन्छ।
उत्कृष्ट नतिजा तथा अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारको कारण पछिल्लो समय प्रिमियर इन्टरनेशनल विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्ने गरेको छ। प्रतिस्पर्धी बजारमा बिक्न सक्ने जनशक्ती उत्पादन गर्ने उद्देश्य बोकेको प्रिमियर इन्टरनेशनलले प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। यस विद्यालयमा विश्वस्तरीय पूर्वाधार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धा, आईबी–प्रशिक्षित शिक्षक र समग्र (होलिस्टिक) विकासमा केन्द्रित पाठ्यक्रम उपलब्ध हुनु यस विद्यालयको फरक विशेषता हो।
यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, आवाशीय प्रवन्ध, चमेना गृह र यातायात सहितको सुविधा उपलब्ध रहेको छ। यस विद्यालयले भाषा सिकाइको सुविधाहरू पनि प्रदान गर्दछ। प्रिमियर इन्टरनेशनल स्कूलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ।
२२) संस्कृति इन्टरनेशनल स्कुल, ठुलोभर्याङ,काठमाडौँ
संस्कृति इन्टरनेशनल स्कुल काठमाडौँ ठुलोभर्याङमा अवस्थित रहेको छ। यस स्कुलले संस्कारयुक्त शिक्षा भन्ने नारालाई आत्मसात गर्दै अध्यापन गराउँदै आएको छ। संस्कृति इन्टरनेशनल स्कुल प्रतिष्ठित फिल्डवर्क एजुकेशन युकेको पाठ्यक्रम शैली अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) को आधिकारिक मान्यता प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो स्कुल पनि हो ।
यस स्कुलले ‘फ्याब ल्याब’ को स्थापना गरि विद्यार्थीहरुलाई आईटि, रोबटिक्स, इन्जिनियरिङ जस्ता विधामा प्रयोगात्मक शिक्षा उपलब्ध गराउँदै आएको छ। संस्कृति स्कुल ‘फ्याब ल्याब’ स्थापना गर्ने नेपालकै पहिलो स्कुल हो। यस स्कुल परम्परागत शैक्षिक प्रणालीलाई परिवर्तन गर्दै शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न समर्पित रहेको छ।
यस स्कुलले नेपाल सरकारले प्रदान गर्ने छात्रवृत्ति बाहेक जेहेन्दार, निम्न वर्ग, पिछडिएका वर्गका विद्यार्थीहरुलाई समेत विशेष छात्रवृत्ति प्रदान गर्दछ। संस्कृति इन्टरनेशनल स्कुल पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ।
२३) उलेन्स स्कुल, खुमलटार, ललितपुर
ललितपुर खुमलटारमा अवस्थित उलेन्स स्कुल वि सं २०६२ सालमा स्थापना भएको हो। यस स्कुलले शैक्षिक स्तरको मुल्याङ्कन गर्दे विद्यार्थीको क्षमता अनुसार अध्यापनमा जोड दिदैँ आएको छ। उलेन्स स्कुलमा कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरण रहेको छ।
यस स्कुलले विद्यार्थीलाई व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यले पढाइमा मात्रै नभइ अन्य क्षेत्रमा पनि सक्रिय बनाउँदै लगेको छ। उलेन्स स्कुलमा विद्यार्थीलाई पारिवारिक वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त हुन्छ। यस विद्यालयले विद्यार्थीलाई समयमै परीक्षा लिने, उनीहरूलाई प्रयोगात्मक शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको छ।
विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको उलेन्स स्कुलले खेलकुदका लागि आवश्यक पूर्वाधार, प्राथमिक उपचार प्रणाली, पुस्तकालय तथा पढ्ने कोठाको व्यवस्था गरेको छ। विद्यार्थीहरूको अन्तर्निहित र रचनात्मक प्रतिभा विकास गर्न विभिन्न क्लब गतिविधिहरूका लागि आवश्यक पूर्वाधारको व्यवस्था गरेको छ।
कक्षा दश उत्तीर्ण गरेर आएको विद्यार्थीको जीपीए र कलेजले लिने प्रवेश परीक्षामा ल्याएको अंकको आधारमा जेहेन्दार, आर्थिक रुपमा विपन्न, विद्यार्थीलाई समृद्घिले छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ।
२४) जीनियस आईबी वल्ड स्कुल, लुभु, ललितपुर

जिनियस आईबी वल्ड स्कुल ललितपुर लुभुमा अवस्थित रहेको छ। स्थापनाको १० औँ वर्षसम्ममा आइपुग्दा जिनियसले विद्यार्थीलाई सहुलियत शूल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ। यस विद्यालयले सन् २०२१ बाट आफ्नै भौतिक शैक्षिक पुर्वाधारमा खडा गरि अध्ययन गराउदैँ आएको छ।
यस विद्यालयले विद्यार्थीहरूलाई बहुआयामिक सिकाइ वातावरणमा गुणस्तरिय शिक्षा र एक्सपोजर प्रदान गर्दे आएको छ। जीनियसमा अन्तर्राष्ट्रिय स्तरमा अनुभवी, दक्ष र योग्य शिक्षकहरूबाट पठापाठन हुन्छ। यस विद्यालयले विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा उपलब्ध गराउँछ।
यसका अलावा जिनियस स्कुले अध्ययन अध्यापनका लागि आवश्यक भौतिक शैक्षिक पूर्वाधारमा जोड दिँदै आएको छ। यस विद्यालयले शैक्षिक गतिविधी बाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिने गरेको छ। यस विद्यालयले परिक्षामा राम्रो नतिजा ल्याएका, पिछडिएको क्षेत्रका, आर्थिक रुपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। जिनियसमा विद्यार्थी मैत्री वातावरण हुनुको साथै विद्यार्थीलाई पारिवारिक वातावरणमा अध्यापन गराउँदै आएका छ।
२५) काठमाडौँ युरो आईबी वल्ड स्कुल, बानीयाटार, काठमाडौँ

काठमाडौँ युरो आईबी वल्र्ड स्कूल काठमाडौँ बानीयाटारमा अवस्थित रहेको छ। यस स्कूलले सन् २०२५ देखि अन्तर्राष्ट्रिय विद्यालय परिषद्को सदस्यता हासिल गर्न सफल भएको छ। यस स्कुलले आफ्नो स्थापनाकालदेखि नै वार्षिक परीक्षाहरूमा पटकपटक सर्वोत्कृष्ट नतीजा ल्याउन सफल भएकै कारण अभिभावक तथा विद्यार्थीको रोजाईमा पर्ने गरेको छ।
शैक्षिक उपलब्धिमा आफूलाई उत्कृष्ट बनाउन सफल काठमाडौँ युरो आईबी वल्र्डमा शैक्षिक गुणस्तर र नतिजा हरेक वर्ष उत्कृष्ट रहेको छ। विद्यालयले आर्थिक रुपमा विपन्न, जेहेन्हार र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
विद्यार्थीको मानसिक तथा शारीरिक एवम् व्यक्तित्व विकासको लागि यस स्कुलले शिक्षाका अलवा अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिने गरेको छ। भौतिक शैक्षिक पूर्वाधारले सम्पन्न बन्दै गएको विद्यालयमा विद्यार्थीको आकर्षण प्रत्येक बर्ष बढ्दो देखिन्छ।
विश्व बजारमा बिकाउन सकिने शैक्षिक कार्यक्रमहरू प्राथमिकता दिई विद्यार्थी अब्बल बनाउन निरन्तर कोसिस गर्नु यस काठमाडौँ युरो स्कुलको अर्को विशेषता हो। भौतिक शैक्षिक पूर्वाधारले सम्पन्न बन्दै गएको काठमाडौँ युरोमा विद्यार्थीको आकर्षण प्रत्येक बर्ष बढ्दो देखिन्छ।