काठमाडाैँ- लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा अवस्थित ‘राप्ती इन्जिनियरिङ कलेज’ प्राविधिक र दक्षजनशक्ती उत्पादन गर्न सक्षम संस्थाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल छ। फेयर एक्प्रेस मिडियाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ कार्यक्रममा यस कलेज नेपालकै उत्कृष्ट इञ्जिनियरिङ, म्यानेजमेन्ट एण्ड आइटी कलेजकाे अवार्ड प्राप्त गर्न सफल भएकाे छ।

नेपालमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई अत्याधुनिक भौतिक, शैक्षिक पूर्वाधारसहित प्रविधिमैत्री शिक्षा प्रदान गर्न क्रियाशिल यस संस्था विद्यार्थीको रोजाइमा पर्न सफल छ। पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित यस कलेजमा दक्ष अनुभवि शिक्षक हुनुका साथै विद्यार्थी मैत्री मनोरम वातावरण पनि छ।
दाङ उपत्यका भित्र रहेको यस कलेजको क्षेत्रफल भित्र विद्यार्थीलाईं प्रयोगात्मक अभ्यासका लागि सहज वातावरण छ। विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै प्रयोगात्मक क्रियाकलापमा जोड दिने गरेको ‘राप्ती ईन्जिनियरिङ कलेज’का प्राचार्य रेशम गिरीले जानकारी दिए। उनले भने,‘यस कलेज गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिवद्ध छ। विगतमा पनि सूचना प्रविधिको क्षेत्रमा दक्षजनशक्ती उत्पादन गर्न सक्षम भएकै कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न यस कलेज सक्षम भएको छ। हामीले गुणस्तरीय शिक्षासँगै यहाँका उत्पादनलाई रोजगार बजारमा जोड्ने सवालमा पनि सँगै हुन्छौ। यहाँका उत्पादनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन्।
यसले लुम्बिनी प्रदेशमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ। विसं २०६४ मा स्थापना भएको यस कलेज शैक्षिक उत्कृष्टता र बौद्धिक विविधताको समिश्रण बन्न सफल छ। यस कलेजले गुणस्तरीय र समयानुकुल शिक्षामा जोड दिदैँ आएको छ।
यस कलेजले व्यवस्थापन संकाय अन्तरगत ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), ब्याचलर इन बिजनेश एडमिनिस्ट्रेसन (बीबीए) र कम्प्युटर विषय अन्र्तगत कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ विषय अध्यापन गराउनुका साथै इन्जिनियरिङमा डिप्लोमा, सर्भे इन्जिनियरिङ प्रि–डिप्लोमा, सिभिल इन्जिनियरिङ प्रि–डिप्लोमा र इलेक्ट्रिकल इन्जिनियरिङ अन्तर्गत इलेक्ट्रोनिक्सका विषयहरू अध्यापन हुन्छ। यस कलेजमा विद्यार्थीहरूले शान्त वातावरणमा प्रविधिमैत्री भवन तथा कक्षाकोठामा शैद्धान्तिक र प्रयोगात्मक शिक्षा लिने अवसर प्राप्त गर्छन्।
राप्ति इन्जिनियरिङ कलेजले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्नमा ध्यान केन्द्रित गरेको प्राचार्य गिरीको भनाइ छ। ‘अन्तर्राष्ट्रिय स्तरको प्राविधिक शिक्षा राष्ट्र र आधुनिक युगको माग हो। जसले प्रतिभाहरूलाई वास्तवमै प्राविधिकमा रूपान्तरण गर्दछ।’, उनी भन्छन्, ‘आरइसीले प्रदान गरको सान्दर्भिक उच्च गुणस्तरीय शिक्षाको कारण नै विद्यार्थी र अभिभावकले इन्जिनियरिङ तथा प्राविधिक शिक्षाको लागि उत्कृष्टताको केन्द्रको रूपमा आरइसीलाई मान्दैँ आएका छन्।’
राप्ति इन्जिनियरिङ कलेजले राष्ट्रिय अग्रणी विश्वविद्यालय र कलेजहरूसँग सहकार्य गर्दै आएको र शिक्षक तथा कलेजका सम्पूर्ण टिमले नै व्यवहारिक शिक्षामा जोड दिदैँ आएको उनको भनाइ छ।

राप्ती इन्जिनियरिङ कलेज नै किन ?
इन्जिनियरिङ क्षेत्रका कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक हुनुका साथै शान्त, उत्प्रेरक एवमं विद्यार्थीमैत्री वातावरण भएकाले यस कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
यस कलेजले इन्जिनियर बन्ने सपना बोकेका इमान्दार, जेहेन्दार विद्यार्थी जसको आर्थिक अवस्था कमजोर रहेको छ भने उनीहरूलाई छात्रावृत्तिको व्यवस्था गरेको छ। त्यसकारण लुम्बिनि प्रदेशमा मध्यम आर्थिक अवस्था भएका विद्यार्थीहरूका लागि उत्कृष्ट अध्ययन केन्द्र बन्न सफल छ।
इन्जिनियरिङ विषय अध्ययन गर्न राजधानीका कलेजहरूले निकै महँगो शैक्षिक शुल्क लिने भएकाले राजधानी बाहिर दाङ घोरहीमा रहेको राप्ती इन्जिनियरिङ कलेजले विद्यार्थी तथा अभिभावकलाई सहुलियत शुल्कमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको छ।
यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्राप्त हुन्छ। राप्ति इन्जिनियरिङ कलेजको मुख्य उद्देश्य विद्यार्थीहरूसँग सामेल हुदैँ प्रत्येक व्यक्तिको मर्यादालाई सम्मान गर्दैँ विद्यार्थीहरूको पृष्ठभूमि र लक्ष्यहरूलाई मूल्यवान बनाउनु हो। विद्यार्थीहरूलाई राष्ट्रिय र विश्वव्यापी बजारको उच्च गुणस्तर शिक्षा प्रदान गर्दै भावी पुस्ताको सपनाको कलेज बनाउनु नै राप्ती इन्जिनियरिङ कलेजको मुख्य उदेश्य हो।
अतिरिक्त क्रियाकलापमा जोड
राप्ती इन्जिनियरिङ कलेजले विद्यार्थीलाई पढाइका अलावा पनि खेलकुद, कला साहित्य लगायत कम्प्युटर, बुट क्याम्प, अन्तरक्रिया, साइबर सेक्युरिटि जस्ता थुप्रै तालिमहरू प्रदान गर्दे विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ।
अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधार
राप्ति इन्जिनियरिङ कलेजमा स्वस्थ र स्वच्छ वातावरण, सुसज्जित डिजिटल कक्षाकोठा, खेलकुदका लागि आवश्यक पूर्वाधार, पुस्तकालय, कम्प्युटर ल्याब जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। विद्यार्थीहरूको प्रतिभा विकास गर्र्ने उद्देश्यले यस कलेजले विद्यार्थीको अतिरिक्त क्रियाकलाप केन्द्रित क्लबको गठन गरेको छ।
छात्रवृत्तिको व्यवस्था
राप्ति इन्जिनियरिङ कलेजले इन्जिनियरिङ र व्यवस्थापन शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार, आर्थिक रुपमा विपन्न, विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ। यस कलेजले विद्यार्थीको क्षमता, आन्तरिक परीक्षामा ल्याएको नतिजाको आधारमा पनि विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँछ।
