काठमाडाैँ - काठमाडौँको पुतलिसडकमा रहेको इन्डो वर्ल्ड एजुकेशनल कन्सल्टेन्सीले नेपालको उत्कृष्ट परामर्शदातृ संस्थाको अवार्ड प्राप्त गरेको छ।
फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ मा विगत २० वर्षदेखि सेेवा प्रदान गर्दै आएको इन्डो वर्ल्ड एजुकेशन कन्सल्टेन्सीले 'वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन इन्डिया' विधामा अवार्ड प्राप्त गरेको हो।
उच्च शिक्षा अध्ययनको लागि भारत जान चाहने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएको इन्डो वर्ल्ड एजुकेशनल कन्सल्टेन्सीले शिक्षा मन्त्रालयबाट २०७२ सालमा सम्बन्धन प्राप्त गरेको हो। यस कन्सलटेन्सीले सन् २००६ देखि भारत अध्ययनमा जाने विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आएको छ।
यस संस्थाले भारतको प्रतिष्ठित विश्वविद्यालयहरू शिक्षा ओ अनुसन्धान युनिभर्सिटी, थापर युनिभर्सिटी, सिम्बायोसिस युनिभर्सिटी, क्राइस्ट युनिभर्सिटी, निम्स युनिभर्सिटी साथै शिक्षणशुल्क छात्रवृत्तिमा श्री रामाकृष्ण ईन्जिनियरिङ कलेज र राजालक्ष्मी इन्स्टिच्युट अफ टेक्नोलोजी लगायतका शिक्षणसंस्थाहरूमा विद्यार्थी पठाउने गरेको छ। उक्त संस्थाले विगत १९ वर्षमा भारतका ४५ भन्दा बढी विश्वविद्यालय र १५० भन्दा बढी कलेजहरुसँग विद्यार्थी भर्ना गरेको अनुभव छ।
भारतमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएकोे इन्डो वर्ल्ड एजुकेशनले विशेष गरी विद्यार्थीहरुलाई भारत शैक्षिक गन्तव्यको लागि मागदर्शन देखाउँदै आएको छ।
सन् २००६ सालदेखि भारतलाई मुख्य गन्तव्य बनाएर उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी पठाउने गरेको र भारतमा नेपालको शैक्षिक क्षेत्रको परिचर्चा गर्दै आउनु यस कन्सलटेन्सिको फरक विशेषता हो।
यस कन्सलटेन्सिमा अध्ययनरत विद्यार्थीहरु विश्वको विभिन्न मुलुक र भारतका सरकारी तथा गैरसरकारी संस्थाहरुमा कार्यरत छन्। यस संस्थाले भारतमा अध्ययनको लागि जाने विद्यार्थीलाई आवश्यक वातावरण, शैक्षिक नीति, विश्वविद्यालयको भौतिक शैक्षिक पूर्वाधार, छात्रवृत्ति, आवेदन प्रक्रिया लगायतका विषयबारे विद्यार्थीलाई सत्य तथ्य जानकारी प्रदान गर्दै आएको छ।

सत्य–तथ्य सूचना सम्प्रेषण गर्दै, शैक्षिक गन्तव्यबारे गहिराइमा अनुसन्धान गरेर भारतको बसोबास र शिक्षा प्रणालीलाई बुझाइमा सहज बनाइदिएको कारण नै इन्डो वर्ल्ड नेपालबाट भारत पठाउने कन्सलटेन्सिहरु मध्ये अग्रणी स्थानमा छ।
सर्टिफाइड परामर्शदाता, दशक भन्दा लामो अनुभवी कर्मचारी, नियमित भारत अध्यागमन परामर्शदाता, व्यक्तिगत मागदर्शन, धेरै संस्था र कार्यक्रमहरुको विकल्प र प्राइम लोकेशनको कारण विद्यार्थीहरुले भारत अध्ययनको लागि ईन्डो वर्ल्डलाई रोज्नुपर्ने प्रबन्ध निर्देशक शिवप्रसाद अर्यालले जानकारी दिए।