काठमाडाैँ - काठमाडौँ मैतिदेवीमा अवस्थित लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले नेपालको उत्कृष्ट पायोनियर इन्टरनेशनल डिग्री कलेजको अवार्ड प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ मा लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले नेपालको उत्कृष्ट पायोनियर इन्टरनेशनल डिग्री कलेजकाे अवार्ड प्राप्त गरेको हो।
काठमाडौँ मैतिदेवीमा अवस्थित लर्ड बुद्ध एजुकेशन फाउन्डेशन सन् १९९८ मा स्थापना भएका हो। एसिया प्यासिफिक विश्वविद्यालय अफ टेक्नोलोजी एण्ड इनोभेशनबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेशन फाउन्डेशन नेपालको पहिलो सूचना प्रविधि (आईटी) कलेज हो। यस फाउन्डेशनमा स्थापना कालदेखी २ दशकको समयमा १३ हजार भन्दा बढी विद्यार्थी दिक्षीत भईसकेका छन्।
यस कलेजमा आईटी अन्र्तगतको बीएससीआईटी, कम्युटर इन आर्टिफिसियल ईन्टेलिजेन्स, डाटा ऐनालाइसिस, साईबर सेक्युरिटी आदी विषय अध्यापन हुन्छ। सूचना आईटीमा स्नातोकोत्तरसम्म अध्ययन हुने यस फाउन्डेसनमा हाल १५ सय भन्दा बढी विद्यार्थी अध्यनरत छन्। नेपालको पहिलो आईटी कलेज भएकोले सूचना प्रविधि क्षेत्रको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेशन फाण्डेशनले खेलेको भूमिका अतुलनीय छ।
लर्ड बुद्धले पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगती हासिल गर्न सफल भएको छ। यस फाउन्डेशनले स्थापना कालदेखि नै सबैका लागि शिक्षा नीति अंगिकार गर्दे आएको छ। लर्ड बुद्धमा विद्यार्थीहरुले शान्त र मनोरम वातावरणमा अत्याधुनिक भवन भित्र प्रविधिमैत्री कक्षाकोठामा शैद्धान्तिक र प्रयोगात्मक शिक्षा लिने अवसर प्राप्त गर्छन्। यस फाउन्डेशनमा दक्ष, अनुभवी शिक्षकहरूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शैद्धान्तिक र व्यावहारीक ज्ञानको लागि निरन्तर मार्गदर्शन देखाउँदै आएका छन्।

उद्योग र विद्यार्थीबीच रहेको खाडल केहि हदसम्म पुर्ने र मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारीको अपेक्षा गरि यस लर्ड बुद्ध फाउन्डेशनले विभिन्न संस्थाहरुसँग सहकार्य गरि विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदान गर्दछ। लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विगतमा १० हजार महिलालाई निशुल्क कम्प्युटर तालिम प्रदान गरेको थियो। नेपालको शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने र सुपथ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएको यस कलेजले शिक्षा मार्फत महिला सशक्तीकरणमा महत्वपुर्ण योगदान पुराउदैँ आएको छ।
पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या बढेकाले सीपमूलक जनशक्ति उत्पादन गरी विदेश पठाउन सकेमा रेमिट्यान्स बढ्ने उदेश्यले यस फाउन्डेशनले शैक्षिक गुणस्तरलाई विशेष प्राथमिकतामा राख्दै आएको छ।