काठमाडाैँ - नेपालबाट विदेश अध्ययनमा जान चाहने र विदेशबाट नेपालमा अध्ययन गर्न आउने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएकाे द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले नेपालकै सर्वाेत्कृष्ट शैक्षिक परामर्शको अवार्ड प्राप्त गर्न सफल भएकाे छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ मा द नेक्स्ट एजुकेशनले नेपालबाट विदेश अध्ययनको लागि विद्यार्थी पठाउने सर्वाेत्कृष्ट शैक्षिक परामर्शदातृ संस्थाकाे अवार्ड प्राप्त गरेको हो।
काठमाडौँ बानेश्वरमा केन्द्रीय कार्यालय स्थापना गरेर देशभरका प्रमुख सहरहरूमा आफ्नो सेवा विस्तार गरिसकेको द नेक्स्ट एजुकेशन कन्सलटेन्सीले उच्च शिक्षा अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने उचित शैक्षिक परामर्श प्रदान गर्दे आएको छ। पछिल्लो समय नेपाली विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको द नेक्स्टले विद्यार्थीहरुलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूके र न्युजिल्यान्डमा उच्च शिक्षा अध्ययनको लागि पठाउने गरेको छ। यस संस्थामा ८ जना भाषा शिक्षक र ६० जना कर्मचारी कार्यरत छन्।
द नेक्स्टले नेपाल भित्र काठमाडौँको बोनेश्वरमा आफ्नै अत्याधुनिक पूर्वाधारसहितको सुविधासम्पन्न भवनमा केन्द्रीय कार्यालय स्थापना गरेको छ। यसले काठमाडौँ बाहेक चितवन, पोखरा, भैरहवा, बिर्तामोड, पर्सा, नेपालगञ्ज, नवलपरासी, बुटवल, बिराटनगर, दमक, दमौली, टाँडी र अन्तर्राष्ट्रिय रुपमा अष्टे्लियाको सिड्नी र श्रीलंकामा संस्थाको शाखा विस्तार गरेको छ। द नेक्स्टले अष्ट्रेलियाको १६ विश्वविद्यालयका ४५ क्याम्पस, अमेरिकाको ५ विश्वविद्यालय र १० क्याम्पस, क्यानडाको ५ विश्वविद्यालय र २० क्याम्पस, यूकेको १५ विश्वविद्यालय ३ क्याम्पसहरुमा अध्ययनको लागि विद्यार्थी पठाउने गरेको छ।

द नेक्स्टका देशभरका कार्यालयमा विद्यार्थीहरुले हजारौँको संख्यामा अंग्रेजी भाषा अध्ययन गर्दे आएका छन्। यस संस्थामा विद्यार्थीले आवश्यक शैक्षिक परामर्श प्राप्त गर्नुका साथै यहाँको प्रोफेसनल टिम, विद्यार्थी मैत्रि वातावरण, गुणस्तरीय तथा व्यक्तिगत रूपमा प्रत्यक्ष काउन्सिलिङ जस्ता सुविधाहरु पाउँछन्। द नेक्स्ट नेपाल सरकारलाई सबैभन्दा धेरै कर तिर्ने कन्सलटेन्सी मध्ये एक हो। यस संस्थाले ‘आयल्स टप पफर्मर’, ‘एसीया टप पफर्मर’ जस्ता उल्लेखित पुरस्कार हासिल गर्न सफल भएको छ।
लामो अनुभव भएका व्यक्तीबाट सत्य तथ्य जानकारीसहित गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको यससंस्थाको व्यक्तिगत मागदर्शन, भिसा आवेदन प्रक्रियामा सहजता र प्राइम लोकेसनको कारण नेपाली विद्यार्थीको रोजाइमा द नेक्स्ट पर्ने गरेको संस्थाकाे प्रबन्ध निर्देशक शालिकराम भण्डारीले जानकारी दिए।
