काठमाडाैँ - न्यूटाेनियन साइन्स काउन्सिलिङ इन्सटिच्यूटले नेपालको उत्कृष्ट चाइना अध्ययन विशेष शैक्षिक परामर्शदाताको अवार्ड प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ मा न्यूटाेनियनले नेपालको 'वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन चाइना' विधामा अवार्ड प्राप्त गरेको हो।
न्यूटोनियनसाइन्स काउन्सिलिङ इन्स्टिच्युट काठमाडौँ पुतलिसडककाे न्यूप्लाजामा अवस्थित रहेको छ। यस संस्थाले चीनको सरकारी विश्वविद्यालयहरूमा चिकित्सा शिक्षाका लागि अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने गरेको छ। शिक्षा मन्त्रालयबाट सम्बन्धन प्राप्त यस संस्थाले एमबीबीएस पाठ्यक्रमका लागि चीनको विभिन्न यूनिभर्सिटीहरुमा विद्यार्थी भर्ना गर्ने गरेको छ। न्यूटोनियन चिकित्सा संस्थानहरूको प्रतिनिधित्व गर्ने नेपालको पुरानो प्रतिष्ठितइन्स्टिच्युट हो। यस संस्थामा ७ जना कर्मचारी कार्यरत छन्।

न्यूटोनियनसन् २००१ देखि सिचुआन विश्वविद्यालयको आधिकारिक प्रतिनिधि पनि हो। न्यूटोनियनले २०१२ मा अन्तर्राष्ट्रिय आर्क अफ युरोप अवार्ड प्राप्त गरेको छ। न्यूटोनियनले भर्ना गरेका अन्तर्राष्ट्रिय एमबीबीएसका १८ ब्याचका विद्यार्थीहरू सिचुआन विश्वविद्यालयबाट स्नातक भइसकेका छन् भने नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, मलेसिया, थाइल्याण्ड, तान्जानिया, बेलायत, अमेरिका आदि जस्ता विभिन्न देशहरूमा चिकित्सा अभ्यास गरिरहेका छन्।
न्यूटोनियनले गोआङ्जाउ मेडिकल युनिभर्सिटीमा ८ ब्याच र कुनमिङ मेडिकल युनिभर्सिटीमा ७ ब्याच अन्तर्राष्ट्रिय एमबीबीएसका विद्यार्थीहरू भर्ना गरिसकेको छ। न्यूटोनियनले हालसम्म सिचुआन विश्वविद्यालय, सनयाट–सेन विश्वविद्यालय, गोआङ्जाउ मेडिकल विश्वविद्यालय र कुनमिङ मेडिकल विश्वविद्यालयमाएक हजार भन्दा बढि अन्तर्राष्ट्रिय एमबीबीएस विद्यार्थी भर्ना गरिसकेको छ।
न्यूटोनियनले विगत १५ वर्षदेखि सिभिल, सफ्टवेयर, कम्प्यूटर, मेकानिकल, एरोनोटिकल इन्जिनियरिङका साथै व्यापार व्यवस्थापन, पर्यटन व्यवस्थापन, होटल व्यवस्थापन र अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विषयहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्ने गरेको छ।यस संस्थाको मुख्य उदेश्य चीनमा मेडिकल विश्वविद्यालयहरूमा पहुँचको सुविधा दिएर विश्वव्यापी रूपमा न्यूटोनियनलाई चिनाउने रहेको संस्थाका प्रबन्ध निर्देशक हेमबहादुर क्षेत्रीले जानकारी दिए।