काठमाडाैँ - राइटपाथ करियर काउन्सिलिङले युके अध्ययनको लागि नेपालकै उत्कृष्ट शैक्षिक परामर्शदातृ संस्थाकाे अवार्ड प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ मा राइटपाथले नेपालको 'वेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन युके' काे अवार्ड प्राप्त गरेको हो। राइटपाथले पछिल्लो वर्ष यूकेमा मात्र ३५० जना भन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि पठाएको थियो।
राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय काठमाडौँको पुतलिसडकमा रहेको छ। नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको लागि सही परामर्श दिदैँ आएको राइटपाथ एजुकेसन सन् २०१६ मा स्थापना भएको हो। राइटपाथले नेपालभित्र काठमाडौँ पुतलिसडक र बानेश्वरमा मुख्य शाखा सहित ललितपुर, पोखरा, चितवन, धनगढी, बुटवल, दाङ, ईटहरी, हेटौँडा र अन्तर्राष्ट्रिय रुपमा ईन्डियामा संस्थाको शाखा विस्तार गरेको छ। यस संस्थामा ३ जना भाषा शिक्षक र ४० जना कर्मचारी कार्यरत छन्।
राइटपाथले विशेष गरि जर्मनी, यूके, अस्टे«लिया, क्यानडा र अमेरिकामा उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी पठाउने गरेको छ। राइटपाथले क्यानडा अन्तर्गतको आल्गोमा यूनिभर्सिटी, क्यान्डल यूनिभर्सिटी, क्यानडा वेस्ट यूनिभर्सिटी, निप्सीङ यूनिभर्सिटी, क्वेष्ट यूनिभर्सिटी र यूके अन्र्तगतको ईष्ट लन्डन यूनिभर्सिटी, ल यूनिभर्सिटी, क्यामब्रिज यूनिभर्सिटी, सोलेन्ट यूनिभर्सिटि, एस्टोन यूनिभर्सिटि, सुन्दरल्यान्ड यूनिभर्सिटि, डिमन्टफोर्ट यूनिभर्सिटि, स्कटल्यान्ड यूनिभर्सिटि जस्ता थुप्रै यूनिभर्सिटिहरुमा उच्च शिक्षा अध्ययनको लागि विद्यार्थी पठाउने गरेको छ।
राइटपाथले गत वर्ष २०२४ सालमा जापानमा १५ जना, क्यानडामा १८ जना, अष्टे«लियामा १० जना, अमेरिकामा २२ जना, दक्षिण कोरियामा ७५ जना र यूकेमा ३५० जना भन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको राइटपाथमा पछिल्लो ३ बर्ष देखी ३५० जना भन्दा बढी विद्यार्थीले अग्रेजी भाषा अध्ययन गर्दे आएका छन्।राइटपाथले अक्सफोर्ड ईन्टरनेशनल एडुकेशन गु्रप (ओआईजी) को टप पर्फमरको पुरस्कार प्राप्त गरेको थियो।

राइटपाथले सर्भिस चार्ज नलिनु, आवेदन प्रक्रियामा सहजीकरण, त्यहाँको संस्कृति र निरन्तर रुपमा विद्यार्थीलाई शैक्षिक यात्रामा सहजिकरण गर्दै आएको छ। अनुभवी शिक्षकद्वारा आईईएलटीएस तयारी कक्षा, टीआईटीआईद्वारा सर्टिफाइड काउन्सिलर, नियमित अध्यागमन परामर्शदाता, उच्च दक्ष र जानकार सल्लाहकारहरूबाट सही र भरपर्दाे मार्गदर्शनको लागि विद्यार्थीले राईटपाथलाई रोज्ने गरेको राईटपाथका प्रबन्ध निर्देशक फिलिप डीसीले जानकारी दिए।