काठमाडाैँ - ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ कार्यक्रममा राप्ती इन्जिनियरिङ कलेजले अवार्ड प्राप्त गर्न सफल भएकाे छ। फेयर एक्प्रेस मिडियाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ कार्यक्रममा राप्ती इन्जिनियरिङ कलेजले नेपालकै उत्कृष्ट इञ्जिनियरिङ, म्यानेजमेन्ट एण्ड आइटी कलेजकाे अवार्ड प्राप्त गरेकाे हाे।
लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा अवस्थित ‘राप्ती इन्जिनियरिङ कलेज’ प्राविधिक र दक्षजनशक्ती उत्पादन गर्न सक्षम संस्थाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल छ। नेपालमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई अत्याधुनिक भौतिक, शैक्षिक पूर्वाधारसहित प्रविधिमैत्री शिक्षा प्रदान गर्न क्रियाशिल यस संस्था विद्यार्थीको रोजाइमा पर्न सफल छ।
पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित यस कलेजमा दक्ष अनुभवि शिक्षक हुनुका साथै विद्यार्थी मैत्री मनोरम वातावरण पनि छ। दाङ उपत्यका भित्र रहेको यस कलेजको क्षेत्रफल भित्र विद्यार्थीलाईं प्रयोगात्मक अभ्यासका लागि सहज वातावरण छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै प्रयोगात्मक क्रियाकलापमा जोड दिने गरेको ‘राप्ती ईन्जिनियरिङ कलेज’का प्राचार्य रेशम गिरीले जानकारी दिए। उनले भने,‘यस कलेज गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिवद्ध छ।
विगतमा पनि सूचना प्रविधिको क्षेत्रमा दक्षजनशक्ती उत्पादन गर्न सक्षम भएकै कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न यस कलेज सक्षम भएको छ। हामीले गुणस्तरीय शिक्षासँगै यहाँका उत्पादनलाई रोजगार बजारमा जोड्ने सवालमा पनि सँगै हुन्छौ। यहाँका उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन्।
यसले लुम्बिनी प्रदेशमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ। विसं २०६४ मा स्थापना भएको यस कलेज शैक्षिक उत्कृष्टता र बौद्धिक विविधताको समिश्रण बन्न सफल छ। यस कलेजले गुणस्तरीय र समयानुकुल शिक्षामा जोड दिदैँ आएको छ।
यस कलेजले व्यवस्थापन संकाय अन्तरगत ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर इन बिजनेश एडमिनिस्ट्रेसन (बीबीए) र कम्प्युटर विषय अन्र्तगत कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ विषय अध्यापन गराउनुका साथै इन्जिनियरिङमा डिप्लोमा, सर्भे इन्जिनियरिङ प्रि-डिप्लोमा, सिभिल इन्जिनियरिङ प्रि–डिप्लोमा र इलेक्ट्रिकल इन्जिनियरिङ अन्तर्गत इलेक्ट्रोनिक्सका विषयहरू अध्यापन हुन्छ। यस कलेजमा विद्यार्थीहरूले शान्त वातावरणमा प्रविधिमैत्री भवन तथा कक्षाकोठामा शैद्धान्तिक र प्रयोगात्मक शिक्षा लिने अवसर प्राप्त गर्छन्।