काठमाडाैँ - पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेकपा माओवादी केन्द्रका नेता हुन्। उनकाे जन्म २०१५ सालमा खोटाङ जिल्लाको खार्पा भन्ने ठाउँमा भएको हो। घरबाट झन्डै एक घण्टाको पैदल दूरीमा रहेको घ्याम्पाखर्कको भाषा पाठशालाबाट प्रारम्भिक पढाइ सुरु गरेका पाेखरेलका बुवा नेपाली कांग्रेसको राजनीति गर्थे। उनले भने,' बुबा घरमा निकै कम समय मात्र बस्नुहुन्थ्याे। कहिले भारततिर निर्वासनमा त कहिले अन्यत्र जानुपर्ने बाध्यता उहाँको थियो।'
'घरबाट जाँदा बाटो ओरालो थियो। एक घण्टामा स्कुल पुगिन्थ्यो। फर्कंदा भने उकालो पर्ने भएकाले अझै धेरै समय लाग्थ्यो। घ्याम्पाखर्कमा पढेको केही समयपछि बुइँपा भन्ने ठाउँमा चम्पावती हाइस्कुल खुल्यो। जुन मेरो गाउँनजिकै थियो। त्यहाँबाट मैले पाँचदेखि आठ कक्षासम्मको पढाइ पूरा गरें गाउँ नजिकै अर्को विद्यालय नभएकोले त्यहाँ पढेको थिएँ। त्यति बेलादेखि नै बुवा पनि नियमित रूपमा घरमा बस्न थाल्नुभयो। विद्यालय स्थापनाको लागि उहाँले पनि पहल गर्नुभएको थियो।'
उनकाे घरको आर्थिक अवस्था राम्रो थिएन। पशुपालन प्रमुख पेशा थियाे। बुबा आमाले दुःख गरेर भए पनि छोराछोरीलाई पढाएकाे उनले सुनाए। 'मलाई क, ख सिकाउने श्रेय पनि आमालाई नै जान्छ। आमाले नै स्कुलसम्म पुर्याउने गर्नुहुन्थ्यो।' उनले भने, 'घरबाट जाँदा बाटो ओरालो थियो। एक घण्टामा स्कुल पुगिन्थ्यो। फर्कंदा भने उकालो पर्ने भएकाले अझै धेरै समय लाग्थ्यो। घ्याम्पाखर्कमा पढेको केही समयपछि बुइँपा भन्ने ठाउँमा चम्पावती हाइस्कुल खुल्यो। जुन मेरो गाउँनजिकै थियो। त्यहाँबाट मैले पाँचदेखि आठ कक्षासम्मको पढाइ पूरा गरें गाउँ नजिकै अर्को विद्यालय नभएकोले त्यहाँ पढेको थिएँ। त्यति बेलादेखि नै बुवा पनि नियमित रूपमा घरमा बस्न थाल्नुभयो। विद्यालय स्थापनाको लागि उहाँले पनि पहल गर्नुभएको थियो।'
उनकाे बुवाकाे नाम चन्द्रमणि पाेखरेल हो। त्यतिखेर प्रशासनले उनकाे बुबालाई अन्तष्ट्रिय तत्व भन्दै पक्राउ पुर्जी जारी गरेको थियो। तर पक्राउ पुर्जी लिएर आउँदा प्रहरीले बुबाकाे नामको अगाडिको अक्षर च को सट्टा भ लेखेर भन्द्रमणि पोखरेलको नाममा पक्राउ पुर्जी लिएर आएको थियो। तर भन्द्रमणि पोखरेल भन्ने व्यक्ति उक्त गाउँमा नभएको भन्दै प्रशासनका कर्मचारी फर्केर गएपछि जाेगिएका थिए।
२०२९ सालमा उनकाे गाउँ खार्पामै शारदा माध्यमिक विद्यालयको नामले अर्को विद्यालय खुल्यो। त्यहाँ उनि कक्षा ९ को पढाइको लागि सोही स्कुलमा भर्ना भए। त्यतिखेर पदम पोखरेल (पूर्वगृहसचिव) प्रधानाध्यापक थिए। यो स्कुलमा आउँदासम्म उनकाे नाम गिरिराज पोखरेल थियो। बाबुको नाम चन्द्रमणि पोखरेल भएका कारण त्यही बेलादेखि प्रधानाध्यापकले उनकाे नाममापनि मणि थपेर गिरिराजमणि पोखरेल बनाइदिएका थिए। उनी पनि गिरिराज पोखरेलबाट गिरिराजमणि पोखरेल बने।
उनले थपे, 'त्यो स्कुलबाट मैले ९ र १० कक्षाको पढाइ पूरा गरेँ। कक्षा ९ को पढाइमा मैले गणित ऐच्छिक विषयको रूपमा लिएको थिएँ। तर पढाउने शिक्षक थिएनन्। जेनतेन कक्षा १० सम्म पढें। एसएलसी परीक्षा तयारीको लागि भने बाले ओखलढुंगा लैजानु भयो। त्यहाँ तीन महिना जति पढेपछि एसएलसी परीक्षा दिन फेरि खोटाङको दिक्तेल फर्कें। म कक्षामा पढाइमा दोस्रो हुन्थें। त्यतिखेर एसएलसीमा मैले पढेको स्कुलबाट अक्कलबहादुर मगरले मात्र प्रथम श्रेणाीमा एसएलसी उत्तीर्ण गरेका थिए। अन्य भने दोस्रो र तेस्रो श्रेणीमा मात्र उत्तीर्ण भए।'
उनी एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षाको लागि व्यवस्थापन संकायमा भर्ना भए। उनकाे स्कुल पढ्दा ताकाको अनुभव यसताे छ, 'म ५, ६ कक्षामा पढ्दा कविता खुब लेख्थेँ। कविता लेखनमा प्रथम भएकै कारण सिसाकलम र कपी पुरस्कार पाएको थिएँ। त्यतिखेर भक्त भन्ने शिक्षक हुनुहुन्थ्यो। उहाँले नै मलाई पुरस्कार दिनु भएको थियो। यसले पढाइ र कविता लेखनमा समेत निकै हौसला थपिदिएको थियो।'
स्कुल पढ्दा नै उनकाे अहिलेका चर्चित जनवादी गायक रामेश, मञ्जुल, निनु चापागाईं लगायतसँग पनि सम्पर्क भयाे। राल्फा आन्दोलनसँग पनि उनी विस्तारै नजिकै हुँदै गएकाे बताउछन्। चम्पावती स्कुलमा पढ्दै गर्दा उनले एउटा चर्चित कविता लेखेको थिएँ, ‘चम्पा एउटा आमा बनेर चे ग्वे भराजस्तो छोरा जन्माउँछिन्।’ त्यतिखेर यो निकै क्रान्तिकारी कविता बनेको थियो। यसले उनीमाथि विस्तारै राजनीतिक चेत पनि बढायो। बुवा कांग्रेस राजनीतिमा लागे पनि उनी भने कविता लेखनकै माध्यमबाट कम्युनिस्ट राजनीतिमा लागेको थिएँ।
स्कुलमै हुँदा उनी भलिबल पनि खेल्थें। होचो भएका कारण उनलाई साथीहरूले रेज गर्न दिन्थे। स्कुल पढ्दै गर्दा नाटक पनि लेख्थेँ। उनले लेखेको नाटक स्कुलको कार्यक्रममा मञ्चन पनि हुन्थ्यो। समग्रमा भन्नुपर्दा उनकाे बाल्यकाल दुःख गरेर नै बित्यो। पढाइसँगै घरमा काम पनि गर्नुपर्थ्याे। घरमा बेलुका भैंसी दुहुनुपर्ने र बिहान पाञ्चायन पूजा गर्नुपर्ने उनकाे दैनिकी थियो। यति काम गरेपछि मात्रै उनी स्कुल जान पाउँथे। उनले आफ्नाे बाल्यकाल अहिलेको स्कुले विद्यार्थीको जीवनीसँग तुलना गर्दा धेरै भिन्न रहेकाे बताउछन्।
'अहिलेका विद्यार्थीलाई मेरो अर्को पनि सुझाव छ, भाषाको नाममा नेपाली भाषालाई नबिर्सनुस्। अंग्रेजी सिक्नुस् तर नेपाली भाषालाई बिर्सनु हुँदैन भन्ने मेरो मान्यता छ। कक्षा पढाउने शिक्षकहरूलाई पनि मेरो अनुरोध छ, तपाइहरू शिक्षक होइन विद्यार्थीलाई सहजीकरण मात्र गरिदिनुहोस्। हिजोको जस्तो कण्ठ गराएर, घोकाएर पढाउने बानी छोडिदिनुस्।’
उनकाे पालामा ज्ञानको स्रोत भनेको शिक्षक र पुस्तक मात्रै थियो। अहिले सूचना प्रविधिको विस्तारका कारण विद्यार्थीले हरेक कुरा इन्टरनेटबाट पाउन सक्ने भएका छन्। त्यसैले उनले विद्यार्थीलाई सूचना प्रविधिको उच्चतम् प्रयोग गर्न सुझाव पनि दिएका छन्। 'अहिलेका विद्यार्थीलाई मेरो अर्को पनि सुझाव छ, भाषाको नाममा नेपाली भाषालाई नबिर्सनुस्। अंग्रेजी सिक्नुस् तर नेपाली भाषालाई बिर्सनु हुँदैन भन्ने मेरो मान्यता छ। कक्षा पढाउने शिक्षकहरूलाई पनि मेरो अनुरोध छ, तपाइहरू शिक्षक होइन विद्यार्थीलाई सहजीकरण मात्र गरिदिनुहोस्। हिजोको जस्तो कण्ठ गराएर, घोकाएर पढाउने बानी छोडिदिनुस्।’ बरु शिक्षकले विद्यार्थीको अभिभावकसँग सम्पर्क बढाउनुपर्ने, शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्रै विद्यालय शिक्षाको सुधार गर्न सकिने उनकाे बुझाइ छ।
उच्च शिक्षा र अनुभव
गिरिराजमणि पोखरेल माओवादीका बौद्धिक एवं कुशल संघठक मानिन्छन् । खोटाङकै बुइपास्थित चम्पादेवी माविबाट माध्यमिक र विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका थिए । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । राजनीतिमा सक्रिय रहँदारहँदैकै स्थितिमा पनि पोखरेलले एक समय पत्रकारितामा पनि क्रियाशील बने । उनले २०४१ साल यता बिभिन्न काल खण्डमा मूल्याङ्कन साप्ताहिक, बिलौना साप्ताहिक र गर्जन साप्ताहिकमा आवद्ध भई काम गरे । २०५२ देखि २०५७ सालसम्म जनएकता साप्ताहिकका सम्पादक/प्रकाशक भई काम गरे । उनले ‘संघियता बारे’, ‘जनवादी केन्द्रीयता बारे’ र ‘भारतीय सेना कुटियाङ्दी पारी जा’ शिर्षकका राजनीतिक पुस्तकलगायत दर्जनौं सङ्ख्यामा समसामयिक राजनीतिक लेख रचना लेखी प्रकाशित गरेका छन् ।
आम जनताका समस्याहरुलाई मसिनोसँग हेर्ने र त्यसलाई समाधानकालागि जनपरिचालन गर्न उच्च सिप हासिल गरेका पाखरेललाई उनी बस्ने सामुहिक वस्ती ‘आधारशिला’ रहेको क्षेत्र अर्थात् महोत्तरी क्षेत्र नं.१ का जनताले तीन पटक निर्वाचनमा जिताइसकेका छन्। २०६४ सालको संविधानसभा सदस्य निर्वाचन, २०७० सालको संविधानसभा सदस्य निर्वाचन र २०७४ सालको संघीय संसदको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी सांसद बनेका थिए।
२०२६ सालमा विख्यात साहित्यकार बितेका पारिजात, समालोचक निनु चापागाईं, लेखक–संगीतकार–गायकहरु रामेश, रायन, मञ्जुललगायतले चलाएको बिद्रोही साहित्यिक - साङ्गितिक अभियान ‘राल्फा’बाट प्रभावित बनी २०३६ सालबाटै बिद्यार्थी आन्दोलनमा सक्रिय सहभागी बने। उनले त्यतिखेरबाटै साम्यवादी बिचारधारालाई अङ्गालिसकेका थिए । साम्यवादी आदर्शलाई अङ्गालेको २३ वर्षपछि उनले २०५९ सालमा साम्यवादी समाजको भ्रूर्णको रुपमा कम्युन निर्माण गर्ने दिशान्मुख सामुहिक वस्ती सुरुका लागि ‘आधारशिला’ सामुहिक वस्तीको स्थापना गरे । क्रान्तिकारी आन्दोलनमा लागेका १६ परिवारलाई आ–आफ्नो सम्पत्ति एकै ठाउँमा जम्मा गरी निर्माण गरिएको उक्त आधारशिलामा नै उनले जीवनका १५ वर्ष बिताइसकेका छन् । आम जनताका समस्याहरुलाई मसिनोसँग हेर्ने र त्यसलाई समाधानकालागि जनपरिचालन गर्न उच्च सिप हासिल गरेका पाखरेललाई उनी बस्ने सामुहिक वस्ती ‘आधारशिला’ रहेको क्षेत्र अर्थात् महोत्तरी क्षेत्र नं.१ का जनताले तीन पटक निर्वाचनमा जिताइसकेका छन्। २०६४ सालको संविधानसभा सदस्य निर्वाचन, २०७० सालको संविधानसभा सदस्य निर्वाचन र २०७४ सालको संघीय संसदको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी सांसद बनेका थिए। उनी २०६४ र २०६५ मा स्वास्थ्य मन्त्री बनेका थिए भने २०७२ सालमा शिक्षा मन्त्री बने त्यसपछी पनि २०७४ मा फेरी शिक्षा मन्त्री भए।
राजनीतिक यात्रा
तत्कालीन जनमोर्चा नेपालमा रहेका उनी पार्टी एकीकरणसँगै माओवादीमा छन्। नारायणकाजी श्रेष्ठसँगै माओवादीसँग पार्टी एकतामा आएर पटक-पटक मन्त्री पद पाउने भाग्यमानी नेताका रुपमा उनी चिनिन्छन् ।
१. २०३७ सालदेखि राजनीतिमा प्रवेश ।
२. २०६२/६३ को जनआन्दोलन लगत्तै माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ बैशाखमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पहिलो पटक पोखरेल स्वास्थ्यमन्त्री ।
३. २०६५ भदौमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा पोखरेल स्वास्थ्यमन्त्री ।
४. केपी ओली सरकारको नेतृत्वमा २०७२ मा शिक्षामन्त्री ।
५. कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा फेरी स्वास्थ्य मन्त्री ।
६. केपी ओली प्रधानमन्त्री हुदा फेरी शिक्षामन्त्री।
६. नेकपा (माओवादी केन्द्र)का सचिव र प्रमुख सचेतक समेत रहिसकेका छन्।