काठमाडाैँ - काठमाडौँ इञ्जिनिरयरिङ कलेजले नेपालकै सर्वाेत्कृष्ट इञ्जिनियरिङ कलेजको अवार्ड प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टर्रनेशनल एजुकेशनल अर्वाड २०२५’ मा काठमाडौँ इञ्जिनिरयरिङ कलेजले नेपालको सर्वाेत्कृष्ट इञ्जिनियरिङ कलेजको अवार्ड प्राप्त गरेको हो।
त्रिभुवन विश्वविद्यालयबाट वि.सं २०५५ सालमा सम्बन्धन प्राप्त काठमाडौँ इन्जिनियरिङ कलेज (केईसी) काठमाडौँको कालीमाटीमा अवस्थित छ। केईसीमा इन्जिनियरिङ तर्फ व्याचलर अफ सिभिल इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ, कम्यूनिकेसन एण्ड इन्फरमेसन इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, ईलेक्ट्रोनिक्स र आर्किटेक्चर इन्जिनियरिङ लगायतका विषय अध्यापन हुन्छ।
केईसीमा २०८० सालमा सिभिल इन्जिनियरिङमा ४३ जना, कम्प्यूटर इन्जिनियरिङमा ९६ जना, इलेक्ट्रिकल इन्जिनियरिङमा १२ जना, ईलेक्ट्रोनिक्स ईन्जिनियरिङमा ४५ जना र आर्किटेक्चर इन्जिनियरिङ ३७ जना त्यस्तै २०८१ साल सिभिल इन्जिनियरिङमा ७२ जना, कम्प्यूटर इन्जिनियरिङमा ९६ जना, इलेक्ट्रिकल इन्जिनियरिङमा १२ जना, ईलेक्ट्रोनिक्स ईन्जिनियरिङमा ४५ जना, आर्किटेक्चर इन्जिनियरिङमा ४७ जना विद्यार्थी भर्ना भएका थिए।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षाकाे २०८० सालको नतिजा अनुसार सिभिल इन्जिनियरिङमा ५६.६० प्रतिशत, कम्प्यूटर इन्जिनियरिङमा ६८.८५ प्रतिशत, इलेक्ट्रिकल इन्जिनियरिङमा ६२.७५ प्रतिशत, ईलेक्ट्रोनिक्स ईन्जिनियरिङमा ६०.७५ प्रतिशत, आर्किटेक्चर इन्जिनियरिङमा ९०.५६ प्रतिशत र २०७९ को नतिजामा सिभिल इन्जिनियरिङमा ५७.५० प्रतिशत, कम्प्यूटर इन्जिनियरिङमा ७१.६८ प्रतिशत, इलेक्ट्रिकल इन्जिनियरिङमा ५६.९१ प्रतिशत, ईलेक्ट्रोनिक्स ईन्जिनियरिङमा ५८.८५ प्रतिशत र आर्किटेक्चर इन्जिनियरिङमा ८३.२७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
केईसीमा ६१ जना शिक्षक र ७० जना कर्मचारी कार्यरत छन्। यस कलेजले ‘बेष्ट कलेज अफ द इअर’ को उपाधि हासिल गरेको छ। करिब १४ रोपनी जग्गा र ६ वटा भवनमा सञ्चालित यस कलेजले आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ।केईसीले ‘ऐसियन पेन्ट्स आर्किटेक्चर स्टुडेन्ट अवार्ड डिजाइन प्रतियोगिता’, बर्जर र स्पेसेस इन्टेरियर डिजाइन एक्सिलेन्स अवार्ड, हल्ट पुरस्कार, बेस्ट आइडिया अवार्ड, टेक बिहानी सफ्टवेयर विकास, विद्यार्थी डिजाइन प्रतियोगिता जस्ता थुप्रै उल्लेखित पुरस्कारहरु हासिल गरेको छ।
केईसीमा अध्ययन गरेको १३ जना विद्यार्थीहरुले विश्वविद्यालय टप र उच्च अध्ययनका लागि सम्मानित छात्रवृति पुरस्कार प्राप्त गरेका छन्।विद्यार्थीको गुणस्तरीय शिक्षामा जोड, शिक्षक समुह, पुरुष तथा महिला छात्रावासको व्यवस्था, १३ जना विश्वविद्यालय टपर र धेरैै पटक छात्रवृत्ति पदक प्राप्त गर्न कलेजको फरक विशेषता हो।

सर्वोत्कृष्ट नतिजा र दशौँ वर्ष अनुभवी ६० भन्दा वढी फुल टाइम शिक्षक समुह, पर्याप्त भौतिक शैक्षिक पूर्वाधार, शान्त शैक्षिक वातावरण, ५० हजार भन्दा वढी पुस्तक सहित प्रविधियुक्त पुस्तकालय तथा रिसर्च युनिटको व्यवस्था, प्राज्ञिक तथा अतिरिक्त प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन, १० भन्दा बढी शैक्षिक तथा अतिरिक्त क्लव र पुरुष तथा महिलाको लागि छात्रवासको व्यवस्था भएको र प्राइम लोकेसनको लागि विद्यार्थीले काठमाडौँ इन्जिनियरिङ कलेजलाई रोज्नुपर्ने कलेजकाे प्रिन्सिपल हिरेन्द्रमान प्रधानले जानकारी दिए।