काठमाडाैँ - एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआईटीएम) कलेजले ‘फेयर ईन्टरनेशनल एजुकेशन अर्वाड २०२५’ मा उत्कृष्ट होटल म्यानेजमेन्ट कलेजकाे अवार्ड प्राप्त गरेको छ।
ललितपुर खुमलटारमा रहेकाे एआइटीएम कलेजले विद्यार्थीलाई प्रदान गरेकाे गुणस्तरीय शिक्षाकाे कदर स्वरूप अवार्ड प्राप्त गरेकाे हाे। शिक्षाविद् र उद्योगी व्यवसायीहरूको टीमबाट एआईटीएम सन् २०१२ जुन २० मा स्थापना भएको हो। यस कलेजले नेपालमा उच्च गुणस्तरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्नातक व्यवस्थापन पाठ्यक्रमहरू प्रदान गर्दछ।
यूके अन्तर्गत स्कटल्याण्डको हाइल्यान्डस एण्ड आइल्यान्ड विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एआईटीएम कलेजमा व्यवस्थापन संकाय अन्तर्गत अन्तर्राष्ट्रिय मान्यता प्राप्त कार्यक्रम ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ होटल म्यानेजमेन्ट(बीएचएम), मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) अन्तर्गतको विषय अध्यापन हुन्छ। प्रयोगात्मक शिक्षा, जब प्लेसमेन्ट, शैक्षिक क्यालेन्डर अनुसारको शिक्षा, इन्टरनेशनल इन्टर्नसिप र इन्टरनेशनल डिग्री प्रदान गर्ने एआईटीएम कलेज पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने गरेको छ।
यस कलेजले विश्वविद्यालयसँग राखेको सम्बन्धले विद्यार्थीहरूले विश्वव्यापी मापदण्ड पूरा गर्न र छनोट गरेको क्षेत्रमा सफलता पाउन सहज हुने भएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँगको सम्बन्धलाई विशेष जोड दिने गरेको छ।एआईटीएममा बीएचएम ल्याब, आईटी ल्याब, कम्प्युटर ल्याब हुनुका साथै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। १६ रोपनीमा निमार्ण भएको यो कलेजको आफ्नै भौतिक शैक्षिक संरचना हो। एआइटीएमले व्यवहारीक शिक्षामा जोड दिँदै आएको छ। मार्कोपोलो पिज्जा मेकिङ र साउथवेस्ट्रन फेसन रनओय प्रतियोगिता जस्ता थुप्रै प्रतियोगितामा यस कलेजका विद्यार्थीले सफलता प्राप्त गरेका छन्।
विद्यार्थीहरुलाई विश्वव्यापी मापदण्ड पूरा गर्ने, उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने, सिकाइ वातावरणलाई बढावा दिने, प्रत्येक विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तिगत रुपमा फस्टाउने, मार्गदर्शन र प्रेरणा दिने, प्रतिस्प्रधात्मक बजारमा उत्कृष्ट हुने आवश्यक ज्ञान र सीपहरु प्रदान गर्नु यस कलेजको फरक विशेषता हो।
एआइटीएमले उच्च शिक्षाको लागि प्रत्येक वर्ष ८० हजार विद्यार्थी विदेश जाने चुनौतीलाई रोक लगाउन नेपालमा शुपथ शुल्कमा विश्वस्तरीय कार्यक्रमहरू प्रदान गर्न जोड दिएको छ। जसले गर्दा नेपालको लागि महत्वाकांक्षी युवा विद्यार्थीहरूले नेपालबाट नै डिग्रीहरू प्राप्त गर्ने मौका पाउँछन्। प्रयोगात्मक शिक्षा, दोस्रो वर्षबाट विद्यार्थीलाई जब ग्यारेन्टी, शैक्षिक क्यालेन्डर, इन्टरनेशनल इन्र्टनसिप र इन्टरनेशनल डिग्री र कम शैक्षिक शुल्कमा गुणस्तरीय शिक्षाको लागि विद्यार्थीले एआईटीएम कलेजलाई रोज्नुपर्ने कलेजका प्रमुख मार्केटिङ अधिकारी बिबेक शाहीले जानकारी दिए।