काठमाडाैँ - फेयर एक्प्रेस मिडियाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ सफलता पूर्वक सम्पन्न भएको छ। काठमाडौँ हात्तीसार स्थित नेपाल हाउसमा आयोजित एक समारोहकाबीच अवार्डको ' ग्रान्ड सक्सेस सेरेमोनी ' कार्यक्रम सम्पन्न गरिएको हो। समारोहको विशेष अथितिमा बिशिष्ट कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठकाे उपस्थिति रहेकाे थियाे।
‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ आयोजना गर्नको लागि सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यावाद प्रदान गर्ने र अवार्ड कार्यक्रमकाे प्रतिक्रिया लिने उद्देश्यले कार्यक्रमकाे आयोजना गरिएकाे हाे। यस सक्सेस सेरेमोनिमा अतिथिमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द खनाल, नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, गायक डेभिट शंकर, गायिका देबिमा बन्धना, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराइकाे उपस्थिति रहेकाे थियाे।

यस समारोहमा ४० विधामा अवार्ड प्राप्त गर्ने संस्थाहरु मध्य 'वेष्ट मल्टिडेस्टिनेशन एजुकेशन कन्सल्टेन्सी' विधामा अवार्ड प्राप्त गर्ने केआईईसी प्रा.लिलाई अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रममा बाेल्दै फेयर एक्सप्रेस मासिकका प्रधान सम्पादक विपिन पोखरेलले कार्यक्रममा उपस्थित रहेका अथितिहरुलाई धन्यावाद ज्ञापन गर्दे यस ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ कार्यक्रमले शिक्षा क्षेत्रमा राम्राे गर्ने शैक्षिक संस्थाहरुलाई हौसला प्रदान गर्ने बताए। उनले यस कार्यक्रममा सहयोग गर्ने प्रायोजक, सह प्रायोजक र सहयोगी सम्पूर्ण संस्थाहरुलाई धन्यवाद् दिँदै आभार प्रकट गरे। उनले यस खालको कार्यक्रमले शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको र वार्षिक रुपको यस्तै कार्यक्रमको आयोजना गर्ने बताए।

अवार्ड कार्यक्रममा नेपाल टेलिकमको मुख्य प्रायोजन र ईडीयु सवाल डट कमसँगको सहकार्यमा आयोजना गरिएको हाे। उक्त कार्यक्रमको अन्तराष्ट्रिय शैक्षिक साझेदारको रुपमा युएयीको क्वान्टम युर्निभर्सिटि कलेज र माल्टाको मलिटा ईन्टरनेशनल कलेज रहेका थिए। यस्तै नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सुचना प्रविधि शिक्षा प्रदान गर्दै आएको टेक्सपायर कलेज सह प्रायोजकको रुपमा रहेको थियो।
कार्यक्रमको प्रायोजकहरुमा शिक्षालय कलेज, मोर्डन ईन्स्टिच्युट अफ टेक्नोलोजि(एमआईटी) कलेज, मीड भ्याली स्कुल÷कलेज, गोरेटो एजुकेशनल कन्सलटेन्सि र आसाहि ईन्टरनेशनल कन्सलटेन्सि रहेका थिए। यस्तै एअरलाईन्स पार्टनरमा नेपाल एअरलाईन्स, ट्राभल्स पार्टनरमा एल्मिरा ईन्टरनेशनल ट्राभल्स एण्ड टुर, वार्डरोब पार्टनरमा द ह्यारी कलेक्सन, वालेट पार्टनरमा सीटी पे, एभिएसन स्टडी पार्टनरमा नर्दन लाईट एकडेमी अफ एभिएसन एण्ड टेक्नोलोजि (न्याट), हेल्थ ल्याब पार्टनरमा नेपाल ल्याब हाउस, एड्भटाइजिङ पार्टनरमा आईकोर एकेडेमी र टेलिभिजन पार्टनरमा मेघा टेलिभिजन रहेको थियो।


