काठमाडाैँ - काठमाडौँको बागबजारस्थित सायोन इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी ‘फेयर ईन्टर्रनेशनल एजुकेशनल अर्वाड २०२५’ मा पुरस्कृत भएकाे छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेकाे ‘फेयर ईन्टरनेशनल एजुकेशनल अर्वाड २०२५’मा सायोन इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीले नेपालको उत्कृष्ट ' एक्सिलेन्स इन इन्टरनेशनेल एजुकेशन काउन्सिलिङ, गाइडेन्स एण्ड सपोर्ट ' विधामा पुरस्कृत भएको हो।
सायोन इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी काठमाडौँ बागबजारमा अवस्थित रहेको छ। सायोन वि.सं २०६९ सालमा कम्पनी रजिष्ट्रार कार्यालयबाट सम्बन्धन प्राप्त कन्सल्टेन्सी हो। यस कन्सल्टेन्सिले नेपालमा काठमाडौँ बागबजार, विदेशमा अष्ट्रेलिया र यूकेमा संस्थाको कार्यालय स्थापना गरेको छ। सायोनमा २ जना भाषा शिक्षक र १३ जना कर्मचारी कार्यरत छन्।
यस संस्थाले अन्तर्राष्ट्रिय उच्च शिक्षा अध्ययनको लागि आवश्यक पर्ने अंग्रेजीकक्षा, कम्प्युटर कक्षा र अन्य भाषा कक्षा सञ्चालन गर्दै आएको छ। सायोन नेपालमा ‘ग्लोबल एजुकेशन’ को क्षेत्रमा अग्रणी स्थानमा रहने कन्सलटेन्सि हो। यस कन्सलटेन्सिले अष्ट्रेलिया, यूके, अमेरिका, न्यूजिल्यान्ड, दक्षिण कोरिया, जापान, क्यानडा, भारत, जर्मनी, डेनमार्क, पोर्चुगल जस्ता विभिन्न देशहरुमा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि पठाउने गरेको छ।
सायोनले गतवर्ष अष्ट्रेलियामा १० जना, यूकेमा ८ जना, दक्षिण कोरियामा ३ जना, क्यानडामा ५ जना र अमेरिकामा ९० जना भन्दा बढी विद्यार्थीउच्च शिक्षाको अध्ययनको लागि पठाएको थियो। सायोन अन्तर्राष्ट्रिय शैक्षिककेन्द्रबाट मान्यता प्राप्त कन्सलटेन्सि हो। सर्टिफाईड, अनुभवी र स्वयम् वैदेशिक शिक्षा हासिल गरेका काउन्सिलरबाट परामर्श प्रदान गरी विद्यार्थीहरुलाई भिसा सर्भिसबारे सत्यतथ्य जानकारी प्रदान गर्नु सायोन कन्सल्टेन्सीको फरक विशेषता हो।
यस कन्सल्टेन्सीबाट पठाएका विद्यार्थीहरु अष्ट्रेलिया, यूके, अमेरिका जस्ता विभिन्न देशहरुको विभिन्न यूनिभर्सिटिमा फूल स्कलरसिपमा अध्ययन गरिरहेका छन्। उत्कृष्ट परामर्श सेवा, व्यक्तिगत रुपमा प्रत्यक्ष काउन्सिलिङ, शुपथ मुल्यमा भिसा सर्भिसेस, सोही देशहरुमा अध्यनरत भाषा शिक्षकद्वारा अध्ययन हुने भएको कारण विद्यार्थीले उच्च शिक्षा अध्ययनको लागि सायोनलाई रोज्नुपर्ने सायोनका प्रबन्ध निर्देशक सुधिरराज खड्काले जानकारी दिए।