काठमाडाैँ - फेयर एक्प्रेस मिडियाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ सम्पन्न भएको छ। काठमाडाैँमा एक समारोहका बीच आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ६ जना व्यक्तिहरुलाई सम्मान गर्नुका साथै ४० विभिन्न विधाका उत्कृष्ट शिक्षण संस्थाहरुलाई पुरस्कृत गरिएको हो।
नेपाल टेलिकमको मुख्य प्रायोजन रहेको अवार्ड कार्यक्रममा ईडीयु सवाल डट कमसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमलाई स्वदेशी तथा विदेशी संघ संस्थाहरुले प्रायोजन गरेका थिए। उक्त कार्यक्रमको अन्तराष्ट्रिय शैक्षिक साझेदारको रुपमा युएयीको क्वान्टम युर्निभर्सिटि कलेज र माल्टाको मलिटा ईन्टरनेशनल कलेज रहेका थिए। यस्तै नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सुचना प्रविधि शिक्षा प्रदान गर्दै आएको टेक्सपायर कलेज सह प्रायोजकको रुपमा रहेको थियो।
कार्यक्रमको प्रायोजकहरुमा शिक्षालय कलेज, मोर्डन ईन्स्टिच्युट अफ टेक्नोलोजि(एमआईटी) कलेज, मीड भ्याली स्कुल÷कलेज, गोरेटो एजुकेशनल कन्सलटेन्सि र आसाहि ईन्टरनेशनल कन्सलटेन्सि रहेका थिए। यस्तै एअरलाईन्स पार्टनरमा नेपाल एअरलाईन्स, ट्राभल्स पार्टनरमा एल्मिरा ईन्टरनेशनल ट्राभल्स एण्ड टुर, वार्डरोब पार्टनरमा द ह्यारी कलेक्सन, वालेट पार्टनरमा सीटी पे, एभिएसन स्टडी पार्टनरमा नर्दन लाईट एकडेमी अफ एभिएसन एण्ड टेक्नोलोजि (न्याट), हेल्थ ल्याब पार्टनरमा नेपाल ल्याब हाउस, एड्भटाइजिङ पार्टनरमा आईकोर एकेडेमी र टेलिभिजन पार्टनरमा मेघा टेलिभिजन रहेको थियो।
यस्तै कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन), नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ (फेस नेपाल), नेपाल शैक्षिक परामर्श संघ (ईक्यान), नेपाल अन्तराष्ट्रिय शिक्षा प्रबद्र्धक प्रतिनिधि (आईरीन), शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (ईप्क्यान), जापानिज भाषा स्कुल संघ, नेपाल (जाल्सान), कोरिया शैक्षिक परामर्श संघ, नेपाल (केइक्यान), सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एइक्यान), ईन्टरनेशनल एजुकेशन प्रोभाईडर्स एसोसियसन अफ नेपाल (आईप्यान), कार्यक्रम व्यवस्थापन संघ, नेपाल (ईमान) संस्थाहरुको सहकार्य रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति सम्माननीय रामवरण यादव, त्यस्त प्रतिनिधिसभाको शिक्षा विज्ञान तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापा, प्रतिनिधि सभा सदस्य दीपा शर्मा, प्रतिनिधि सभा सदस्य एवं माननीय लगायतका पूर्व सचिव भिम उपाध्याय, माईती नेपालका संस्थापक पद्यश्री अनुराधा कोईराला, बसुन्धारा भुषालको उपस्थिति रहेको थियो।

समारोहमा ‘नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ’ भन्ने घोषणा गरिएको थियो। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, शिक्षा, स्वास्थ तथा सूचना प्रविधि संसदीय समितिका सभापति अम्बर बहादुर थापा, शिक्षाविद् विद्यानाथ कोइराला, राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष महाश्रम शर्मा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द खनाल तथा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसिले ‘नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ’ लेखिएको पम्पेल्टको प्रदर्शन गरी उक्त घोषणा गरेका हुन्।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ६ जना व्यक्ति सम्मानित भएका थिए। सम्मान प्राप्त गर्नेमा भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थी, शिक्षासेवी इ. डा. मिथिलेस कुमार झा, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल पूर्व अध्यक्ष राजेन्द्र बराल, शिक्षाकर्मी डा.देवकान्त जोशी, शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल तथा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो।

समारोह कार्यक्रममा पुर्व राष्ट्रपति रामवरण यादवले आफु जन्मदा राणा शासन, हुर्कदा पञ्चायतको प्रतिगमन रहेको अवस्थामा समयभन्दा आफ्नो गाउँमा विद्यालय नभएकोमा अहिले धेरै परिवर्तन भएको अनुभव सुनाए। यादवले आजको समयमा फर्केर हेर्दा राष्ट्रपति हुँदा धेरै विद्यालयको स्वर्ण जयन्ती मनाएकोले २००७ साल, २०४६ साल र २०६२÷०६३ सालपछि शिक्षामा धेरै परिवर्तन भएको बताए। उनले देशमा केही शिक्षालय राम्रो भएपनि देशभरका सबै शैक्षिक संस्था राम्रो बनाउनुपर्ने बताए।अहिले गाउँगाउँमा स्कुल कलेज खुलेको र गुणस्तरीय बनाउँदै नियमन गर्नुपर्ने, नयाँ शिक्षा विधेयकमा सातै प्रदेशका हरेक शैक्षिक सरोकारवालाहरुसँग सुझाव लिएर विधेयक पास गर्नुपर्ने र शिक्षा क्षेत्रमा विधेयककै कारण आन्दोलन भएकोले यसलाई सम्बोधन गर्नुपर्ने यादवले बताए।
यादवले भने, ‘अहिलेको नेपालका बालबालिकाले दुनियाँको विषयमा धेरै बुझेको तर देशको बारेमा कम बुझेका देखिन्छ। देशको राजनीतिक इतिहासको विषयमा धेरै बालबालिकाले दुइ पेजले लेख्न नसक्ने अवस्था छ। यसको दोष बालबालिकाहरुलाई मात्रै होइन राज्यलाई दिनुपर्छ। अबको समयमा राज्यले विद्यालय शिक्षामा रहेको सामाजिक विषयमा भूगोल, इतिहास, राजनीति, इतिहासका विषय राखिएन भने रोवोट बनेर मात्र हुँदैन। देश नबुझ्ने व्यक्ति उत्पादन गरेर देश कसरी बनाउँन सकिन्छ।’ यादवले नेपाल सानो नभएको, मुलुकको विविधता धेरै भएकोले ठूलो देशको बीचमा भएरमात्र सानो देखिएको बताए। यादवले भने, ‘ देशको रिसोर्स क्षमता अनुसार विकास भएको छैन। हर ठाउँमा डोजर लगाइएको छ। चुरेको जंगल समाप्त भएको छ। नदीनाला दोहन भइरहेको छ। जनप्रतिनिधिहरु क्रसर उद्योगसँग जोडिएकोले हाउसमा छलफल नै हुँदैन। हिमालको लागि तराई आधार हो।जंगल फेरी ल्याउन सकिएला, पेट्रोल किनेर ल्याउन सकिएला तर पहाड फोरिएपछि पानीको मुहान र आधार ल्याउन सकिदैँन। त्यसैले यो विषयमा शिक्षा हरेक बालबालिका र युवामा दिनुपर्छ।’

समारोहमा विभिन्न ४० विधाका उत्कृष्ट शिक्षण संस्थाहरु पुरस्कृत भएका थिए। जसमा २० विधामा नेपालका माध्यमिक तथा उच्च शिक्षा अध्ययन गराइरहेका स्कुल ÷कलेज र २० विधामा विदेश अध्ययनका लागि सहकार्य गर्ने एजुकेशन कन्सल्टेन्सीहरु पुरस्कृत भएका थिए। पुरस्कृत हुनेमा विश्व निकेतन माध्यमिक विद्यालय नेपालको सर्वाेत्कृष्ट विद्यालय र नेपालको सर्वाेत्कृष्ट परामर्शदातृमा द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी घोषित भएको थियो।

यसैगरी वेष्ट प्लस टु विद्यालय÷कलेजमा विधामा काठमाडौँ मोडल कलेज, वेष्ट साइन्स प्लस टु विधामा सेन्ट जेवियर्स कलेज, वेष्ट म्यानेजमेन्ट प्लस टुमा ग्लोबल कलेज अफ म्यानेजमेन्ट, इमर्जिङ प्लस टु विधामा मनास्लु वल्र्ड स्कुल, वेष्ट एकेडेमिक पफरमेन्स प्लु टु विधामा लिभरपुल इन्टरनेशनल कलेज, वेष्ट प्लस टु इन काठमाडौँ भ्याली विधामा ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुल पुरस्कृत भएको थियो। त्यस्तै वेष्ट म्यानेजमेन्ट प्लस टु इन काठमाडौं भ्याली विधामा समृद्धि स्कुल, वेष्ट स्कुल÷कलेज इन एजुकेशनल एक्टिभिजिटबाट भि.एस. निकेतन एजुकेशन फाउण्डेशन, वेष्ट म्यानेजमेन्ट कलेज विधामा शंकरदेव क्याम्पस, वेष्ट आइटी कलेजबाट काठमाडौँ वर्नहार्ट कलेज, वेष्ट हेल्थ साइन्स कलेजबाट सिआइएसटी कलेज, वेष्ट इञ्जिनियरिङ कलेज विधामा काठमाडौं इञ्जिनिरयरिङ कलेज, वेष्ट कम्युटर इञ्जिनियरिङ कलेज विधामा एडभान्स कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट, वेष्ट इञ्जिनियरिङ, म्यानेजमेन्ट एण्ड आइटी कलेजबाट राप्ती इञ्जिनियरिङ कलेज, वेष्ट इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजबाट हिमालयन व्हाइट हाउस इन्टरनेशनल कलेज पुरस्कृत भएका थिए।
त्यसैगरी बायोमेडिकल इञ्जिनियरिङ कलेज विधामा नेशनल कलेज अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी, वेष्ट हस्पिट्यालिटी, म्यानेजमेन्ट एण्ड इमर्जिङ आइटी कलेज विधामा क्वेष्ट इन्टरनेशनल कलेज, वेष्ट होटल म्यानेजमेन्ट कलेज विधामा एसियन इन्टिच्यूट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटीएम), पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा लर्ड बुद्ध एजुकेशन फाउण्डेशन पुरस्कृत भएका हुन्।

पुरस्कृत हुने मध्य भाइव्रेन्ट एजुकेशनल एसोसिएसन अफ नेपाल विधामा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) घोषित भएको हो।
यस बाहेक विदेश अध्ययन परामर्शदातृहरु मध्य वेष्ट एजुकेशन कन्सल्टेन्सी फ्रम नेपाल इन ग्लोबल एरिनाबाट ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन, वेष्ट मल्टिडेस्टिनेशन एजुकेशन कन्सल्टेन्सी इन नेपालबाट केआइइसी प्रा.लि., वेष्ट एजुकेशन कन्सल्टेन्सी फर क्यारियर एण्ड एजुकेशन गाइडेन्सबाट अल्टिमेट कन्सल्टेन्सी एण्ड एड्भाइजरी नेटवर्क (युक्यान), वेष्ट इमर्जिङ एजुकेशन कन्सल्टेन्सी इन नेपालबाट वेद एजुकेशनल इन्टरनेशनल कन्सल्टेन्सी, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन अष्ट्रेलियाबाट कंगारु एजुकेशन फाउण्डेशन पुरस्कृत भएका हुन्।

त्यस्तै वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन यूरोप विधामा फ्र्ंयाक्लिन एजुकेशन एण्ड मार्केटिङ कन्सल्टेन्सी, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन युके विधामा राइट पाथ क्यारियर काउन्सिलिङ सेन्टर, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन क्यानडा विधामा इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर (आइसिसिसि), वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन जापान विधामा ओपन भिजन एजुकेशन फाउण्डेशन तथा वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन न्यूजिल्याण्ड विधामा एक्सेस एजुकेशन नेटवर्क पुरस्कृत भएका हुन्।
वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन युएसएबाट अर्विट इन्टरनेशनल एजुकेशन, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन इन्डियाबाट इन्डो वल्र्ड एजुकेशन कन्सल्टेन्स, कन्सल्टेन्सी अफ दि इयरबाट हब इन्टरनेशनल एजुकेशन, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी अब्रोड एण्ड एकेडेमिक काउन्सिलिङ विधामा ओली एण्ड एसोसिएट्स, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन चाइनाबाट न्यूटन साइन्स काउन्सिलिङ इन्टिच्यूट, वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन कोरियाबाट इंलिसर्स प्रा.लि.ले पुरस्कार प्राप्त गरेका हुन्। त्यस्तै, एक्सिलेन्स इन्टरनेशनल एजुकेशन काउन्सिलिङ विधामा सायोन इन्टरनेशनल एजुकेशनका सुधिरराज खड्का पुरस्कृत भएका थिए भने आउटस्ट्याण्डिङ कन्ट्रिब्यूसन टु द डेभलेपमेन्ट अफ युके एजुकेशन विधामा इडियु ब्रिज कन्सल्टेन्सीका योगेस क्षेत्रीले पुरस्कार प्राप्त गरेका हुन्।

कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय सभापति थापाले शिक्षा भनेको ज्ञान हो र यसलाई प्राप्ति र उत्तरदायित्वसँग जोड्नुपर्ने बताए। उनले २०२८ सालको शिक्षा ऐनभन्दा अघि शिक्षाले सर्टिफिकेटको कुरा नगरिएको तर अहिले अहिले सर्टिफिकेट मात्र हेर्ने र डिग्री बोक्नुपर्ने विषय केन्द्रित हुनु र जागिर खाने शिक्षा बनेकोे बताए। राज्यले डिग्री मात्र लिने प्रवृत्ति थाम्न नसकेकोले खाडीतर्फ जाने मान्छेको सख्या बढेको थापाले बताए।
थापाले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी खाडी जाने र निजी शिक्षालयमा पढ्ने यूरोप, अमेरिका जाने प्रवृत्तिको अन्त्य गर्न जरुरी भएकोले समितिले नयाँ शिक्षा विधेयकमा गरिखाने वातावरण दिने शिक्षाको विषयमा ध्यान दिएको जानकारी दिए । समितिमा सुझाव लिने क्रम रहेकोले सुझावका लागि समितिमा आउन शिक्षाका सरोकारवालालाई सभापति थापाले आग्रह समेत गरे।

पूर्व सचिव तथा भाषा आयोगमा पूर्व अध्यक्ष डा. लवदेव अवस्थीले नेपालमा शिक्षाको सम्मानको हकदार नेपाली अभिभावक रहेको र विशेषगरी आमाहरु रहेकोले भन्दै आफुले प्राप्त गरेको सम्मान आमाहरु प्रति समर्पित गरे। अवस्थीले हाल एसइई परीक्षामा छात्रा, दलित र अपांगता भएका व्यक्तिहरुको उपस्थिति राम्रो भएकोले यो सकारात्मक सन्देश रहेको बताए। उनले कक्षाकोठाको आत्मियता कम भएको निरश भएकोले यसलाई रसिलो बनाउनुपर्नेमो जोड दिए।देशमा सामाजिक दुरी बढेकोले यसलाई कम गर्दै पुनः जोड्नतर्फ लाग्नुपर्ने, हाम्रो मौलिक भाषाको विरासत पुनः फर्काउदैं पुर्नप्राप्तिमा ध्यान दिनुपर्ने उनको भनाई थियो।

आयोजक संस्था फेयर एक्प्रेस मिडियाका प्रबन्ध निर्देशक राजेन्द्र लुईटेलले कार्यक्रममा उपस्थित रहेका अथितिहरुलाई धन्यावाद ज्ञापन गर्दे फेयर एक्सप्रेस मिडियाले विगत ९ वर्ष देखि फेयर एक्सप्रेस मासिक पत्रिका सञ्चालन गर्दै आएको र १० हजार भन्दा बढि संस्थागत ग्राहक बनाउनुका साथै सातवटै प्रदेशमा बितरणको संजाल बनाउन सफल भएको बताए।
उनले विशेष गरि शिक्षालाई मुलधार बनाएर यस फेयर एक्सप्रेस मासिक पत्रिका र इडियू सवाल डटकम अनलाइन न्यूज पोर्टले सञ्चालनमा ल्याएका बताए। उनले भने ‘ ‘नेपालमै गुणस्तरीय शिक्षा संभव छ’ घोषणा समारोह तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभएका विशिष्ट व्यक्ती एवं संस्थालाई सम्मान गर्ने कार्यक्रम राखेर हजुरहरुलाई हौसला प्रलान गर्न पाउँदा हामी आयोजक टिम अत्यन्तै खुसी छौँ। ’

फेयर एक्सप्रेसका प्रधान सम्पादक विपिन पोखरेलले कार्यक्रममा उपस्थित रहेका अथितिहरुलाई धन्यावाद ज्ञापन गर्दे कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा नेपाल टेलिकम तथा सहआयोजकको रुपमा इडियुसवाल रहेको जानकारी दिए। उनले यस खालको कार्यक्रमले शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको र वार्षिक रुपको यस्तै कार्यक्रमको आयोजना गरि विभिन्न शैक्षिक संस्थाहरुलाई हौसला प्रदान गर्ने बताए।
पोखरेलले यस संस्थाले जनउत्तरदायि भूमिका निर्वाह गर्ने सञ्चारमाध्यमको धर्मलाई पालना गर्दे विभिन्न व्यक्ती र संघ संस्थाको प्रोफाइलको आधारमा विगत एक वर्षदेखिको गतिविधिलाई नियालेर निकालेको विवरणलाई विज्ञ समक्ष पेस गरि आएकोे अन्तिम निचोडलाई जस्ताको त्यस्तै प्रस्तुत गरि छनोट तथा सम्मान गरेको बताए।

कार्यक्रममा गायकहरु टि.बि शंकर, यमन श्रेष्ठ, डान्सर बबिता पोखरेल सहित विभिन्न कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा कलंकी स्थित एलआरआई स्कुल र समृद्धी स्कुलका विद्यार्थीले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए।



यस ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ समारोह कार्यक्रम पुर्व मिस नेपाल २००५, सुगरिका सनत केसीले सञ्चालन गरेकी थिईन्।
