काठमाडाैँ - केआईईसी प्रा.लिले नेपालको वेष्ट मल्टिडेस्टिनेशन एजुकेशन कन्सल्टेन्सीको अवार्ड प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरटेशनल एजुकेशन अवार्ड २०२५’ मा केआईईसीले नेपालको ' वेष्ट मल्टिडेस्टिनेशन एजुकेशन कन्सल्टेन्सी' को विधामा अवार्ड प्राप्त गरेको हो। केआईईसीले विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुलाई थुप्रै देशका विश्वविद्यालय तथा कलेजहरुमा विद्यार्थी पठाउने गरेको छ।
नेपालबाट उच्च शिक्षा अध्ययनको लागि विदेश अध्ययनमा जान चाहने विद्यार्थीमध्ये सबैभन्दा धेरै मुलुकका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थामा केआईईसी अग्रडी स्थानमा छ। विगतमा काठमाडौँ इन्फोसीसको नामले परिचित यस संस्था केआईईसी मल्टिडेस्टिनेशन काम गर्ने शैक्षिक परामर्शदातृ संस्थाको रुपमा देशभर परिचित छ। यसको केन्द्रीय कार्यालय काठमाडौँको पुतलिसडकमा अवस्थित रहेको छ।
सन् २००६ मा स्थापना भएको केआईईसी पछिल्लो समय नेपाली परामर्शदातृ संस्थाहरूमध्ये उत्कृष्टता हासिल गर्न सफल संस्था हो। विद्यार्थी र अभिभावकको रोजाईमा पर्न यस कन्सल्टेन्सीमा १० जना भाषा शिक्षक र ५० जना कर्मचारी कार्यरत छन्।

केआईईसीले विभिन्न देशहरुको ३० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुमा उच्च शिक्षा अध्ययनको लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। गत वर्ष २०२४ सालमा केआईईसीले जापानमा ५० जना, क्यानडामा ६० जना, युकेमा १५० जना, अमेरिकामा ५० जना र अष्टे्लियामा ३०० भन्दा बढी विद्यार्थीलाई अध्ययनको लागि पठाएको थियो। केआईईसीमा २०२४ सालमा १०० जनाले जापानी भाषा र २५०० भन्दा बढी विद्यार्थीले अंग्रेजी भाषा अध्ययन गरेका थिए।
केआईईसीमा अध्ययनरत विद्यार्थीहरु देश तथा विदेशमा व्यवसाय सञ्चालन गर्दै आईरहेका छन्। नेपालबाट मल्टि डेस्टिनेशनमा सबैभन्दा धेरै विद्यार्थी पठाउने कन्सलटेन्सी मध्ये केआईईसी एक हो। केआईईसी आईसीईएफबाट मान्यता प्राप्त कन्सलटेसी हो। केआईईसीमा विद्यार्थीहरुले अत्याधुनिक भौतिक पूर्वाधार सहितको आफ्नै सुविधा सम्पन्न भवनमा डिजिटल कक्षाकोठा, दक्ष तथा अनुभवि परामर्शदाता, व्यक्तिगत रूपमा प्रत्यक्ष काउन्सिलिङ जस्ता थुपै सुविधाहरु पाउँछन्।
केआईईसीमा सामान्यता कन्सलटेन्सिमा आवश्यक पर्ने सम्पूर्ण भौतिक - शैक्षिक पुर्वाधारहरू उपलब्ध छन्। केआईर्ईसीले देश तथा विदेशका थुप्रै युनिभर्सिटिहरुबाट टप पर्फमरको उल्लेखित पुरस्कारहरु प्राप्त गरेको छ। विद्यार्थीको आवश्यकता अनुरुपको सेवा प्रदान, दक्ष तथा अनुभवी कर्मचारी, व्यक्तिगत मागदर्शन, धेरै संस्था र कार्यक्रमहरुको विकल्प एउटै कन्सल्टेन्सिमा पाइने भएकाले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुकाे राेजाइमा केआईईसी पर्ने गरेकाे प्रवन्ध निर्देशक राजेन्द्र रिजालले जानकारी दिए।