काठमाडाैँ - काठमाडौँ बानेश्वरमा अवस्थित सेन्ट्रल इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (सिस्ट कलेज) कलेजले नेपालको उत्कृष्ट स्वास्थ्य विज्ञान कलेजको अवार्ड प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरटेशनल एजुकेशन अवार्ड २०२५’ मा सिस्ट कलेजले नेपालको उत्कृष्ट स्वास्थ्य विज्ञान कलेजको अवार्ड प्राप्त गरेको हो।
सिस्ट कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेज हो। यस कलेजमा बीपीएच, बी फार्मेसी, एम फार्मेसी लगायतका विषय अध्यापन हुन्छ। सिस्टमा १५ जना शिक्षक र १० जना कर्मचारी कार्यरत छन्।

सिस्टले २०८१ सालमा बीपीएचमा ५१ जना, बी फार्मेसीमा १४० जना, एम फार्मेसी ५ जना, २०८० सालमा बीपीएचमा ८९ जना, बी फार्मेसीमा १२७ जना, एम फार्मेसी १९ जना र २०७९ सालमा बीपीएचमा १४२ जना, बी फार्मेसीमा १२६ जना, एम फार्मेसी २४ जना विद्यार्थी भर्ना गरेको थियो।
सिस्टमा २०८१ सालमा बीपीएचमा ९९ प्रतिशत, बी फार्मेसीमा ८९ प्रतिशत, एम फार्मेसी शतप्रतिशत, २०८० सालमा बीपीएचमा ९६ प्रतिशत, बी फार्मेसीमा ८० प्रतिशत, एम फार्मेसी ९५ प्रतिशत र २०७९ सालमा बीपीएचमा शतप्रतिशत, बी फार्मेसीमा ८५ प्रतिशत, एम फार्मेसी ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

भौतिक शैक्षिक पुर्वाधारले सुसम्पन्न यस कलेजमा डिजिटल कक्षा, पुस्तकालय, आवाशीय प्रवन्ध, यातायात, चमेना गृह लगायतका पूर्वधार उपलब्ध छन्। यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरु देश तथा विदेशका सरकारी तथा गैरसरकारी स्वास्थ्य क्षेत्रहरुमा आवद्ध रहेर काम गर्दे आएका छन्। सिस्टले राष्ट्र निर्माणमा योगदान पु¥याउने उद्देश्यका साथ स्वास्थ्य, विज्ञान तथा प्रविधि र व्यवस्थापनका क्षेत्रमा उच्च दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्य राखेको छ। सबै पृष्ठभूमिका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप उच्च गुणस्तरको शिक्षा प्रदान गरेको कारण सिस्ट नै चिकित्सा अध्ययन गर्ने विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको छ।
