काठमाडाैँ - हिमालयन व्हाइट हाउसले नेपालको उत्कृष्ट इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजको अवार्ड प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टर्रनेशनल एजुकेशनल अर्वाड २०२५’ द्धारा हिमालयन व्हाइट हाउस कलेजले नेपालको उत्कृष्ट इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजको अवार्ड प्राप्त गरेको हो।
काठमाडौँको पुतलिसडक स्थित हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। हिमालयन ह्वाईटहाउसमा स्नातक तह अन्तर्गत ईन्जिनियरिङ तर्फ सिभिल ईन्जिनियरिङ, कम्प्यूटर ईन्जिनियरिङ, बायोटेक्नोलोजी, ईलोक्ट्रोनिक्स ईन्जिनियरिङ र व्यवस्थापन तथा आईटी अन्तर्गतका बीआईटी, बीएचएम, बीबीए लगायतका विषय अध्यापन हुन्छ। ह्वाईटहाउस कलेजमा एक सय शिक्षक र ६० जना कर्मचारी कार्यरत छन्।
हिमालयन ह्वाईटहाउसमा २०८० र २०७९ सालमा बीबीए, बीएचएम, बीआईटी र सिभिल ईन्जिनियरिङमा ९६ जना, कम्प्यूटर ईन्जिनियरिङ, बायोटेक्नोलोजी ईन्जिनियरिङमा ४८ जना विद्यार्थी भर्ना भएका थिए। यस कलेजले २०७९ सालको नतिजामा बीबीएमा ७५ प्रतिशत, बीएचएममा ८५ प्रतिशत, सिभिल ईन्जिनियरिङमा ३४ प्रतिशत, बायोटेक्नोलोजीमा ८५ प्रतिशत र २०७८ को नतिजामा बीबीएमा ८० प्रतिशत, बीएचएममा ८५ प्रतिशत, सिभिल ईन्जिनियरिङमा ४० प्रतिशत, बायोटेक्नोलोजीमा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

यस कलेजले काठमाडौँ महानगरसँगको सहकार्यमा शिक्षक कर्मचारीका लागि सीप विकास तालिम र विद्यार्थीहरूका लागि सिपमुलक तथा व्यवसायिक तालिम सञ्चालन गर्दै आएको छ। ह्वाईटहाउसमा अध्ययन गरेका विद्यार्थीहरूले प्रतिष्ठित अन्तर्राष्ट्रिय निजी विद्यालहरूमा उच्च अध्ययनका लागि सम्मानित छात्रवृति पुरस्कार प्राप्त गरेका छन्। यस कलेजमा अध्ययनरत प्राय विद्यार्थी सरकारी जागिरमा कार्यरत छन् भने केही विद्यार्थीले अन्तर्राष्ट्रिय संस्थाहरूमा प्लेसमेन्ट प्राप्त गरेका छन्।

नेपालमा निजि क्षेत्रबाट अन्तर्राष्ट्रियको शिक्षा प्रदान गर्न सुरुवात गरिएको र यस कार्यलाई विगत १३ वर्षदेखि निरन्तरता दिइराख्नु यस कलेजको फरक विशेषता हो। विद्यार्थीको समग्र विकासमा जोड, गुणस्तरीय शिक्षा, सुविधासम्पन्न भैतिक शैक्षिक पूर्वाधार, सरकारी तथा गैरसरकारी निजी संस्थाहरूमा इन्टर्नसिपको अवसर, शुपथ मुल्यमा अध्यापन, कुशल व्यस्थापन र प्राईम लोकेसनको कारण विद्यार्थीले ह्वाईटहाउसलाई रोज्नुपर्ने कलेजका प्राचार्य तोय नारायण पौडेलले जानकारी दिए।